सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

सरकारले गरिब होइन, गरिबी भगाउने नीति लिनुपर्छः सांसद विष्णुमाया बिक

काठमाडौँ , जेठ ५ – नेकपा (एमाले) की सांसद विष्णुमाया बिकले सुकुम्बासी बस्तीमा डोजर चलाएर सरकारले गरिब भगाउने नीति लिएको भन्दै कडा आपत्ति जनाएकी छन्। मंगलबार प्रतिनिधिसभाको बैठकमा आकस्मिक समयमा बोल्दै उनले काभ्रेको बनेपास्थित होल्डिङ सेन्टरमा रहेका सुकुम्बासीहरूको दयनीय अवस्थाबारे सदनको ध्यानाकर्षण गराइन् । राज्य व्यवस्था तथा सुशासन समितिको तर्फबाट उक्त सेन्टरको अवलोकन भ्रमण गरेको जानकारी दिँदै सांसद बिकले त्यहाँ ११० जना सुकुम्बासी नागरिकहरू अत्यन्तै कष्टकर अवस्थामा रहेको बताइन् । ‘११० जना सुकुम्बासी नागरिक रहेको उक्त सेन्टरमा नर्सरीदेखि कक्षा १२ सम्म पढ्ने २२ जना र स्नातक तहमा अध्ययनरत ५ जना विद्यार्थीहरू छन्,’ उनले भनिन्, ‘बस्तीमा डोजर चलेदेखि उनीहरूको पढाइ पूर्ण…
Read More
प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै सांसदहरूको असन्तुष्टि

प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइमा हतार गरिएको भन्दै सांसदहरूको असन्तुष्टि

काठमाडौं, जेठ ५ – प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र उनीविरुद्ध परेका उजुरीमाथि हतारमा सुनुवाइ प्रक्रिया अगाडि बढाउन खोजिएको भन्दै विपक्षी दलका सांसदहरूले असन्तुष्टि जनाएका छन् । मंगलबार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा विपक्षी सदस्यहरूले उजुरीमाथि अध्ययन गर्ने समय पनि नदिनुका साथै प्रक्रिया पूरा नगरी सुनुवाइमा हतार गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्। बैठकमा नेकपा (माओवादी केन्द्र)का नेता एवं समिति सदस्य वर्षमान पुनले प्रक्रिया पूरा गरेर मात्र सुनुवाइ अघि बढ्नुपर्ने धारणा राखे । उनले ६ वर्ष प्रधानन्यायाधीश रहने व्यक्तिको कार्ययोजना र प्रतिबद्धता गम्भीर रूपमा अध्ययन गर्नुपर्ने बताए । उनले भने, ‘प्रस्तावित प्रधानन्यायाधीशको कार्ययोजना र प्रतिबद्धताहरू वितरण गर्ने भन्ने कुरा अनौपचारिक बैठकमा नै भएको…
Read More
मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

मानव वन्यजन्तु द्वन्द्व अन्त्य गर्न प्राविधिक समितिको कार्यदल गठन

काठमाडौँ, जेठ ५ – कृषि, वन तथा पर्यावरण मन्त्रालयले मानव वन्यजन्तु द्वन्द्व व्यवस्थापनका लागि प्राविधिक समितिको कार्यदल गठन गरेको छ । वन्यजन्तुबाट हुने क्षति नियन्त्रण, नीति तथा कार्यक्रम सुधार र स्थानीय तहमा प्रभावकारी कार्यान्वयनका लागि सो कार्यदल गठन गरिएको हो । मानव–वन्यजन्तु द्वन्द्व व्यवस्थापन विशेषज्ञसहितको १५ सदस्यीय ‘टास्क फोर्स’ गठन गरिएको छ । सो कार्यदलले वन्यजन्तुबाट हुने क्षतिको अध्ययन–अनुसन्धान, वर्तमान अवस्थाको समीक्षा तथा आवश्यक नीति र कानुन संशोधनका लागि सिफारिस गर्नेछ । सूचकका आधारमा २० वटा वडामा नमूना परियोजना छनोट गरी कार्यान्वयन, प्राविधिक सहयोग तथा अनुगमन गर्ने जिम्मेवारी पनि कार्यदललाई दिइएको छ । सङ्घ, प्रदेश र स्थानीय तहसँग समन्वय गर्दै…
Read More
प्रतिनिधिसभा बैठक सुरु

