कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा कास्कीमा २६ वर्षदेखि ७० वर्षसम्मका उम्मेदवार चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । निर्वाचनमा अधिकृतको कार्यालयको तथ्याङ्कअनुसार उम्मेदवारी दर्ता गरेकामध्ये कास्कीको क्षेत्र नं २ बाट सबैभन्दा कम उमेरका २६ वर्षीय निर्दोषविक्रम पौडेलको उम्मेदवारी परेको छ भने कास्की क्षेत्र नं ३ बाट सबैभन्दा बढी उमेरका ७० वर्षीय गोपाल गिरीको उम्मेदवारी परेको छ । कास्की क्षेत्र नं १ मा कूल १७ जना उम्मेदवारमध्ये सबैभन्दा कम ३८ वर्षदेखि ६७ वर्ष उमेरसम्मका व्यक्ति चुनावमा प्रतिस्पर्धा गर्दैछन् । यस क्षेत्रमा ११ जना ५० वर्ष मुनिमा उम्मेदवार रहेका छन् । क्षेत्र नं २ मा कूल १७ जना उम्मेदवारमध्ये २६ वर्षदेखि…