सिमलताल दुर्घटनाका ३८ यात्रु अझै वेपत्ता
भरतपुर । नारायणगढ–मुग्लिन सडकअन्तर्गत पर्ने भरतपुर महानगरपालिका–२९, सिमलतालमा दुईवटा यात्रुवाहक बस दुर्घटनामा परेको एक महिना पूरा भएको छ । गएको असार २८ गते बिहान काठमाडौँबाट गौर जाँदै गरेको बागमती प्रदेश०३–००१ ख २४९५ नम्बरको गणपति डिलक्स बस र वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश०३–००६ ख १५१६ नम्बरको एन्जल बसलाई सिमलतालमा खसेको लेदोसहितको पहिरोले सोहोरेर त्रिशूली नदीमा खसालेको थियो । दुई बसमा गरी ६५ जना सवार थिए । तीमध्ये तीन जनाले पौडिएर ज्यान जोगाएका थिए । यसबीचमा पहिरोले बगाएका बस र यात्रुको खोज तथा उद्धारमा गरिएका सबै प्रयास असफल भए । नारायणी नदीको विभिन्न स्थानमा फेला परेका २४ वटा शवमध्ये २० वटा…