कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी
२७ वैशाख, चितवन । चीन सरकारको सहयोगमा निर्मित बीपी कोइराला स्मृति क्यान्सर अस्पतालको आवास गृहमा नियम विपरीत बसेका कर्मचारीहरुले आवास छाड्न अटेर गरेका छन् । अस्पताल प्रशासनले यही वैशाख १६ गते एक सूचना जारी गर्दै उनीहरुलाई तत्काल आवास छोड्न निर्देशन दिएको थियो । आपत्कालीन सेवामा परिचालन हुने चिकित्सक, परिचारक तथा परिचारिकालाई आवासको व्यवस्था गर्नु अस्पतालको दायित्व एवं प्राथमिकता भएकाले आवास खाली गर्न निर्देशन दिइएको हो । अस्पतालका भण्डार प्रमुख शिला रेग्मीका अनुसार अस्पतालमा सहायकस्तर, अधिकृतस्तर र चिकित्सकहरुका लागि छुट्टाछुटै आवासको व्यवस्था छ । सहायकस्तरका कर्मचारीका लागि १० वटा घर जहाँ ६० परिवार बस्न मिल्छ । अधिकृतस्तरका कर्मचारीका लागि ६ वटा…