Day: ३१ जेष्ठ २०८३, आईतवार १३:१६

प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की

प्रहरी सङ्गठन जनताका पहिलो सरकार होः मुख्यमन्त्री कार्की

विराटनगर, जेठ ३१- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रहरी सङ्गठन नेपाली जनताका पहिलो सरकार भएको बताउनुभएको छ। नेपाल प्रहरी प्रधान कार्यालय अपराध अनुसन्धान विभाग र कोशी प्रदेश प्रहरी कार्यालयद्वारा आज यहाँ आयोजित कोशी प्रदेशस्तरीय ‘अपराध अनुसन्धान समीक्षा’ गोष्ठीको उद्घाटन गर्दै उहाँले प्रहरी सङ्गठनमाथि उठेको प्रश्न र जिज्ञासाप्रति सङ्गठन जिम्मेवार बत्रुपर्ने विचार राख्नुभयो । मुख्यमन्त्री कार्कीले प्रहरी सङ्गठनलाई बलियो बनाउने समयमा नियन्त्रणमा राख्ने सोच र प्रवृत्तिले अपराध अनुसन्धानमा गम्भीर असर पर्ने भन्दै सङ्गठनलाई समयानुकूल बनाउन साधन, स्रोत र व्यवस्थापकीय कमी कमजोरीलाई राज्यले पूरा गर्नुपर्ने धारणा राख्नुभयो । उहाँले प्रहरीको नीति र ऐनलाई सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै ‘डिएनए’ परीक्षण गर्ने प्रयोगशाला…
Read More
चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्यो ‘मायाटार’

चितवनमा गर्मी छल्ने नजिकको रमणीय ठाउँ बन्यो ‘मायाटार’

चितवन (मायाटार), जेठ ३१– चितवनमा पछिल्ला केही दिनयता अत्यधिक गर्मी छ । तर यही चितवनको पहाडी भेगमा भने मौसम असाध्यै मनोरम छ । त्यसैले मैदानी भूभागमा अत्यधिक गर्मी हुँदा गर्मी छल्नकै लागि धेरै मानिसहरु पहाड उक्लिन थालेका छन् । अनि गर्मी छल्ने गज्जबको गन्तव्य बनेको छ इच्छाकामना गाउँपालिका वडा नं.२ स्थित मायाटार । तल्लो भागमा अत्याधिक गर्मी हुँदा पहाडी भागमा भने राति सिरक ओढेर सुत्नुपर्ने अवस्था छ । पछिल्लो केही वर्षयता यो ठाउँ गर्मी मौसममा सबैको रोजाइमा पर्न थालेको छ । चितवनकै तराई भू–भाग अर्थात् बजार क्षेत्रमा अत्यधिक गर्मी हुँदा त्यसलाई छल्नका लागि मानिसहरु यो पहाडी ठाउँमा पुग्ने गरेका छन्…
Read More
विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

विश्व रक्तदाता दिवस : सुरक्षित र पर्याप्त रगत आपूर्तिमा अझै असमानता

काठमाडौँ, जेठ ३१ – आज विश्व रक्तदाता दिवस हो । ‘मानवताका लागि एक थोपा रगत, रक्तदान गरौँ, जीवन बचाऔँ’ नाराका साथ विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ यो दिवस मनाइँदै छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे चेतना अभिवृद्धि गर्नुका साथै निःशुल्क तथा स्वेच्छिक रूपमा रक्तदान गर्ने रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले हरेक वर्ष जुन १४ मा यो दिवस मनाइन्छ । विश्व स्वास्थ्य सङ्गठन डब्ल्युएचओ ले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कअनुसार विश्वव्यापी रूपमा सुरक्षित रगतको आपूर्ति सुधारतर्फ उल्लेखनीय प्रगति भए पनि सुरक्षित रगतमा पहुँचका दृष्टिले अझै ठूलो असमानता कायम छ । डब्लुएचओले सङ्कलन गरेको १३२ देशको तथ्याङ्कअनुसार सन् २०१३ देखि…
Read More