Day: २३ भाद्र २०८३, मंगलवार १६:४४

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन कारागारका कैदीबन्दीले भोटेकोशी बाढीपीडितका लागि जुटाए राहत

चितवन, भदौ २३ – चितवन कारागारमा रहेका कैदीबन्दीले भोटेकोशी बाढीबाट प्रभावित परिवारका लागि राहत सामग्री सहयोग गरेका छन् । कैदीबन्दीले आर्थिक सङ्कलनसँगै श्रमदान गरेर प्रभावित परिवारका लागि आवश्यक बन्दोबस्तीका सामग्री जुटाएका हुन् । सोमबार कारागार परिसरमा आयोजित कार्यक्रममा कैदीबन्दीले प्रमुख जिल्ला अधिकारी गणेश अर्याललाई राहत सामग्री हस्तान्तरण गरेका हुन् । कैदीबन्दीले डसना, ब्लाङ्केट, तन्ना, सिरानी, सिरानीको खोल, गम्छा, नङ्कटर, साबुन, दाँत माझ्ने ब्रस, मन्जन र काइयो गरी १२५ सेट सामग्री उपलब्ध गराएका छन् । राहत सामग्री खरिदका लागि कैदीबन्दीले व्यक्तिगत रूपमा १०० रुपैयाँदेखि २ हजार रुपैयाँसम्म सहयोग गरेका थिए । सङ्कलित रकमबाट ३ लाख ६७ हजार ३६ रुपैयाँ बराबरको सामग्री…
Read More
चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

चितवनका चेपाङ समुदायले घरघरमै मनाए न्वागी

नारायणगढ (चितवन), भदौ २३ – चेपाङ समुदायल यसवर्ष छोनाम (न्वागी) घरघरमै मनाएका छन् । भोटेकोशी बाढी पहिरोका कारण देशलाई पीडा परेको भन्दै सो समुदायले आ–आप्mनो घरमा गच्छेअनुसार चाढ मनाए । विगतका वर्षहरुमा भने न्वागी सामूहिक रुपमा एकजुट भएर मनाइन्थ्यो । चेपाङ समुदायले न्गागीलाई आफ्नो प्रमुख सांस्कृतिक तथा धार्मिक पर्व मान्दै आएको छ । हरेक वर्ष भदौ २२ गते विशेष रूपमा मनाइने न्वागी यस वर्ष तडकभडक र औपचारिक कार्यक्रम नगरी परिवार र आफन्तबीच परम्परागत विधिअनुसार मनाइएको नेपाल चेपाङ सङघले जनाएको छ । सङ्घका केन्द्रीय अध्यक्ष गोविन्दराम चेपाङले विगतका वर्षमा सामूहिक न्वागी मनाइने गरे पनि यस वर्ष देशको अवस्थालाई ध्यानमा राख्दै औपचाचिरक…
Read More
सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

सरकारलाई जेनजी फ्रन्टको १२ प्रश्न : आन्दोलनका पीडित र उपलब्धिका लाभार्थी किन फरक-फरक ?

काठमाडौं , भदौ २३- जेनजी आन्दोलनको पहिलो वार्षिकीका अवसरमा नेपाल जेनजी फ्रन्टले सरकार र राजनीतिक नेतृत्वमाथि प्रश्नैप्रश्न उठाउँदै बहसपत्र सार्वजनिक गरेको छ। फ्रन्टले आन्दोलनका क्रममा उठाइएका सुशासन, जवाफदेहिता, पारदर्शिता, संस्थागत सुधार र डिजिटल अधिकारका एजेन्डा एक वर्षपछि कहाँ पुगे भन्ने समीक्षा गर्नुपर्ने बताएको छ। मंगलबार सार्वजनिक बहसपत्रमा जेनजी आन्दोलनका क्रममा भएको १० बुँदे सम्झौताको कार्यान्वयनदेखि आन्दोलनकारीमाथिका मुद्दा, भूमिहीन तथा सुकुम्बासीको समस्या, संसद्को भूमिका, स्वास्थ्य बीमा, भदौ २३ र २४ का घटनाको छानबिन तथा सुरक्षा निकायको सुधारसम्मका विषय उठाइएको छ। फ्रन्टले आन्दोलनका क्रममा पक्राउ परेका तथा मुद्दा खेपिरहेका जेनजी आन्दोलनकारीको अवस्था सम्झौता कार्यान्वयनको प्रमुख प्रश्न भएको जनाएको छ। ‘जेनजी जेलमा, नेताहरू…
Read More
चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवनमा पहिरोको जोखिम घटाउन तुइन खोलाको ढिस्को भत्काइँदै

चितवन, भदौ २३ – नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा रहेको डाँडाको जोखिमपूर्ण ढिस्का आज पनि भत्काउन सुरु गरिएको छ । सवारीसाधन आंशिक रुपमा रोकेर सोमबारदेखि झार्न सुरु गरिएकोमा आज ‘व्याक ह्याम्बर’को प्रयोग गरेर ढिस्का खसालिँदै छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर अर्जुन घिमिरेका अनुसार आज बिहानदेखि सडक रोकिएको समयमा गलले झर्न लागेका ढिस्का झार्न थालिएको हो । सोमबार दिनभर गलको सहायताले ढिस्का झारिएको थियो । आजदेखि व्याक ह्याम्बरको सहायताले ढिस्का झारिने छ । छ वटा ती उपकरण परिचालन गरिँदै छ । आवश्यकताअनुसार व्याक ह्याम्बर थप्नका लागि तयारी गर्न निर्माण व्यवसायीलाई भनिएको घिमिरेले बताउनुभयो । प्राविधिक एवं मजदुरहरु पेटीको सहायताले भिरमा…
Read More
लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

लगातार दुई दिन घटेको सुनको मूल्य आज बढेर ३ लाख ५ हजार नाघ्यो

काठमाडौँ, भदौ २३- यो साता लगातार दुई दिन घटेको सुनको मूल्य आज (मंगलबार) बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन हजार ५ सय रुपैयाँले बढेको हो। योसँगै आजका लागि सुनको मूल्य प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ निर्धारण गरिएको छ । हिजो (सोमबार) सुन प्रतितोला तीन लाख एक हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो। यस्तै, चाँदीको मूल्य पनि बढेको छ। सोमबार प्रतितोला चार हजार ६ सय ९० रुपैयाँ रहेको चाँदी मंगलबार १०० रुपैयाँले बढेर प्रतितोला चार हजार ७ सय ९० रुपैयाँ पुगेको महासंघले जानकारी दिएको छ।
Read More