चितवन, भदौ ३०-
नेपाल नाई ट्रेड युनियन चितवनको अध्यक्षमा रिजन ठाकुर निर्वाचित भएका छन् । मंगलबार भरतपुरमा भएको जिल्ला अधिवेशनले रिजनको नेतृत्वमा १३ सदस्य नयाँ कार्यसमिति चयन गरेको हो ।
यस्तै उपाध्यक्षमा सन्तोष ठाकुर, सचिवमा मनोज ठाकुर, कोषाध्यक्षमा राम विलास ठाकुर र सहसचिवमा धर्मजित पासवान चयन हुनुभएको छ । यसैगरी सदस्यमा शिचन ठाकुर, बिजुली ठाकुर, असोक ठाकुर, अजय ठाकुर, सतेयम ठाकुर र रामअयोध्य ठाकुर चयन भएको जिल्ला सचिव मनोज ठाकुरले जानाकारी दिए । यस्तै सल्लाहाकारमा सुरेश ठाकुर, मनोज ठाकुर, जितेन्द्र ठाकुर र मुना ठाकुर चयन भएको बताइएको छ ।
अधिवेशनको उद्घाटन सत्रमा बोल्दै नेपाल नाई ट्रेड युनियनका केन्द्रीय अध्यक्ष गजेन्द्र ठाकुरले नाइहरुको पेसा संकटमा पर्दै गएको बताए । ‘हाम्रो पुर्खौली पेसा कपाल काट्ने हो । अहिले सबै जातिले अपनाइरहेका छन् । यसले गर्दा हाम्रो पेसा संकटमा पर्दै गएको छ’–उनले भने । उनले ठाकुर जाति पिछडा वर्गका व्यक्ति भएकाले सैलुन सम्बन्धी नयाँ नयाँ सीप सिकेर यस पेसालाई मर्यादित बनाउनुपर्ने समेत बताए । नवनियूक्त अध्यक्ष रिजन ढकालले चितवन जिल्लामा शैलुनका दररेटलाई एकरुपता कायम गर्न अनुरोध गरेका छन् ।