Day: २ आश्विन २०८३, शुक्रबार १४:२१

माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

माथिल्लो त्रिशूली–१ काे टनेलबाट ६ शव निकालियो

काठमाडौँ असोज २ – रसुवामा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीपछि बेपत्ता व्यक्तिहरूको खोजीका क्रममा माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनाको अडिट–३ सुरुङबाट ६ वटा शव निकालिएको छ। आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले सुरुङभित्र खोजी गर्ने क्रममा ढलानका लागि प्रयोग गरिएको डन्डीको जालीको भित्री भागमा अल्झिएको अवस्थामा शवहरू फेला पारेको हो। उद्धारका क्रममा ग्राइन्डर, ग्यास कटर र रोटरी रेस्क्यु उपकरण प्रयोग गरी सुरुङबाट ६ वटै शव बाहिर निकालिएको उद्धार टोलीले जनाएको छ। टोलीका अनुसार सुरुङभित्र हिलोले पुरिएको अवस्थामा थप शवजस्तो आकृति पनि देखिएको छ। त्यस क्षेत्रमा थप खोजी तथा उद्धार कार्य जारी रहेको छ। गत भदौ १० गते रसुवाको भोटेकोसीमा आएको बाढीका कारण…
Read More
जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

जिप सफारीका लागि चितवन राष्ट्रिय निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन, असोज २ – चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको छ । जिप सफारीलाई नियमित तथा व्यवस्थित बनाउन वर्षात्का समयमा निकुञ्जभित्रको सडकमा फैलिएको झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जका सूचना अधिकारी अविनाश थापामगरका अनुसार निकुञ्जको ३० किलोमिटर सडकको दायाँबायाँ रहेका झाडी पन्छाउने काम सुरु गरिएको हो । निकुञ्जमा गस्ती र जिप सफारीको तयारीस्वरुप झाडी पन्छाउने र सडकको अवस्था हेरी स्तरोन्नतिको काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले सडक सरसफाइका लागि दैनिक १० जना मजदुर काममा खटिएका छन् । उहाँले भन्नुभयो, “आवश्यकताअनुसार कामदार प्रयोग गरेर सडक सरसफाइ सुरु गरिएको छ ।” यही असोज…
Read More
हिजो घटेको सुनको मूल्य आज फेरी ३ हजार ६ सय रुपैयाँले बढ्यो

हिजो घटेको सुनको मूल्य आज फेरी ३ हजार ६ सय रुपैयाँले बढ्यो

काठमाडौं, असोज २ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको छ । सुनको मूल्य प्रतितोला रु तीन हजार ६०० र चाँदीको मूल्य रु १५० ले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला रु तीन लाख तीन हजार १०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु चार हजार ७७५ कायम भएको छ । बिहीबार छापावाल सुन प्रतितोला रु दुई लाख ९९ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु रु चार हजार ६२५ कायम भएको थियो ।
Read More
चितवनमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

चितवनमा ट्यांकर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार दाजुभाइको मृत्यु

भरतपुर,असोज २- चितवनको राप्ती नगरपालिका–७ वीरेन्द्रनगरमा तेल ट्यांकर र मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ। बिहीबार साँझ करिब ७ः४५ बजे पूर्व–पश्चिम राजमार्गअन्तर्गत वीरेन्द्रनगरमा भण्डाराबाट नारायणगढतर्फ आउँदै गरेको बागमती प्रदेश ०६–००३ प ०२७५ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको लु.१ ख ६६०१ नम्बरको तेल ट्यांकर एकआपसमा ठोक्किएका थिए। दुर्घटनामा मोटरसाइकल चालक खैरहनी नगरपालिका–१० निवासी करिब ३२/३३ वर्षीय शक्ति चौधरी र मोटरसाइकलको पछाडि सवार सोही स्थानका करिब २८/२९ वर्षीय नसिब चौधरी घाइते भएका थिए। घाइते दुवैलाई उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कलेज ल्याइएको थियो । उपचारका क्रममा शक्ति चौधरीलाई बेलुका ८ः४० बजे र नसिब चौधरीलाई ८ः४८ बजे चिकित्सकले मृत…
Read More