Day: ३२ श्रावण २०८१, शुक्रबार १६:०५

लोडसेडिङ र लो–भोल्टेजबारे प्राधिकरणको ध्यानर्कषण

लोडसेडिङ र लो–भोल्टेजबारे प्राधिकरणको ध्यानर्कषण

रत्ननगर । पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले लोडसेडिङ र लो भोल्टेजले समस्या भएको भन्दै नेपाल विद्युत प्राधिकरण रत्ननगर टाँडी वितरण केन्द्रलाई ध्यानर्कषण गराएको छ । लोडसेडिङ र लो भोल्टेजका कारण उद्योग सञ्चालन समस्या भएको भन्दै समन्वयले विद्युत प्रवाहमा विद्यमान समस्या तत्काल सामधान गरेर नियमित विजुली प्रदान गर्न प्राधिकरणलाई ध्यानर्कषण गराएको हो । समन्वय समितिका संयाेजक शंकर गिरीको नेतृत्वमा प्राधिकरण पुगेको टोलीले वितरण केन्द्रका प्रमुख राजेन्द्रकुमार चौधरीलाई ध्यानर्कषण पत्र बुझाएका हुन् । पूर्वी चितवन क्षेत्रमा नेपाल विद्युत प्राधिकरणबाट प्रशारण भई रहेको विद्युत अनियमित तरिकाबाट कुनै पनि समयमा विद्युत जाने आउने भएको र सो क्षेत्रमा उद्योग कल कारखाना…
Read More
चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन पूर्ण खोप सुनिश्चितता जिल्ला घोषणा

चितवन, ३२ साउन । चितवन जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । जिल्लाका साट वटै पालिकामा घोषणा गरी शुक्रबार जिल्लालाई पूर्ण खोप जिल्ला सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो । जिल्ला समन्वय समिति चितवनका प्रमुख नारायणप्रसाद अधिकारीले औपचारिक कार्यक्रमका बीच चितवनलाई पूर्ण खोज सुनिश्चितता जिल्ला घोषणा गर्नुभएको हो । घोषणा सभामा बोल्दै प्रमुख अधिकारीले स्थानीय तह र स्वास्थ्यकर्मीहरुको अथकप्रयासबाट जिल्लालाई पूर्ण खोज सुनिचितता घोषणा गर्न सफल भएको भन्दै राज्यका लागि बलियो मानव पूँजी निर्माण गर्न खोप प्रभावकारी हुने बताउनुभयो । उहाँले तल्लो तहदेखि खोप कार्यक्रम सफल बनाउन भूमिका खेल्ने महिला स्वास्थ्य स्वयंसेविका लगायत स्वास्थ्य क्षेत्रका सम्पूर्ण…
Read More
न्यू स्पिडी आमाविमा मतदान नमुना अभ्यास

न्यू स्पिडी आमाविमा मतदान नमुना अभ्यास

रत्ननगर, साउन ३२ । रत्ननगर १० मा रहेको न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले मतदान गरेकाछन् । शुक्रवार विद्यालय परिसरमा स्कुल क्याप्टेन, स्कुल भाइस क्याप्टेन, हाउस क्याप्टेन, क्लास (कक्षा) क्याप्टेन र भाइस क्याप्टेनको निर्वाचन भएको हो । स्कुल क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, स्कुल भाइस क्याप्टेनका लागि १ छात्र र ३ छात्रा गरि ४ जना, ब्ल्यु हाउस क्याप्टेनका लागि २ छात्र र ३ छात्रा गरि ५ जना, ब्ल्यु हाउस भाइस क्याप्टेनका लागि ३ छात्र र १ छात्रा गरि ४ जना, एल्लो हाउस क्याप्टेनका लागि २ छात्र र १ छात्रा गरि ३ जना, एल्लो हाउस भाइस…
Read More
प्रेसिडेन्सीका विद्यार्थीलाई उदघोषण तालिम

प्रेसिडेन्सीका विद्यार्थीलाई उदघोषण तालिम

चितवन। भरतपुर १० चितवन स्थित प्रेसिडेन्सी कलेजले कक्षा १२ मा अध्ययनरत बिद्यार्थीहरुका लागि आयोजना गरेको ब्यक्तित्व विकास एवम उदघोषण सम्बन्धी ५ दिने तालिम सम्पन्न भएको छ । बिद्यार्थीहरुको ब्यक्तित्व विकास एवम उदघोषण कलाको विकासका लागि लक्षित गरि आयोजना गरिएको तालिममा ‘बोल मनको कुरा खोल’ नामक उदघोषण सम्बन्धी पुस्तकका लेखक, बरिष्ठ रेडियोकर्मी तथा ब्यक्तित्व बिकास एवम उदघोषण तालिम प्रशिक्षक मनोज पन्तले प्रशिक्षण दिएका थिए । कलेजका प्लस टु संयोजक सरोज खडकाले संयोजन गर्नु भएको सो तालिम कलेजले हरेक वर्ष गर्दै आइरहेको छ। यस्तो किसिमको तालिमले बिद्यार्थीहरुमा आत्मबिश्वाशको भावना बिकास हुने र ब्यक्तित्व बिकासमा समेत टेवा पुग्ने कलेजका प्रिन्सिपल शम्भु क्षेत्रीले बताए।
Read More
प्रेस चौतारीको भवन निर्माणमा बराल र बस्यालबाट १० हजार सहयोग

प्रेस चौतारीको भवन निर्माणमा बराल र बस्यालबाट १० हजार सहयोग

चितवन । प्रेस चौतारी चितवनको भवन निर्माणका लागि क्यान्सर अस्पताल भरतपुरमा बरिष्ठ सहायक पदमा कार्यरत दुई जना युवाहरु कृष्णहरि बराल र राजकुमार बस्यालले आर्थिक सहयोग गरेका छन् । भरतपुर महानगरपालिका–११ बसेनीमा निर्माण हुँदै गरेको चौतारीको भवनका लागि बराल र बस्यालले चौतारी चितवनका अध्यक्ष सुवास पण्डितलाई सो रकम प्रदान गरेका हुन् । प्रेस चौतारीको देशकै पहिलो भवन चितवनमा निर्माण हुनु र त्यसमा आफूहरुले समेत सहयोग गर्न पाउनु खुसीको कुरा भएको भन्दैं दुबै जनाले पहिलादेखि नै सहयोग गर्ने चाहाना राख्दै आएको बताए । बरालले देशकै पहिलो भवन चितवनमा हुनु गौरवको विषय भएको बताए । यस्तैं, बस्यालले भवनले जिल्लाका पत्रकारहरुको संस्थागत विकासमा सहयोग…
Read More