Day: २२ आश्विन २०८१, मंगलवार २०:४१

बाढीपहिरोले १६ सय खानेपानी आयोजनामा क्षति

बाढीपहिरोले १६ सय खानेपानी आयोजनामा क्षति

काठमाडौं, २२ असोज  । हालै आएको भीषण वर्षापछिको बाढीपहिरोले देशभरिका १६ सयभन्दा बढी खानेपानी आयोजनाहरूमा क्षति पुगेको छ । बाढीपहिरोले अहिलेसम्म करिब ६ अर्ब रुपैयाँ क्षति भएको प्रारम्भिक अनुमान खानेपानी मन्त्रालयले गरेको छ । ११ र १२ असोजको भीषण वर्षापछि आएको बाढीपहिरोले १ हजार ६ सय १६ आयोजनामा क्षति पुगेको र २५ लाख जनसंख्यालाई प्रत्यक्ष रूपमा असर परेको खानेपानी मन्त्रालयको प्रारम्भिक अनुमान रहेको छ । यस्तै ५८ जिल्लाका ५ लाख घरधुरी प्रभावित भएको मन्त्रालयले जनाएको छ । मन्त्रालयका सीडीई वीरेन्द्र कँडेलका अनुसार काठमाडौं, ललितपुर, भक्तपुर, काभ्रे, सिन्धुपाल्चोक, रामेछाप, सिन्धुली, उदयपुर, सुनसरी लगायत जिल्लामा धेरै क्षति पुगेको छ । उनका अनुसार…
Read More
रत्ननगरको आबधिक योजना : सौराहाको पर्यटनलाई प्राथमिकता

रत्ननगरको आबधिक योजना : सौराहाको पर्यटनलाई प्राथमिकता

रत्ननगर । रत्ननगर नगरपालिकाले कृषि र पशुपालनलाई सौराहाको पर्यटनसंग जोड्ने गरी आबधिक योजना निर्माण गरेको छ । पर्यटकीय सहर समुन्नत रत्ननगरको अबधारण आत्मसाथ गर्दै आर्थिक बर्ष २०८१/८२ देखि २०८५/८६ सम्मका लागि आवधिक योजना निर्माण गरिएको हो । आबधिक योजनामा दीर्घकालिन लक्ष्य प्राप्तीका सुचकहरु समावेश गरिएको छ । सेवा प्रदायक संस्था सिनर्जी इन्जिनियरिङ एण्ड कन्सल्ट्यान्ट्स प्रा.लि.ले चार महिनामा निर्माण गरेको आबधिक योजना मंगलबार नगरपालिकालाई हस्तान्तरण गरेको हो । प्रा.लि.का प्रबन्ध रवि आचार्यले रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटालाई हस्तान्तरण गरेका हुन् । आबधिक योजना हस्तान्तरण कार्यक्रममा उपमेयर यादब प्रसाद पाठक, प्रमुख प्रशासकीय अधिकृत सुकदेव लम्साल, वडाध्यक्षहरु सहित शाखाप्रमुखहरुको उपस्थिति रहेको थियो ।…
Read More
एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी

एनपीएलमा देखिनेछन् चितवनका तीन खेलाडी

चितवन,२२ असोज । नेपाल प्रिमियर लिग (एनपीएल)का फ्रेन्चाईज टिमहरुले स्थानीय खेलाडीलाई विशेष प्राथमिकता दिए । अझ भनौं पश्चिम नेपालका फ्रेन्चाईज टिमहरु स्थानीयलाई विशेष प्राथमिकता दिएरै अक्सनमा बोली लगाए । त्यसमा पनि देशको मध्य भागको प्रतिनिधित्व गर्दै गरेको चितवन राइनोजले पनि स्थानीय खेलाडीलाई नै प्राथमिकता दियो । चितवनले दुई युवा खेलाडीलाई अक्सनबाट टिममा भित्र्यायो । बलिङ अलराउण्डरद्धय दिपेश श्रेष्ठ र गौतम केसी क्रमशः ५ लाख र २ लाखमा चितवन टिममा जोडिन पुगे । यी दुवै खेलाडी चितवन र बागमती प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय प्रतियोगिताहरु खेल्दै आइरहेका छन् । दिपेश र गौतम मात्रै होइन चितवनका अर्का युवा ब्याटर प्रतिक श्रेष्ठ पनि नेपाल…
Read More
क्षतिग्रस्त सडक सञ्चालन अभियानमा नेपाली सेना,छ हजार सकल दर्जा परिचालन

