चितवनमा पाेथी गैंडा मृत फेला

चितवनमा पाेथी गैंडा मृत फेला

चितवनमा पाेथी गैंडा मृत फेला

भरतपुर । चितवनको भरतपुर महानगरपालिका वडा नं-२६ स्थित भगेडीमा एउटा पोथी गैँडा मृत अवस्थामा फेला परेको छ । चितवन राष्ट्रिय निकुञ्जका अनुसार एक व्यक्तिको मकैबारीमा २० वर्षको पोथी गैँडा अवस्थामा मृत फेला परेको हो । गैँडा मृत्युको कारण खुलेको छैन । चितवन राष्ट्रिय निकुञ्जका प्राविधिक टोलीले घटनास्थल पुगेर अनुसन्धान सुरू गरेका छन् । यस चालु आर्थिक वर्षमा गैँडा मरेको पहिलो घटना हो ।
Read More
सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

सर्लाहीमा पूर्वमन्त्री रामचन्द्र रायको हत्या

सर्लाही । सर्लाहीमा पूर्व राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । सर्लाही चन्द्रनगर गाउँपालिका रतनपुर बस्ने ८० वर्षीय यादवको गएराती हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार टाउकोमा धारिलो हतियार प्रहार गरि हत्या गरिएको अवस्थामा आफ्नै निवासमा उनी मृत भेटिएका हुन । अहिले मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरका कार्यालय प्रमुख बिनोद पोखरेल नेतृत्वको टोली घटनास्थलमा पुगेकाे छ । हत्यामा संलग्न व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ । उनी राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय सदस्य समेत हुन।
Read More
चितवन निकुञ्जमा एक वर्षमै ३७ करोड राजश्व सङ्कलन

चितवन निकुञ्जमा एक वर्षमै ३७ करोड राजश्व सङ्कलन

चितवन । चितवन राष्ट्रिय निकुञ्ज कार्यालयले आर्थिक वर्ष २०८०/०८१ मा ३६ करोड ७२ लाख ९२ हजार ८०७ रूपैयाँ राजस्व सङ्कलन गरेको छ । मासिक तथ्याङ्क केलाउँदा साउनमा एक करोड पाँच लाख ३२ हजार ४३, भदौमा एक करोड ७२ लाख २५ हजार ५९४, असोजमा दुई करोड ५१ लाख ८० हजार ७६ र कात्तिकमा चार करोड ५९ लाख ९२ हजार २३६ रूपैयाँ राजस्व सङ्कलन भएको देखिन्छ । मङ्सिरमा चार करोड ५७ लाख ६१ हजार ५२४, पुसमा दुई करोड ८० लाख १३ हजार ९४५, माघमा दुई करोड १९ लाख ५६ हजार ७१४ र फागुनमा तीन करोड ५१ लाख ४९ हजार ८८५ रूपैयाँ राजस्व…
Read More
चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवनमा अस्पताल भवनबाट हामफालेका विरामीकाे मृत्यू

चितवन । पुरानो मेडिकल कलेज भरतपुरको तेस्रो तलाबाट हाम फालेका एक वृद्धको उपचारको क्रममा मृत्यु भएको छ । मृत्यु हुनेमा नवलपुरको हुप्सेकोट गाउँपालिका २ घर भएका ७६ वर्षीय बलबहादुर खाम्चा मगर छन् । मगरले बिहीबार बिहान कलेजको ए ब्लकको तेस्रो तलाको झ्यालबाट हाम फालेका थिए । साउन २ गते अस्पतालमा भर्ना भई क्यान्सर सम्बन्धी रोगको उपचार गराइरहेका थिए ।
Read More
सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

सिमलताल दुर्घटना : १९ वटा शव भेटियाे, १४ जनाको सनाखत, ४३ जना अझै बेपत्ता

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको सिमलतालमा गत शुक्रबार पहिरोमा परी त्रिशूली नदीमा बेपत्ता भएका दुई बसका यात्रुमध्ये अहिलेसम्म १९ जनाको शव भेटिएकाे भएको छ । भेटिएका मध्ये १४ जनाको सनाखत भएको छ भने पाँच जनाको पहिचान खुल्न सकेको छैन । अहिलेसम्म भारतका ऋषिपल साह, चितवन माडीका विकास परियार, सर्लाहीका रमित कुशर माझी, भारतका जयप्रकाश ठाकुर, भारतकै सजाद अन्सारी, चितवन भरतपुरका सुदिप विक, बाराका परमानन्द पण्डित र चन्द्रानिगापुरका किशोरकुमार चौधरीको सनाखत भएको छ। यस्तै, रौतहटका अशोककुमार यादव, ऋषि कुमार सिंह, भारतका विवेक कुमार, सर्लाहीका जितेन्द्रराम महरा, पर्साकी चन्द्रप्रभा कुमारी, रौतहटकी अमृता कुमारीको शव सनाखत भएको छ। गत असार २८ गते शुक्रबार…
Read More
नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुरमा ट्रक दुर्घटनामा तीन जना घाइते

