न्यू स्पिडी मा.वि का विद्यार्थीले धान रोपेरै धान दिवस मनाए

न्यू स्पिडी मा.वि का विद्यार्थीले धान रोपेरै धान दिवस मनाए

न्यू स्पिडी मा.वि का विद्यार्थीले धान रोपेरै धान दिवस मनाए

 रत्ननगर, असार १५ । न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले राष्ट्रिय धान दिवस मनाएका छन् । रत्ननगर नगरपालिका वडा नं. १० कृष्ण मन्दिरमा रहेको न्यू स्पिडीका विद्यार्थीहरुले दही चिउरा खादै शनिवार असार १५ अर्थात २१औं राष्ट्रिय धान दिवस मनाएका हुन् । विद्यालयले आयोजना गरेको राष्ट्रिय धान दिवसको प्राधानाध्यापक अर्जुन वहादुर थापाले धान रोपेर सुरु गर्नुभएको थियो । धान रोप्नका लागि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा विद्यालयका शिक्षक डिल्लिराम पोखरेलले जग्गा उपलब्ध गराउनुभएको थियो । परम्परागत ज्ञान र सीपको विकास गराउने उद्देश्यले न्यू स्पिडी आवासीय माध्यमिक विद्यालयले राष्ट्रिय धान दिवस मनाएको प्राधानाध्यापक थापाले बताउनुभयो । विद्यार्थीहरुले कक्षा कोठाभित्र कितावको ज्ञान मात्रै…
Read More
इच्छाकामनाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

इच्छाकामनाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण

चितवन : जिल्लाको इच्छाकामना गाउँपालिकाले चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरेको छ । ‘चिउरी र चमेरो संरक्षण’ कार्यक्रमअन्तर्गत शुक्रबार इच्छाकामना–६ कालिखोलाका चेपाङ समुदायलाई चिउरीको बिरुवा वितरण गरिएको हो । गाउँपालिकाका अध्यक्ष दानबहादुर गुरूङले चिउरी चमेरो संरक्षण कार्यक्रमअन्तर्गत चेपाङ समुदायको बसोबास रहेको कालिखोलामा पाँच सय चिउरीका बिरुवा रोपिएको बताउनुभयो । उहाँले यस कार्यक्रमले चेपाङ समुदायको लागि आयअर्जनमा थप टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । चिउरीको बिरुवा रोप्न समुदायका युवा सक्रियरुपमा सहभागी भएका उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका कृषि शाखाका अधिकृत आशिष त्रिपाठीले कालिखोलामा चिउरीको सम्भावित क्षेत्र अध्ययन गरी चेपाङ समुदायको बसोबास रहेको ठाउँ पहिचान भएसँगै बिरुवा हस्तान्तरण गरिएको जानकारी दिनुभयो ।…
Read More
देशलाई धानमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

देशलाई धानमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ : प्रधानमन्त्री

भरतपुर (चितवन), १५ असार : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धानमा मात्र होइन खाद्यान्नमा आत्मनिर्भर बनाउन सरकार लागिपरेको छ । भरतपुर महानगरले आज यहाँ आयोजना गरेको २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव, २०८१ कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले उत्पादन लागत घटाउने र उत्पादकत्व बढाउने गरी सरकारले कृषि दशक कार्यक्रम अघि बढाएको स्पष्ट पार्नुभयो । सरकारले आगामी आर्थिक वर्षको बजेट र नीति तथा कार्यक्रममा कृषि दशक कार्यक्रम घोषणा गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले सिचाइ र बीउ एवं मल उपलब्धता गर्ने र यान्त्रिकिकरण गरेर धानमा आत्मनिर्भर हुन सकिने विश्वास व्यक्त गर्नुभयो । धानबाली देशको रणनीतिक बाली भएको उल्लेख गर्दै प्रधानमन्त्रीले तीनवटै तहको…
Read More
भरतपुरमा किसान महासंघको रोपाईँ विशेष कार्यक्रम

