कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

कोरला सडकमा पाँच वटा पुल निर्माणका लागि स्रोत सहमति

मुस्ताङ, जेठ १- उत्तर–दक्षिण जोड्ने कालीगण्डकी करिडोर (बेनी–जोमसोम–कोरला)सडक आयोजनाअन्तर्गत पाँच वटा पुल निर्माणका लागि रु ९६ करोड ८० लाख स्रोतको सहमति प्राप्त भएको छ । मालढुङ्गा–बेनी र बेनी–जोमसोम सडकखण्डमा पक्की पुल निर्माणका लागि अर्थमन्त्रालयले स्रोत सहमति दिएको हो । कोरला सडकमा बहुवर्षीय पुल निर्माणका लागि मन्त्रीस्तरीय निर्णय भएको बेनी–जोमसोम–कोरला सडक आयोजनाका आयोजना प्रमुख तेजस्वी शर्माले जानकारी दिनुभयो । आयोजनाका अनुसार कोरला सडकअन्तर्गत पर्वत–म्याग्दी जोड्ने बेनीस्थित कालीगण्डकी नदी, म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ स्थित रुप्से झरना, थासाङ–२ स्थित सुनखोला र घट्टे खोलाको बेलिब्रिज रहेको स्थान, थासाङ गाउँपालिका–टुकुचेस्थित थापाखोलाको बेलिब्रिज रहेको स्थानमा पक्की पुल निर्माणका लागि स्रोत सहमति भएको हो । पाँच वटै पुल…
Read More
कलेवर परिवर्तन सम्पन्न भएपछि सर्वसाधारणका लागि खुल्यो ऐतिहासिक जयवागेश्वरी मन्दिर

कलेवर परिवर्तन सम्पन्न भएपछि सर्वसाधारणका लागि खुल्यो ऐतिहासिक जयवागेश्वरी मन्दिर

काठमाडौँ, जेठ १ – विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रस्थित जयवागेश्वरी मन्दिरमा हरेक १२-१२ वर्षमा गरिने कलेवर परिवर्तन सम्पन्न भएपछि आजदेखि सर्वसाधारणका लागि मन्दिर खुला गरिएको छ। करिब ६ महिनादेखि बन्द रहेको मन्दिरमा कलेवर परिवर्तन कार्य सम्पन्न भएपछि पशुपतिनाथ मन्दिरका मूल भट्टबाट विशेष पूजा तथा दर्शन गरिएपछि आज देखि भक्तजनका लागि प्रवेश खुला गरिएको हो। धार्मिक तथा ऐतिहासिक महत्व बोकेको जयवागेश्वरी मन्दिरमा टाउको काटिनुअघिको गणेशको मूर्ति रहेको धार्मिक विश्वास छ। यही कारण यहाँको गणेश मूर्तिमा सूँढ नरहेको विशेषता रहेको छ। इतिहासअनुसार कलिगत संवत् ३२३२ मा निर्माण सुरु भएको मन्दिर ४७ वर्षपछि संवत् ३२७४ मा निर्माण सम्पन्न भएको उल्लेख पाइन्छ।
Read More
साताको अन्तिम दिन आज सुन तोलाको ४ हजार रुपैयाँले घट्यो

साताको अन्तिम दिन आज सुन तोलाको ४ हजार रुपैयाँले घट्यो

काठमाडौं, जेठ १ – स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा घटेको छ । सुन तोलामा रु चार हजार र चाँदी रु ३५५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला रु दुई लाख ९८ हजार ५०० र त्यति नै परिमाणको सेतो धातुको मूल्य रु पाँच हजार ३९० कायम भएको छ । हिजो बिहीबार छापावाल सुनको मोल प्रतितोला रु तीन लाख दुई हजार ५०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ७४५ मा खरिदबिक्री भएको थियो । गत बुधबार एक तोला छापावाल सुन रु तीन लाख दुई हजार २०० र चाँदी रु पाँच हजार ७१०…
Read More
सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड

काठमाडौं, जेठ १ – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता(इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२० जनालाई तालिम दिने लक्ष्य राखिएको थियो । सूचना तथा…
Read More
भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुरको अटो ग्यारेजमा युवकको हत्या, दुई जना पक्राउ

भरतपुर । चितवनको भरतपुर महानगरपालिका–७ बुद्धचोकस्थित एक अटो ग्यारेजमा कार्यरत युवकको हत्या प्रकरणमा संलग्न दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार रूपन्देही जिल्लाको सैनामैना नगरपालिका–६ निवासी ३० वर्षीय आशिष खनालमाथि गत असोज २२ गते राति करिब ११:३० बजे धारिलो हतियार प्रहार भएको थियो। गम्भीर घाइते भएका खनाललाई तत्काल उपचारका लागि भरतपुर अस्पताल लगिएको भए पनि उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाको अनुसन्धानका क्रममा नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) गैंडाकोट नगरपालिका–१७ निवासी २७ वर्षीय कृष्ण बहादुर खड्का र स्याङ्जा जिल्ला स्थायी घर भई हाल पोखरा महानगरपालिका–१५ बस्ने २८ वर्षीय सम्राट गुरुङलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको…
Read More
शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