नवलपुर । पूर्वपश्चिम राजमार्गको नवलपुरको मध्यविन्दु नगरपालिका ७ मा बा. प्र. ०३–००१ ख १४२० नम्बरको ट्रक गएराति दुर्घटना हुँदा ट्रकमा सवार ३ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलका अनुसार रुपन्देहीबाट कागज लोड गरेर काठमाडौंको लागि हिडेको ट्रक सडक देखि १० मिटर तल खसेको थियो । दुर्घटनामा परी ट्रक चालक धादिङ जिल्लाको निलकण्ठ नगरपालिका ४ निवासी २६ बर्षीय अमृत ढुंगाना, निजकी श्रीमती २० बर्षीय कल्पना ढुंगाना र ट्रक सहचालक नवलपरासीको बर्दघाट नगरपालिका ४ निवासी २६ बर्षीय बसन्त घर्ती मगर घाइते भएका छन् । घाइते मध्ये चालक र सह चालक मध्यविन्दु जिल्ला अस्पतालमा उपचार…
Read More
नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपुरमा कुलोमा डुबेर महिलाको मृत्यु

नवलपरासी । नवलपुरको सिचाई कुलोमा डुबेर एक जना महिलाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार देवचुली नगरपालिका ८ आँपटारी निवासी ३२ बर्षीय महिला गंगा विकको नहरको कुलोमा डुबेर मृत्यु भएको हो । विहान साढे ५ बजेतिर घर नजिकैको नहरको कुलामो डुबिरहेको अवस्थामा देखेर उपचारका लागि दुम्कौली नगर अस्पताल देवचुलीमा लगिएकोमा उनको विहान पौने ७ बजेतिर उपचारको क्रममा मृत्यु भएको हो । घटनाको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । शव पोष्टमार्टमका लागि राखिएको छ ।
Read More
सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

सिमलताल दुर्घटनामा बेपत्ताको खोजीमा सहयोग गर्न एमालेको आह्वान

चितवन । नेकपा (एमाले) जिल्ला कमिटी चितवनले विज्ञप्ति जारी गरी भरतपुर–२९ स्थित सिमलतालमा गत शुक्रबार पहिरोमा परी दुई बसका ६३ बेपत्ता यात्रुमध्ये छैठौँ दिनसम्म केहीको बाहेक ४५ जनाको अवस्था पत्ता लाग्न नसकेको विषयले मर्माहत बनाएको जनाएको छ । बेपत्ता यात्रुको लास वा सास फेला पर्न नसक्नुको पीडा आफन्तजनसँगै नेकपा एमाले सिङ्गो पार्टी पंक्तिलाई पनि परेको जनाउँदै कार्यवाहक अध्यक्ष श्यामकुमार विष्टले यस दुःखद दुर्घटनाबाट आहत बनाएको वेदनामा समवेदना प्रकट गरेका छन् । उनले नारायणी नदीमा पानीको बहाव घटेसँगै बेपत्ता यात्रुहरुको शव यत्रतत्र देखिन थालेका छन् । शवको खोजी कार्यमा सुरक्षा निकायलाई सहयोग गर्न जिल्ला कमिटी चितवन नारायणी नदीको दुवै तटीय क्षेत्रमा…
Read More
खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी वडा नं ५ र ७ को वडा कार्यालय भवन उद्घाटन

खैरहनी । खैरहनी नगरपालिका वडा नम्बर ५ र ७ को नवनिर्मित वडा कार्यालय भवन बुधबार एकै दिन उद्घाटन गरिएको छ । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर १,३,४,८,९ र ११ को भवन बनेपनी यी दुई वडाको आफ्नै भवन बन्न सकेको थिएन । वर्तमान जनप्रतिनिधि आएपछि यी दुई वडा ५ र ७ को कार्यालय भवन निर्माण गरिएको हो । वडा नम्बर ५ को कार्यालय यसअघि तत्कालीन दुर्गा मन्दिर आधारभूत विद्यालयको भवनबाट सेवा दिदै आएको थियो । त्यो विद्यालय मर्ज भएपछि वडा कार्यालय त्यही थियो । अघिल्लो जनप्रतिनिधिको कार्यकालमा वडा नम्बर ६ र वडा नम्बर ७ को कार्यालयबाटै संचालनमा आएपनी वर्तमान जनप्रतिनिधि आएपछि…
Read More
बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

बछाैली माविमा शैक्षिक गुणस्तर सुधार गर्न अन्तर्क्रिया

सौराहा । रत्ननगर नगरपालिका वडा नं.६ मा रहेकाे बछौली माविमा बार्षिक बजेट निर्माण तथा शैक्षिक गुणस्तरवृद्धिका लागि सुझाव संकलन एवम् अन्तर्क्रिया कार्यक्रम बुधबार सम्पन्न भएकाे छ । रत्ननगर नगरपालिका भित्रका वडा अध्यक्षहरु, विद्यालय व्यवस्थापन समिति र शिक्षक कर्मचारीहरु बीच शैक्षिक सुधारका लागि अन्तर्क्रिया गरिएको हो । विद्यालयको शैक्षिक सुधारका लागि सरोकारवाला बीच छलफल गरि आगामी आर्थिक वर्षको नीति तथा योजना निर्माण तथा शैक्षिक सुधारमा जनप्रतिनिधिले खेल्नुपर्ने भूमिकाका बारेमा जानकारी प्राप्त गर्नका  लागि कार्यक्रम गरिएको रत्ननगर ६ का वडा अध्यक्ष किरण महतोले जानकारी दिए । समग्र शिक्षा प्रणालीको विकासको लागि वडा कार्यालय निरन्तर लागिरहेको साथै बालबालिकाहरुको चौतर्फी विकास, बालमैत्री सिकाई र…
Read More