Day: १३ भाद्र २०८३, शनिबार १७:३३

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा निःशुल्क परिचालन

एक सय बढी एम्बुलेन्स घाइतेको उद्धार र शव व्यवस्थापनमा निःशुल्क परिचालन

चितवन, भदौ १३ – भोटेकोशी बाढीबाट घाइते भएका र मृत्यु भएकाहरूको उद्धार र व्यवस्थापनमा १०० बढी एम्बुलेन्स निःशुल्क परिचालन भएका छन् । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी (पूर्व), नवलपरासी (पश्चिम), रुपन्देही र कपिलवस्तुका एम्बुलेन्स उद्धारमा प्रयोग भएका हुन् । संयुक्त एम्बुलेन्स चालक सङ्घ नेपाल (ट्रेड युनियन सङ्घ) केन्द्रीय अध्यक्ष नवराज लामिछानेका अनुसार काठमाडौँ उपत्यकाका एम्बुलेन्स पनि उद्धार र व्यवस्थापनमा जुटेका छन् । अधिकांश एम्बुलेन्सले घाइतेलाई अस्पताल र घटनास्थलबाट शवलाई शवगृहसम्म निःशुल्क रूपमा पुर्‍याइरहेका उहाँले जानकारी दिनुभयो । टाढा पुर्‍याउनुपर्ने अवस्थामा नेपाल रेडक्रस सोसाइटी, स्थानीय तहलगायत सङ्घसंस्थाले इन्धन सहयोग गरिरहेका लामिछानेले बताउनुभयो । उहाँका अनुसार चितवनमा ४५, नवलपरासी (पूर्व)…
Read More
शव राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु

शव राख्ने ठाउँ अभाव भएपछि देवघाटमा सामूहिक अन्त्येष्टि सुरु

चितवन, भदौ १३- रसुवा तथा तिब्बत क्षेत्रमा आएको विनाशकारी भोटेकोशी–त्रिशूली बाढीमा बगेर आएका २३३ शव चितवनका त्रिशूली र नारायणी नदी किनारबाट फेला परेका छन्। जिल्ला प्रहरी कार्यालय चितवन तथा सुरक्षा निकायको खोजी अभियानका क्रममा ती शव संकलन गरिएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार हालसम्म चार शवको मात्रै सनाखत भएको छ भने २२९ शवको पहिचान खुल्न बाँकी छ। शव राख्ने ठाउँको अभाव ठूलो संख्यामा शव फेला परेपछि भरतपुर अस्पतालसहित विभिन्न स्वास्थ्य संस्थामा शव व्यवस्थापन गर्न कठिनाइ भएको छ। शवगृह तथा उपलब्ध शीत भण्डारण क्षमताभन्दा धेरै शव भएपछि व्यवस्थापन चुनौतीपूर्ण बनेको प्रशासनले जनाएको छ। लामो समयसम्म उचित संरक्षण हुन…
Read More
पत्रकारको मोबाइल नियन्त्रणमा लिई फोटो–भिडियो मेटाइएकोमा पत्रकार महासंघ चितवनको ध्यानाकर्षण

पत्रकारको मोबाइल नियन्त्रणमा लिई फोटो–भिडियो मेटाइएकोमा पत्रकार महासंघ चितवनको ध्यानाकर्षण

चितवन, भदौ १३- नारायणी नदीमा भेटिएका शवलाई जमिनमुनि व्यवस्थापन गर्न लागिएको ठाउँको विषयमा समाचार संकलन गर्न पुगेका पत्रकारहरूमाथि भएको दुर्व्यवहार र अवरोधप्रति नेपाल पत्रकार महासंघ, चितवन शाखाले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। महासंघका सहसचिव रविना पौडेलद्वारा जारी प्रेस विज्ञप्तिअनुसार जलदेवी सामुदायिक वन भित्र सनाखत नभएका शव व्यवस्थापनका लागि बनाउँदै गरेको संरचनाका बारेमा रिपोर्टिङ गर्न पुगेका नेपाल पत्रकार महासंघ चितवनका पूर्व अध्यक्ष राधेश्याम खतिवडा र पत्रकार सन्तकुमार चौधरीलगायतका सञ्चारकर्मीलाई नेपाली सेनाका सुरक्षाकर्मीबाट समाचार संकलनमा अवरोध पुर्‍याइएको हो। विज्ञप्तिमा पत्रकार खतिवडाले फोटो र भिडियो नखिचेको अवस्थामा समेत सुरक्षाकर्मीले नियन्त्रणमा लिएर मोबाइलका फोटो तथा भिडियोहरू मेटाएको उल्लेख छ। भदौ १० गते आएको भोटेकोशी…
Read More
रसुवाबाट उद्धार गरिएका बाढी पीडितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर

