Day: ७ आश्विन २०८३, बुधबार १६:१९

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

गैँडाको चोरी–शिकारी नियन्त्रणमा चितवन राष्ट्रिय निकुञ्ज क्रियाशील

चितवन, असोज ७ – चितवन राष्ट्रिय निकुञ्जमा चोरी शिकारबाट गैँडा जोगिएको आज एक हजार ४२ दिन पुगेको छ । यसअघि विसं २०८० कात्तिक ३० गते निकुञ्जको पूर्वी सेक्टरमा दुईवटा गैँडा एकै ठाउँमा खाल्टोमा पारेर तस्करले मारेका थिए । पूर्वी चितवनको खैरहनी नजिक खगेन्द्रमल्ली पोष्टबाट तीन किलोमिटर दक्षिण पूर्वमा पर्ने निकुञ्जको चपरचुली इलाकामा तस्करहरुले दुईवटा गैँडालाई फरक फरक खाडलमा पारेर मारेका थिए। त्यसयता प्राकृतिक कारणले गैँडा मरेको भए पनि चोरी शिकारीका कारण गैँडा मरेका छैनन् । निकुञ्जको सुरक्षामा कडाइका कारण गैँडा मारिनबाट जोगिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापा मगरका अनुसार प्राकृतिक कारणले गैँडा मरेको भए पनि एक हजार ४२…
Read More
बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता

बाढीका कारण जलविद्युत क्षेत्रमा ४१० मेगावाट क्षतिः ८ सयभन्दा बढी व्यक्ति अझै बेपत्ता

काठमाडौँ, असोज ७ – भोटेकोशी बाढीका कारण जलविद्युत आयोजनामा कार्यरत ८ सयभन्दा बढी व्यक्ति अझै सम्पर्कविहीन रहेको सरकारले जनाएको छ । राष्ट्रिय प्रशारण प्रणालीबाट ४१० मेगावाट विद्युत गुमेको छ । बुधवारको प्रतिनिधि सभाको बैठकमा ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री विराजभक्त श्रेष्ठले उक्त विपद्का कारण ऊर्जा क्षेत्रमा करिब ३ खर्ब ९० अर्ब रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक विवरण पेश गर्नुभयो । ऊर्जा मन्त्रालयकाअनुसार विपद्मा परी नेपाल विद्युत प्राधिकरणका ४७ सहित ८ सयभन्दा बढी कर्मचारी र कामदार बेपत्ता छन् । मन्त्री श्रेष्ठले माथिल्लो त्रिशूली–१, थ्री–ए, रसुवागढी लगायतका विभिन्न आयोजनामा ठूलो मानवीय र भौतिक क्षति भएको सदनलाई जानकारी गराउनु भयो । अहिलेसम्मको खोज तथा…
Read More
भरतपुर अस्पतालमा गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

भरतपुर अस्पतालमा गत साउन र भदौमा १२२ जना सर्पदंशका बिरामी

चितवन, असोज ७ – भरतपुर अस्पतालमा साउनयता १२२ सर्पदंशका बिरामीको उपचार गरिएको छ । यसमध्ये १२ विषालु सर्पले डसेका छन् । अस्पतालका आकस्मिककक्ष प्रमुख अलाउदीन मियाँका अनुसार गत साउनमा ५६, भदौमा ६६ जना सर्पदंशका बिरामी आएका हुन । दुई महिनामा १२ जनालाई ‘एन्टिस्नेक भेनम’ प्रयोग गरिएको उहाँले बताउनुभयो । चितवनसहित नवलपुर, मकवानपुर, तनहुँलगायतका जिल्लाबाट सर्पदंशका बिरामी भरतपुर अस्पताल आउने गरेका छन् । उहाँका अनुसार सर्पदंशका बिरामीमध्ये एन्टिस्नेक भेनम औषधिको प्रयोग गर्नुपरेकालाई सघन उपचारकक्षमा राखी उपचार गरिन्छ । गत वर्षभरमा ४९१ सर्पदंशका बिरामी अस्पताल आएका थिए । सर्पदंशका बिरामी बढी वर्षात्को समयमा आउने गरेका छन् । खेती लगाउने समयमा सर्पदंशको समस्या…
Read More
चितवनमा उद्योग प्रशासनका सेवा असोज १० देखि पूर्णरूपमा अनलाइन

