चितवनमा मोटरसाइकल दुर्घटना भयावह

bike-accident

चितवनमा भएका जम्मा दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकल भएका छन् । ट्राफिक कार्यालय भरतपुरका अनुसार १०० दुर्घटनामध्ये ६६ वटा दुर्घटना त मोटरसाइकल नै हुने गरेका छन् ।

मोटरसाइकल बढी दुर्घटना हुनुमा तीव्र स्पीड, ट्राफिक नियमको पालना नहुनु, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनुलगायतका कारण देखिन्छन् । चितवनका स्थानीय तहसँग दुर्घटना न्यूनीकरणका कार्यक्रम नै छैनन् । स्थानीय तहले दुर्घटना न्यूनीकरणको सम्पूर्ण जिम्मा ट्राफिक कार्यालयको हो जस्तो गर्छन्, ट्राफिक कार्यालयले सीमित स्रोतसाधनले कति गर्न सकिन्छ त्यति गरिरहेको बताउँछ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गत साउनदेखि कार्तिकसम्म ३३३ सवारी दुर्घटना भए । तीमध्ये दुई सय एक त मोटरसाइकलमात्रै दुर्घटना भएका छन् । यस्तै जिप÷कार ३४, शारीरिक शक्तिले चल्ने ३०, ट्रक/ट्याङ्कर २४, बस १५, टेम्पो १४ रहेका छन् । यस्तै टिप्पर दुई, माइक्रोबस पाँच, ट्रयाक्टर चार र अन्य सवारीसाधन चार छन् ।

तथ्याङ्कअनुसार दुर्घटना भएका सवारीमध्ये अत्यधिक मोटरसाइकल भएका छन् । नियमनमा कडाइ भेटिँदैन, पहिलेजसरी मापसे जाँच पनि देखिँदैन, जसका कारण दुर्घटना बढिरहेको छ । दुर्घटना न्यूनीकरणमा पालिकाको चासो पनि कम छ, जसका कारण धेरै युवाले अकालमा ज्यान गुमाइरहेका छन् ।

चितवनमा भएका दुर्घटनामा गत साउनदेखि कात्तिकसम्म २९ जनाले ज्यान गुमाए । यसमध्ये २१ पुरूष, छ जना महिला र बालबालिका दुई जना रहेका छन् । ट्राफिक प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार चालू आर्थिक वर्षको साउनदेखि कात्तिक मसान्तसम्ममा भएका दुई सय २४ दुर्घटनामा उनीहरुको ज्यान गएको हो । यस्तै, ती दुर्घटनामा परी चार सय ५६ जना घाइते भएका छन् । यसरी दुर्घटनामा पर्नेमा सबैभन्दा बढी मोटरसाइकल छन् ।

गत आवको सोही अवधिमा दुई सय पाँचवटा सवारी दुर्घटना भएको थियो । गत वर्षको तुलनामा यसवर्ष दुर्घटना धेरै भए पनि मानवीय क्षति भने कम भएको छ । गत वर्ष सोही अवधिमा भएका दुर्घटनामा ४६ जनाको मृत्यु भएको थियो भने चार सय १४ जना घाइते भएका थिए ।

दुर्घटना न्यूनीकरणका लागि जिल्लामा छड्के जाँच, जनचेतना जगाउने कार्यक्रम गरिरहेको थापाले बताए । फराकिला सडकमा तीव्र गतिमा सवारी चलाउँदा र मादक पदार्थ सेवन गरेर सवारी चलाउँदा अहिले दुर्घटना बढेको उनले बताए । सडकअनुसार सवारी चाप बढी हुनु र ट्राफिक नियमको पालना नगर्नुले पनि दुर्घटना बढेको उनले जानकारी दिए ।

ताजा समाचारहरुः

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

बागमती प्रदेश जनस्वास्थ्य प्रयोगशालामा केमिकल अभावले सेवा ठप्प

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

चितवनमा मोटरसाइकल दुर्घटना भयावह

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द