पार्टी सदस्यताको गुणस्तरमा सम्झौता गर्दा राम्रो नतिजा आउँदैनः विष्णु पौडेल
काठमाडौं, जेठ २० – नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पार्टी सदस्यताको विषय कम्युनिस्ट पार्टी निर्माणको आधारभूत र निर्णायक पक्ष भएको बताएका छन् । नेकपा (एमाले) केन्द्रीय संगठन विभागद्वारा आयोजित सदस्यता नवीकरण तथा विस्तार–उत्प्रेरणा कार्यशालामा बोल्दै उनले पार्टीको प्रगति सदस्यहरूको वैचारिक स्पष्टता, संगठनात्मक अनुशासन, सक्रियता र लक्ष्यप्रतिको समर्पणमा निर्भर रहने बताए । उनले पार्टी सदस्यहरू विचार र विश्लेषणप्रति जानकार, संगठित, अनुशासित, क्रियाशील तथा लक्ष्यप्रति समर्पित भए मात्रै पार्टीले सफलता हासिल गर्ने उल्लेख गरे। सदस्यताको गुणस्तरमा कमजोरी आए पार्टीको आकार ठूलो भए पनि अपेक्षित नतिजा प्राप्त गर्न नसकिने उनको भनाइ थियो । उनले भने, ‘पार्टीका सदस्यहरु पार्टीको विचार, विश्लेषणसँग जानकार छन्, उनीहरु…