नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण
रत्ननगर । रत्ननगर वडा नं ६ स्थित नेपाल श्रृजनशिल बाल संरक्षण केन्द्रको १५औं बार्षिक साधारण सभा तथा तेस्रो सामाजिक परीक्षण कार्यक्रम शुक्रबार गरिएको छ । वडा नं ६ की वडा सदस्य केशरीमाया सुनार प्रमुख अतिथि रहेको सो कार्यक्रममा संस्थाकी सचिव गीता तिवारीले प्रगति प्रतिवेदन तथा शोभा पाठकले संस्थाको आयव्याय प्रस्तुत गरेकी थिइन् । सो अबसरमा संस्थाकी अध्यक्ष शुशीला भट्टराईले अनाथ बालबालिकाको संरक्षण, शिक्षा र परिवारमा पुनर्मिलनको लागि बाल संरक्षण केन्द्र स्थापना गरेर सञ्चालन गरेको बताइन् । ८ जना बालबालिका आश्रित केन्द्रले हाल सम्म एक दर्जन बढी बालबालिकालाई शिक्षा र परिवारमा पुनर्मिलन गराइसकेको उनले जानकारी दिइन् । विभिन्न दाताहरुबाट सहयोग संकलन…