प्रतिनिधिसभा बैठक सुरु

काठमाडौँ, जेठ ५ – प्रतिनिधिसभाको बैठक सुरु भएको छ । बैठकमा सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट प्राप्त कार्यभार थपसम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउनु हुनेछ । त्यस्तै, बैठकको कार्यसूचीमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल जारी रहने र अर्थमन्त्री डा स्वर्णिम वाग्लेले जवाफ दिनुहुने कार्यसूची रहेको छ ।
Read More
अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर

अमरसिंह माविको जग्गामा बनेका घरटहरामा महानगरको डोजर

पोखरा , जेठ ५ – पोखरा महानगरपालिकाले अमरसिंह माध्यमिक विद्यालयको स्वामित्वमा रहेको जग्गामा निर्माण गरिएका अनधिकृत संरचनाहरू हटाउन डोजर परिचालन गरेको छ। मंगलवार बिहानै महानगरपालिकाको टोलीले सुरक्षाकर्मीहरूको सहयोगमा विद्यालयको जग्गा मिचेर बनाइएका घरटहराहरू भत्काएको हो। विद्यालयको जग्गामा लामो समयदेखि अवैध रूपमा विभिन्न भौतिक संरचनाहरू निर्माण गरी प्रयोग हुँदै आएका थिए। सार्वजनिक र शैक्षिक संस्थाको जग्गा संरक्षण गर्ने महानगरको नीति अनुरूप ती अनधिकृत टहराहरू हटाइएको महानगरपालिकाले जनाएको छ। संरचना भत्काउने क्रममा हुनसक्ने सम्भावित अवरोध र सुरक्षा संवेदनशीलतालाई मध्यनजर गर्दै घटनास्थलमा नेपाल प्रहरी र नगर प्रहरीको बाक्लो उपस्थिति रहेको थियो।
Read More
नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो

नेपाल बार एसोसिएसनको आकस्मिक बैठक बोलाइयो

काठमाडौं जेठ ४- विकसित घटनाक्रमबारे आफ्नो धारणा सार्वजनिक गर्न भन्दै कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनले आकस्मिक बैठक डाकेको छ । नेपाल बार एसोशिएसनका अध्यक्ष डा. विजयप्रसाद मिश्रले आकस्मिक बैठक डाकिएको जानकारी गराए । उनका अनुसार, प्रधानन्यायाधीशले जारी गरेको आदेश र त्यसको परिपालना, प्रतिनिधिसभामा केही सांसदहरुले व्यक्त गरेको धारणा लगायतका विषयमा छलफल गर्न बैठक डाकिएको हो । सोमबार कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले केही रिट एवं निवेदनहरू लामो समयदेखि रोकिएको भन्दै तत्काल तिनलाई दर्ता गर्न र मंगलबारको पेशी तोक्न न्याय प्रशासनलाई आदेश दिएकी थिइन् ।
Read More
भरतपुर महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइँदै

भरतपुर महानगरपालिका भित्रका अव्यवस्थित तार हटाइँदै

चितवन, जेठ ४- भरतपुर महानगरपालिकाभित्रका सहरी क्षेत्रमा रहेका विद्युत्का ‘पोल’हरुमा रहेका अव्यवस्थित तार हटाउन सुरु गरिएको छ । महानगरपालिका र जिल्ला प्रशासन कार्यालयसहित सेवा प्रदायक संस्थाका प्रतिनिधिहरुको उपस्थितिमा छलफल भएसँगै तार हटाउन सुरु गरिएको हो । भरतपुर महानगरपालिकाका इन्जिनियर सुरेश बोटका अनुसार इन्टरनेट प्रदायक संस्थाका कर्मचारीहरुले आफ्नो तार आफैँ व्यवस्थापन गरिरहेका छन् । आवश्यक सहयोग महानगरपालिका नगर प्रहरीहरुले गरिरहेको उहाँले जानकारी दिनुभयो । इन्जिनियर बोटले भन्नुभयो, “महानगरको अगुवाइमा अव्यवस्थित तार हटाएर पोलहरुलाई सुन्दर र व्यवस्थित गर्ने काम भइरहेको छ ।” महानगरपालिकाका कार्यवाहक प्रमुख चित्रसेन अधिकारीले स्थानीय प्रशासनसहितको बैठक पछि इन्टरनेट सेवा प्रदायकहरुलाई अव्यवस्थित रहेका तारहरु हटाउन लगाइएको बताउनुभयो । महानगरभित्र…
Read More
एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन्ः सांसद ओली

