चितवनबाट अपहरणमा परेका बालकको काठमाडौंमा सकुशल उद्दार, पाँच भारतीय पक्राउ
चितवन, असार ३ – चितवनबाट अपहरणमा परेका बालकको सकुशल उद्दार गरिएको छ । प्रहरीले काठमाडौंबाट सकुशल उद्धार गरेको हो । चितवनको नारायणगढबाट सोमबार (असार १) साँझ १६ वर्षीय बालकको अपहरण गरिएको थियो । ५ ६ जनाको समूहले भारतीय नम्बर प्लेट भएको गाडीमा राखी अपहरण गरेका थिए । उनीहरूले चितवनबाट बालकलाई अपहरण गरेर काठमाडौंमा लगेका थिए । काठमाडौंका एक होटेलमा बन्धक बनाएर उनका परिवारजनसँग पैसा मागेको प्रहरीले जनाएको छ । बालकलाई अपहरण गरेर उनका परिवारसँग पैसा मागेको सूचना हामीकहाँ आएको थियो । त्यसपछि खोजतलास गर्दा बसपार्कको एक होटेलमा बालकको उद्धार गरेका हौँ, उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले भन्नुभयो…