रसुवाबाट उद्धार गरिएका बाढी पीडितलाई नागार्जुनको गुम्बामा अस्थायी सेल्टर

काठमाडौँ, भदौ १३ – रसुवाबाट उद्धार गरी ल्याइएकालाई अस्थायी बसोबासका लागि नागार्जुनस्थित येलो गुम्बामा राखिएको छ । सुरक्षाकर्मीले उद्धार गरी ल्याएका दुई सय पचासलाई येला गुम्बामा राख्नेगरी व्यवस्था मिलाइएको छ । नागार्जुन–२ स्थित गुम्बामा हाल करिब सय बाढी पीडितलाई राखिएको नागार्जुन नगरपालिकाको कार्यबाहक प्रमुख सुशिला अधिकारीले जानकारी गराइन् । गुम्बाको मेडिटेसन हलमा पीडितलाई राखिएको छ । अस्थायी बसोबासको अवस्था बुझ्नका लागि काठमाडौंका प्रमुख जिल्ला अधिकारी, इश्वरराज पौडेल, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि लगायत शुक्रबार गुम्बामा पुगेका थिए । ‘व्यक्तिगत र संस्थागत सहयोगहरु जुटिरहेको छ । हामीले स्वास्थ्य टोलीको टोली खटाएका छौ,’ नागार्जुन नगरपालिकाको कार्यावाहक प्रमु अधिकारीले भनिन् । गुम्बामा अस्थायी बसोबासका…
Read More
भोटेकोशी बाढीः चितवनमा शव व्यवस्थापन गर्न जटिल

भोटेकोशी बाढीः चितवनमा शव व्यवस्थापन गर्न जटिल

चितवन, भदौ १३- यही भदौ १० मा रसुवाको भोटेकोशी नदीमा आएको बाढीमा परेर निधन भएकाको शव व्यवस्थापनमा जटिलता देखिएको छ । नारायणी र त्रिशूली नदी किनारमा मानवसहित पशु चौपायाका शव र अङ्ग फेला परेका छन् । यस्ता शव उचित ठाउँ व्यवस्थापन गर्न कठिन भएको जनाइएको छ । नदी किनारबाट शव एम्बुलेन्समार्फत् ल्याइएको छ । भरतपुर अस्पतालमा ल्याइएका शवलाई टेन्टमुनि राख्नुपर्ने बाध्यता छ । भरतपुर अस्पताल विकास समितिका पूर्वअध्यक्ष एवं फिजिसियन डा भोजराज अधिकारीले शवलाई कुहिने र गन्हाउने समस्या आउन नदिन विशेष चनाखो अपनाउनु पर्ने बताउनुभयो । उहाँले भन्नुभयो “यस्तो अवस्थामा पानीजन्य सङ्क्रमणको जोखिम रहन्छ ।” भरतपुर अस्पतालमा शवको सरसफाई गरी…
Read More
बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज

बाढीपीडितलाई चौधरी फाउन्डेसन र नबिल बैंकको १५ करोडको राहत प्याकेज

चितवन, भदौ १३– रसुवा र नुवाकोटका बाढी प्रभावित समुदायका लागि चौधरी फाउन्डेसन र नबिल बैंकले १५ करोड रुपैयाँ बराबरको बहुचरणीय राहत तथा पुनर्स्थापना कार्यक्रम घोषणा गरेका छन्। भदौ १० गते आएको रसुवामा आएको विनाशकारी बाढीबाट प्रभावितहरूका लागि यी दुई संस्थाले संयुक्त रूपमा उक्त राहत प्याकेज ल्याएका हुन्। यस अभियानअन्तर्गत आपत्कालीन राहतदेखि लिएर अस्थायी आवास निर्माण र दीर्घकालीन स्वास्थ्य तयारीसम्मका कार्यक्रमहरू सञ्चालन हुनेछन्। के छन् राहत तथा पुनर्स्थापना प्याकेजमा ? भदौ ११ गतेदेखि नै प्रभावित क्षेत्रमा तयारी खाना, खानेपानी, बिस्कुट, लत्ताकपडा, त्रिपाल र व्यक्तिगत सरसफाइका सामग्रीहरू वितरण सुरु गरिएको दुई चौधरी फाउन्डेसन र नबिल बैंकले जानकारी दिएका छन्। यस कार्यमा फाउन्डेसन…
Read More
रसुवा बाढी : चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

रसुवा बाढी : चितवनमा पहिचान हुन नसकेका शव जमिनमुनि व्यवस्थापन गरिने

रसुवाको भोटेकोशीमा १० भदौमा आएको विनाशकारी बाढीपछि चितवनमा संकलन गरिएका पहिचान हुन नसकेका तथा बेवारिसे शवको व्यवस्थापन गरिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार सूचना जारी गर्दै बाढीपछि जिल्लामा हालसम्म संकलन भएका २३३ शवमध्ये ८ वटा पहिचान भएको र २२९ वटा शव होल्डिङ सेन्टर तथा विभिन्न स्वास्थ्य संस्थामा रहेको जनाएको छ । होल्डिङ सेन्टर, स्वास्थ्य संस्था तथा नदी तटबाट संकलन गरिएका केही शव तथा शवका अवशेष सडेर–गलेर पहिचान गर्न नसकिने अवस्थामा पुगेको प्रशासनको भनाइ छ। ती शव तत्काल व्यवस्थापन नगर्दा संक्रमण तथा महामारी फैलिन सक्ने स्वास्थ्य क्षेत्रका विज्ञहरूको राय तथा विश्लेषण रहेको सूचनामा उल्लेख छ। यसैलाई मध्यनजर गर्दै जिल्ला…
Read More