चितवनका डा. भोजराज अधिकारीले त्यागे नेपाली कम्युनिस्ट पार्टी
चितवन,जेठ २२- चितवनका डा. भोजराज अधिकारी नेपाली कम्युनिस्ट पार्टीबाट अलग भएका छन् । २०७९ सालको निर्वाचनमा तत्कालीन माओवादीबाट चितवन क्षेत्र नम्बर ३ मा उम्मेदवारसमेत बनेका अधिकारीले आज राजनीतिक आबद्धताबाट अलग भएको घोषणा गरेका हुन् । उनले फेसबुकमा लेखेका छन्, ‘पेशागत क्षेत्रमा मेरो दक्षता र योगदानलाई अझ बढी समाजसेवामा मुखरित हुनेगरी र यसैमा आगामी समय बढी समर्पित गर्ने गरी वर्तमान राजनीतिक आबद्धताबाट आजकै मितिले निष्क्रिय हुँदै छु ।’ समय अब कुनै वादको आइडिओलोजी भन्दा विकासवादको प्रतिस्पर्धामा रहेको भन्दै उनले आगामी दिन पेशागत कर्मसँगै समाजसेवाका अन्य आयामबाट योगदान गर्ने बताएका छन् । आजसम्मको राजनीतिक यात्रामा प्राप्त, ज्ञान, दर्शन र भूमिकाप्रति सम्मान व्यक्त…