चितवनमा उद्योग प्रशासनका सेवा असोज १० देखि पूर्णरूपमा अनलाइन

नारायणगढ (चितवन),असोज ७ – बागमती प्रदेश मातहतको उद्योग, वाणिज्य तथा पर्यटन कार्यालय भरतपुरले उद्योग प्रशासनसम्बन्धी आफ्ना सेवा अनलाइन प्रणालीमार्फत प्रवाह गर्ने भएको छ । कार्यालयका प्रमुख उद्योग अधिकृत विनोद पौडेलका अनुसार मङ्गलबारदेखि उद्योग दर्ता प्रक्रिया ‘अनलाइन’बाट सुरु गरिएको छ । यस्तै, यही असोज १० गतेदेखि उद्योग प्रशासनसम्बन्धी सबै सेवा पूर्णरूपमा अनलाइन प्रणालीबाट सञ्चालन गरिनेछ । उद्योग दर्ता, नवीकरण, नामसारी, ठाउँसारी, नाम परिवर्तन, उद्देश्य परिवर्तन, पुँजी वृद्धि, खारेजी, उद्योगको स्तर परिवर्तन, कानुनी स्वरूप परिवर्तन तथा वर्ग परिवर्तनलगायतका सम्पूर्ण सेवा अनलाइन प्रणालीमार्फत हुनेछ । बागमती प्रदेशको उद्योग मन्त्रालयले सफ्टवेयर तयार गरी प्रदेशका १३ वटै जिल्लामा अनलाइन प्रणाली लागू गरेसँगै चितवनमा पनि उद्योग…
Read More
एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य

एसियन गेम्स : नेपालले खोल्यो पदकको खाता, तेन्जिङले करातेमा जिते कास्य

काठमाडौं, असोज ७ – जापानमा जारी २०औं एसियाली खेलकुदमा नेपालले पहिलो पदक जितेको छ । करातेका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ केजीभन्दा माथिको तौल समूहमा कास्य पदक जितेका हुन् । टोयाहाशी जिम्नेसियममा बुधबार भएको सेमिफाइनलमा तेन्जिङ इरानका महमुद नेमातीसँग ५–० ले पराजित भएका थिए । सेमिफाइनलमा पराजित भएपछि उनले कास्य पदकका लागि प्रतिस्पर्धा गरेका थिए । कास्य पदकका लागि भएको खेलमा तेन्जिङले लाओसका वाथाना जायासनलाई ९–१ ले पराजित गरे । यससँगै जारी एसियाली खेलकुदमा नेपालको पदक खाता खुलेको छ ।
Read More
चितवनमा नेपाली कांग्रेसको आज पालिका अधिवेशन, यस्तो छ निर्वाचन तालिका

चितवनमा नेपाली कांग्रेसको आज पालिका अधिवेशन, यस्तो छ निर्वाचन तालिका

चितवन, असोज ७— नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत चितवन जिल्लाका सबै पालिका अधिवेशन आज हुँदैछ । त्यसका लागि नेपाली कांग्रेस जिल्ला निर्वाचन समितिको कार्यालय, भरतपुर–३ ले सूचना जारी गर्दै आज (बुधबार) हुने पालिका अधिवेशनका लागि निर्वाचन कार्यतालिका तथा मतदान केन्द्र तोकेको छ । निर्वाचन समितिका अनुसार इच्छाकामना गाउँपालिका, कालिका नगरपालिका, खैरहनी नगरपालिका, माडी नगरपालिका, राप्ती नगरपालिका रत्ननगर नगरपालिका र भरतपुर महानगरपालिकामा तोकिएका स्थानबाट निर्वाचन प्रक्रिया सञ्चालन हुनेछ। निर्वाचन कार्यक्रमअनुसार बिहान ७ बजे पहिलो मतदाता नामावली प्रकाशन गरिनेछ। त्यसपछि दाबी–विरोध, जाँचबुझ तथा अन्तिम मतदाता नामावली प्रकाशनको प्रक्रिया पूरा गरी बिहान ८ देखि १०ः३० बजेसम्म उम्मेदवारी दर्ता हुनेछ। उम्मेदवारको पहिलो नामावली प्रकाशनपछि…
Read More