शिक्षामन्त्रीसँग संयुक्त राष्ट्रसङ्घ नियोगका प्रतिनिधिहरूको भेटवार्ता

काठमाडौं, वैशाख २८ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलसँग संयुक्त राष्ट्रसङ्घको नेपालस्थित आवासीय संयोजक लीला पिटर्स याहिमालगायत राष्ट्रसङ्घ अन्तर्गतका अन्य नियोगहरूको प्रतिनिधिमण्डलले शिष्टाचार भेटवार्ता गरेको छ । सिंहदरबारस्थित मन्त्रालयमा सोमबार भएको भेटमा आपसी सम्बन्ध र दुई पक्षीय हितका विषयमा कुराकानी भएको छ । साथै, संयुक्त राष्ट्रसङ्घका नियोगहरुबाट नेपालको शिक्षा क्षेत्रमा रहँदै आएको सहकार्य र सहयोगका सन्दर्भमा समेत छलफल भएको छ । शिक्षामन्त्रीसँगको उक्त भेटमा संयुक्त राष्ट्रसङ्घ बाल कोष ९युनिसेफ० का निमित्त देशीय प्रतिनिधि जि हुनरा, विश्व खाद्य कार्यक्रम (डब्लुएफपी), संयुक्त राष्ट्र सङ्घीय जनसङ्ख्या कोष (युएनएफपीए), अन्तर्राष्ट्रिय आप्रवासन सङ्गठन ९आइओएम० लगायत राष्ट्रसङ्घका विभिन्न नियोगका प्रतिनिधिहरूको उपस्थिति थियो । भेटमा शिक्षामन्त्री…
Read More
मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने सरकारको नीति

काठमाडौं, वैशाख २८ – सरकारले मध्यम वर्गीय परिवारमाथिको बोझ घटाउने नीति लिएको जनाएको छ । सोमबार संसदको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै मध्यम वर्गीय परिवार माथिको बोझ घटाउने जनाएका हुन् । उनले भने,‘करका संरचनाको पुनरावलोकन गर्दै उद्यमी तथा मध्यम वर्गीय माथिको बोझ घटाइनेछ ।’ उनको अनुसार सूचना प्रविधिलाई राष्ट्रिय उद्योग घोषणा गरि एआई निर्यात प्रवद्र्धन गरिने नीति सरकारले लिएको छ । साथै, विदेशी लगानी सम्बन्धी कानुन संशोधन गरी स्वचालित मार्ग लागू गरिने पनि नीति तथा कार्यक्रममा उल्लेख छ ।त्यस्तै उनले श्रम प्रदान निर्यात सम्भावना भएका कृषि प्रशोधन पर्यटन सेवा, हलुका उत्पादन र प्रविधिमा आधारित…
Read More
सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ

काठमाडौँ, वैशाख २८- राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व तयारीस्वरुप सिंहदरबारमा पूर्वाभ्यास ९रिहर्सल० गरिएको छ । यस क्रममा सङ्घीय संसद् भवन परिसरमा उपसभामुख रुवी कुमारी र सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले स्वागतको पूर्वाभ्यास गर्नुभयो । त्यसक्रममा रिसल्ला सवारी र नेपाली सेनाको एक टुकडीले सम्मान गारत अर्पणको पूर्वअभ्यास गरेको थियो । होमपेज राजनीति राजनीति सरकारको नीति कार्यक्रम आजः संसद् भवन परिसर झकिझकाउ Logoनारायणी अनलाइन २८ बैशाख २०८३, सोमबार facebook sharing buttontwitter sharing buttonmessenger sharing buttonsharethis sharing button ० Banner काठमाडौँ, वैशाख २८- राष्ट्रपति रामचन्द्र पौडेलले आज अपराह्न सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधनको पूर्व…
Read More
जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

जेनजी आन्दोलनको प्रतिवेदन सार्वजनिक गर्न माग गर्दै मानव अधिकार आयोग अगाडि प्रदर्शन, केही प्रदर्शनकारी पक्राउ

काठमाडौँ, वैशाख २८- जेनजी आन्दोलनसम्बन्धी राष्ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न माग गर्दै राष्ट्रिय जेनजी नागरिक अभियानले सोमबार ललितपुरस्थित राष्ट्रिय मानव अधिकार आयोगको कार्यालय अगाडि प्रदर्शन गरेको छ। हरिहर भवनमा आयोजित शान्तिपूर्ण धर्ना कार्यक्रममा सहभागीहरूले ब्यानर तथा प्लेकार्डसहित प्रदर्शन गरेका थिए। प्रदर्शनका क्रममा केही प्रदर्शनकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ |
Read More
बजेट अभावका कारण चितवनमा गत वर्षददेखि रोकिएको गैँडा गणना अब अर्को वर्ष हुने

बजेट अभावका कारण चितवनमा गत वर्षददेखि रोकिएको गैँडा गणना अब अर्को वर्ष हुने

चितवन, वैशाख २८- बजेटको अभावमा गत वर्ष रोकिएको दुर्लभ एकसिङ्गे गैँडाको गणना यस वर्ष पनि नहुने भएको छ । हरेक चार वर्षमा हुँदै आएको गैँडाको गणना यस वर्ष बाघको गणना परेकाले गर्न नसकिएको हो । विभागको वन्यजन्तुको सर्वेक्षणसँग सम्बन्धित प्राविधिक समितिको बैठकले आनुवंशिक विधिबाट गैँडा गणना गर्न आवश्यक ‘प्रोटोकल’ बनाउने निर्णय गरेको छ । समितिका संयोजक एवं विभागका वरिष्ठ इकोलोजिष्ट हरिभद्र आचार्यले प्रोटोकल तयार गर्नका लागि छलफल सुरु भइसकेको जानकारी दिनुभयो । आनुवंशिक विधिबाट गणना गर्दा जनशक्ति परिचालन गरी गैँडाको गोबर ९मल० सङ्कलन गरेर प्रयोगशालामा डिएनए परीक्षणबाट सङ्ख्या र लिङ्ग पहिचान गर्ने गरिन्छ । एउटा गैँडा र अर्कोको गोबरको ‘जेनेटिक…
Read More