चितवनमा मोटरसाइकल दुर्घटना भयावह
चितवनमा भएका जम्मा दुर्घटनाको ६० प्रतिशतभन्दा बढी दुर्घटना मोटरसाइकल भएका छन् । ट्राफिक कार्यालय भरतपुरका अनुसार १०० दुर्घटनामध्ये ६६ वटा दुर्घटना त मोटरसाइकल नै हुने गरेका छन् । मोटरसाइकल बढी दुर्घटना हुनुमा तीव्र स्पीड, ट्राफिक नियमको पालना नहुनु, मादक पदार्थ सेवन गरी सवारीसाधन चलाउनुलगायतका कारण देखिन्छन् । चितवनका स्थानीय तहसँग दुर्घटना न्यूनीकरणका कार्यक्रम नै छैनन् । स्थानीय तहले दुर्घटना न्यूनीकरणको सम्पूर्ण जिम्मा ट्राफिक कार्यालयको हो जस्तो गर्छन्, ट्राफिक कार्यालयले सीमित स्रोतसाधनले कति गर्न सकिन्छ त्यति गरिरहेको बताउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक अनिल थापाका अनुसार गत साउनदेखि कार्तिकसम्म ३३३ सवारी दुर्घटना भए । तीमध्ये दुई सय एक…