एजेन्टहरूले वैकल्पिक रुटमार्फत महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याइरहेका छन्ः सांसद ओली

काठमाडौं, जेठ ४ – राष्ट्रिय प्रजातन्त्र पार्टीकी सांसद खुस्बु ओलीले वैदेशिक रोजगारीका नाममा भइरहेको मानव बेचबिखन र अवैध एजेन्ट नेटवर्कविरुद्ध कडा कारबाही गर्न सरकारसँग माग गरेकी छन् । सोमबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले नेपाल सरकारले सन् २०१७ देखि नेपाली नागरिक, विशेषगरी महिलाहरूलाई घरेलु कामदारका रूपमा वैदेशिक रोजगारीमा जान प्रतिबन्ध लगाए पनि त्यसले समस्या समाधान गर्न नसकेको बताइन् । उनले सरकारको उद्देश्य महिलाहरूलाई शोषण र हिंसाबाट जोगाउनु भए पनि प्रतिबन्धका बाबजुद घरेलु कामदारका रूपमा विदेश जाने क्रम नरोकिएको उल्लेख गरिन् । उनका अनुसार नेपाली महिलाहरूलाई खाडी मुलुकसम्म पुर्याउन एजेन्टहरूले विभिन्न वैकल्पिक रुट प्रयोग गरिरहेका छन् । उनले भनिन्,‘नेपाल सरकारले सन्…
Read More
दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

दुर्गम गाउँका स्थानीयले पाए एकैसाथ विभिन्न विशेषज्ञ सहितको स्वास्थ्य सेवा

रामेछाप, जेठ ४- रामेछापको दुर्गम गाउँ उमाकुण्ड गाउँपालिकाका स्थानीयले एकै पटक विभिन्न विशेषज्ञ स्वास्थ्य सेवा पाएका छन् । वाग्मती प्रदेश सरकार, जनस्वास्थ्य कार्यालय रामेछापले आयोजना गरेको एकीकृत जनस्वास्थ्य शिविर तथा पोषण प्रवर्धन अभियाना कार्यक्रम अन्तर्गत सो सेवा प्रदान गरिएको हो । जिल्लाको सबैभन्दा दुर्गम गाउँपालिका उमाकुण्डको प्रीति आधारभूत अस्पताल र बाम्ती स्वास्थ्य चौकीमा आयोजना गरिएको शिविरमा करिब ८ सय जनाले सेवा लिएका जनस्वास्थ्य कार्यालय रामेछापका प्रमुख विभु झाले जानकारी दिए । शिविरमा सबै उमेर समूहका स्वास्थ्य समस्या भएका व्यक्तिहरूको एकीकृत स्वास्थ्य परीक्षण, निदान, उपचार, परामर्श र प्रेषण गरिएको थियो । जसमा आयुर्वेद स्वास्थ्य सेवा, प्रजनन् उमेर समूहका महिलाहरूको स्त्री तथा…
Read More
घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

घरजग्गा कारोबारबाट गत वैशाखमा छ अर्ब २६ करोड राजस्व सङ्कलन

काठमाडौँ, जेठ ४- घर जग्गासम्बन्धी कारोबार क्रमशः वृद्धि हुँदै पछिल्लो कारोबार र राजस्व सङ्कलनको विवरणले देखाएको छ । गत चैतको तुलनामा गत वैशाखमा राजस्व सङ्कलनमा वृद्धि भएको छ । गत चैतमा घर जग्गा कारोबारबाट कूल रु छ अर्ब १६ करोड ५७ लाख ५० हजार एक सय १७ राजस्व सङ्कलन भएकामा वैशाखमा कूल रु छ अर्ब २६ करोड ३८ लाख २९ हजार आठ सय ७३ बराबरको राजस्व सङ्कलन भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार, गत वैशाखमा सेवा करबाट रु ३४ करोड ४० लाख ६३ हजार चार सय दुई, रजिष्ट्रेशन दस्तुरबाट रु तीन अर्ब ३१ करोड ९५ लाख ५०…
Read More