मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

Untitled-1-3

चारकोसे झाडीका रुपमा चिनिएको दक्षिणपूर्वी झापाको जलथल जङ्गलमा मिचाहा प्रजातिको झार फैलिएका कारण रैथाने प्रजातिका वनस्पति लोप हुँदै गएका छन् ।

जैविक विविधताले भरिपूर्ण जलथल जङ्गल नेपालकै होचो भूभाग रहेको कचनकबलदेखि हल्दिबारी र बाह्रदशी गरी तीन गाउँपालिका र भद्रपुर नगरपालिकासम्म करिब छ हजार हेक्टर क्षेत्रफलमा फैलिएको छ

फरेन एक्सन नेपालका विज्ञ डा लीलानाथ शर्माका अनुसार जलथल जङ्गल नेपालको मात्र नभएर दुर्लभ वनस्पति, झार र बुट्यान रहेका कारण दक्षिण एसियाकै नमुना प्राकृतिक वन हो । यहाँ ४५० भन्दाबढी प्रजातिका वनस्पति छन् भने २०० भन्दाबढी प्रजातिका चराको बासस्थान छ । उहाँका अनुसार १४० भन्दा बढी प्रजातिका रुख भेटिएका छन् ।

“जनावरहरुमा सबैभन्दा ठूलो हात्तीदेखि सबैभन्दा सानो मुसे मृग जलथलमा अस्तित्वमा रहेको छ”, अनुसन्धातासमेत रहनुभएका शर्मा भन्नुहुन्छ, “रुख र चरा मात्र होइन, यहाँको सिमसारमा ४० भन्दाबढी प्रजातिका माछा पाइएका छन् ।”

बनस्पति प्रजातीय विविधता र समिश्रणका दृष्टिले जलथलको वन नेपालका अरु जङ्गलभन्दा पृथक रहेको उहाँको भनाइ छ । डा शर्माले एक दशकभन्दा बढी अनुसन्धान गरेर जलथल जङ्गलको जैविक विविधताबारेमा पुस्तक लेख्नुभएको छ भने अन्तरराष्ट्रिय जर्नलहरुमा उहाँका खोजमूलक लेख प्रकाशित छन् ।

नेपालमा हालसम्म अभिलेख नभएका छ प्रजातिका रुख यस जङ्गलमा भेटिएको जनाउँदै उहाँले पहाड र चुरे क्षेत्रमा मात्र पाइने ठानिएका वनस्पति तराईको जलथल वनमा पाइनु आश्चर्यजनक भएको बताउनुभयो ।

लटहर प्रजातिका रुख यहाँ जङ्गल भन्न सकिने अवस्थामा भेटिएको छ भने थाकल, ढाल्ने कटुस, मुसुरे कटुस, मौवा र पाँचपातेजस्ता पहाडी रुख यहाँ प्राकृतिक रुपमै हुर्किएका छन् । हिमालयन पिनाङ्गा नामले चिनिएको सुपारी प्रजातिको वनस्पतिसमेत यहाँ पाइएको शर्माले बताउनुभयो ।

दुर्लभ वनस्पति धेरैमात्रामा भेटिए पनि तिनको उचित संरक्षण हुन सकेको छैन । मानवीय अतिक्रमण र मिचाहा प्रजातिका झारहरुको प्रकोपले जैविक विविधता मासिँदै गएको छ । चोरी सिकारीको सक्रियताले जनावर लोप हुँदै गएका छन् ।

मृग र बँदेल सिकारीका कारण मासिँदै गएका छन् । अन्यत्र नपाइएको मुसे मृग केही वर्षयता देखिन छाडेको स्थानीयलाई उद्धृत गर्दै शर्माले बताउनुभयो । मुसाजस्तै सानो हुने भएकाले यसको नाम मुसे मृग रहेको हो ।

जलथलमा १७ प्रजातिका मिचाहा झारको प्रकोप देखापरेको छ । त्यसमध्ये स्थानीयले प्याङ्ग्री लहरा भन्ने गरेको माइकेनिया नामको मिचाहा झार सबैभन्दा ठूलो समस्याका रुपमा देखा परेको अनुसन्धाता शर्माले बताउनुभयो । उल्टो काँडा भनिने अर्को प्रकारको मिचाहा झार पनि ठूलै समस्या बनेको छ ।

यी मिचाहा झारले सर्पगन्धा, कुरिलो, मधु, देउले च्याउलगायतका दुर्लभ वनस्पति लोप हुने खतरामा परेको उहाँले बताउनुभयो । पोथ्रा प्रजातिका रुखसमेत मिचाहा झारले ढाकेर मास्ने गरेको छ । खाली रहेको ठाउँ यिनै वनमारा झारले ढाकिसकेको हुँदा यसको नियन्त्रणका लागि स्थानीय सामुदायिक वन र पालिकाले कार्यक्रम ल्याउन आवश्यक भइसकेको उहाँको धारणा छ । रासस

ताजा समाचारहरुः

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

देवघाटमा निर्माण गरिएको शवदाह गृह सार्वजनिक–निजी साझेदारी ‘मोडेल’मा सञ्चालन गर्ने तयारी

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

विश्व बाघ दिवसको अवसरमा सौराहामा संरक्षणसम्बन्धी अन्तरक्रिया तथा हाजिरीजवाफ प्रतियोगिता सम्पन्न

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

शान्ति, सुव्यवस्था र सद्भाव कायम गर्न राष्ट्रिय एकता अपरिहार्य छः सभापति लामिछाने

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

गुरु पूर्णिमाका अवसरमा महाबुद्ध महाविहारमा ८५ स्थविरलाई पञ्चदान, दीपंकर तथागत बुद्धको शोभायात्रा

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

बिपी कोइराला क्यान्सर अस्पतालमा केमो सेवामा चाप, बिरामी पाँच दिन पर्खिन बाध्य

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

चितवन प्रशासनद्वारा आज राति ८ बजेदेखि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द

मिचाहा झारले मासिँदै जलथलको जैविक विविधता

नारायणी अस्पतालका ६७ चिकित्सकले दिए सामूहिक राजीनामा, प्रशासनबाट नै असुरक्षित भएको दाबी