क्षतिग्रस्त सडक सञ्चालन अभियानमा नेपाली सेना,छ हजार सकल दर्जा परिचालन

काठमाडौँ,२२ असोज  । नेपाली सेनाले क्षतिग्रस्त सडक मर्मत गरी पुनः सञ्चालन गर्ने अभियान थालेको छ । यही असोज दोस्रो साता परेको अविरल वर्षासँगैको विपद्बाट क्षतिग्रस्त राजमार्ग, रणनीतिक महत्वको पक्की पुल र ग्रामीण सडक मर्मत गर्न छ हजार सकल दर्जा खटिइरहेको नेपाली सेनाका प्रवक्ता सहायक रथी गौरवकुमार केसीले बताउनुभयो । जल तथा मौसम विज्ञान विभागको अनुमानसँगै सेनाले १४ हजार जनशक्ति विपद् प्रतिकार्यमा खटाउन तयार गरेको थियो । विपद् प्रभावित जिल्लाहरु काठमाडौँ, ललितपुर र भक्तपुरसँगै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, मकवानपुर, सिन्धुली, रामेछाप र पाँचथरमा तत्काल खोज तथा उद्धारमा जुटेको उहाँले जानकारी दिनुभयो । बिपी राजमार्ग, अरनिको राजमार्ग, मध्यपहाडी लोकमार्ग, त्रिभुवन राजपथ र पृथ्वी राजमार्गलगायतका राजमार्ग…
Read More
गैडाकोटका देवीमाया रेग्मीलाई राष्ट्रियस्तरमा ‘उत्कृष्ट कृषक’ पुरस्कार

गैडाकोटका देवीमाया रेग्मीलाई राष्ट्रियस्तरमा ‘उत्कृष्ट कृषक’ पुरस्कार

नवलपुर,२२ असोज । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को गैँडाकोटका कृषक देवीमाया रेग्मी राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा पुरस्कृत हुनुभएको छ । सङ्घीय कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले सोमबार आयोजना गरेको ४४औँ विश्व खाद्य दिवस कार्यक्रममा गैँडाकोट–१८ की कृषक रेग्मी पुरस्कृत हुनुभएको हो । रेग्मीलाई कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले फलफूल बगैँचा ९सुन्तला जात० व्यवसायतर्फ राष्ट्रियस्तरमा उत्कृष्ट कृषकका रुपमा रु १० हजारसहित सम्मानपत्रद्वारा पुरस्कृत गर्नुभएको हो । संयुक्त राष्ट्रसङ्घको खाद्य तथा कृषि सङ्गठन (एफएओ) को आह्वानमा प्रत्येक वर्ष अक्टोबर १६ तारिखमा विश्व खाद्य दिवस मनाउने गरिएकामा त्यस दिन दसैँ परेका कारण सोमबार नै मनाइएको विभागका महानिर्देशक डा नरहरिप्रसाद घिमिरेले बताउनुभयो । सन्…
Read More
आज दसैंको छैटौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

आज दसैंको छैटौँ दिनः स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौँ,२२ असोज । आश्विन शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दसैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको माता भएकाले पार्वती नै स्कन्दमाताका नामले कहलाउनुभएको हो । नवरात्रका नौ दिन घटस्थापना गरिएको स्थलमा दुर्गा सप्तशती (चण्डी), श्रीमद्देवी भागवतलगायत देवी स्तोत्र पाठसमेत गरिन्छ । नवरात्रका अवसरमा देवीको आराधना गरी पूजा गरेमा शक्ति, ऐश्वर्य र विद्या प्राप्त हुने धार्मिक विश्वास छ । यसै आधारमा वैदिक सनातन धर्मावलम्बीले प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि नवमीसम्म दुर्गा देवीको विशेष आराधना गर्छन् ।…
Read More