आज २०८१ साल असोज ११ गते शुक्रवार, यस्तो छ तपाईको राशिफल
चितवन, ११ असोज । मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) बिनाप्रतिस्पर्धा फाइदा हुने योग छ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागी भइएला । बौद्धिक विकास होला । धार्मिक यात्राको योग पनि छ । वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो) रमाइलो यात्राको योग रहेको छ । मानसम्मान र प्रशंसा प्राप्त हुने सम्भावना छ । नयाँ कार्यको योजना बन्नेछ । आँटेको र ताकेको कार्य पुरा होला । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज शुभकार्यको चर्चा चल्नेछ । परोपकारमा रुचि बढ्नेछ । चलाखीपूर्ण बोलीले काम बन्न सक्छ र बन्धु बान्धवबाट सहयोग पनि मिल्नेछ…