भरतपुरमा किसान महासंघको रोपाईँ विशेष कार्यक्रम

रत्ननगर । २१ औं राष्ट्रिय धान दिवस अबसरमा भरतपुर वडा नं ८ गौरीगञ्जमा रोपाई विशेष कार्यक्रम गरिएको छ । नेपाली काँग्रेस निकट नेपाल किसान महासंघ जिल्ला कार्यसमिति चितवनले स्थानीय जगन्नाथ कँडेलको खेलमा रोपाई विशेष कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रीय उपसभापति धनराज गुरुङ सहित पार्टीका केन्द्रीय सदस्य, प्रदेश सांसद, स्थानीय तहका जनप्रतिनिधि, पार्टीका जिल्ला स्तरका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेको उपसभापति गुरुङले उत्पादनदेखि बजारीकरण सम्म किसानले भोग्दै आएको समस्याप्रति राज्य जिम्मेबार हुनुपर्ने बताए । मलको खरिद विक्रीमा बढ्दै गएको कमिसनको खेलले मलको अभाव देखिएको बताए । मल अभाव हुनुको प्रमुख…
Read More
टी-२० विश्वकपः बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

टी-२० विश्वकपः बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा

असार ११- आईसीसी विश्वकप टी–२० क्रिकेटमा अफगानिस्तान सेमिफाइनलमा प्रवेश गरेको छ । आज भएको सुपर–८ को अन्तिम खेलमा बंगलादेशलाई ८ रनले पराजित गर्दै अफगानिस्तान सेमिफाइनलमा पुगेको हो ।अफगानिस्तानले दिएको ११६ रनको लक्ष्य पछ्याएको बंगलादेशले १७ ओभर ४ बलमा अल आउट हुदै १०५ रन बनाएको थियो । वर्षाले प्रभावित भएको खेलमा बंगलादेशले १९ ओभरमा ११४ रनको लक्ष्य पाएको थियो ।अब अफगानिस्तानले सेमिफाइनलमा दक्षिण अफ्रिकाको सामना गर्ने छ । यो खेल बिहीबार बिहान सवा ६ बजे सुरु हुनेछ । त्यस्तै अर्को सेमिफाइनलमा भारत र इंग्ल्याण्ड खेल्ने छन् । यो खेल बिहीबार राती सवा ८ बजे सुरु हुनेछ । अस्ट्रेलिया र बंगलादेश भने…
Read More
धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता

धर्म, संस्कृति, संस्कार र मौलिक सभ्यता धर्म चानचुने कुरा हैन, बरु सबैभन्दा ठुलो कुरा धर्म हो । धर्म भनेको वृक्ष हो । संसारका प्राणी र वस्तुहरू धर्ममा अडिएका हुन्छन् । धर्मको रक्षा मानिसले गर्नुपर्दछ, मानिसको रक्षा धर्मले गर्दछ । धर्म भनेको मानिसको जीवन पद्धति हो । धर्म मान्नेलाई धार्मिक मानिस भनिन्छ । धर्म थरथरीका छन् । हिन्दु, मुस्लिम, क्रिश्चियन आदि । धर्म नमान्नेलाई धर्मछाडा भन्ने प्रचलन छ । धर्म व्यक्ति वा वस्तुको मूल प्रवृत्ति हो, मानिसको स्वाभाविक गुण हो । नियमित र निर्धारित काम र व्यवहार हो । स्वर्ग प्राप्त हुन्छ भन्ने लोक विश्वासको सुकर्म पुण्य कर्म हो । लोकहितका…
Read More
आँखा गुमे पनि बाघकै संरक्षणमा जुटिरहेका भदै थारू

आँखा गुमे पनि बाघकै संरक्षणमा जुटिरहेका भदै थारू

यामकुमारी क‌ँडेल  बर्दिया । महिनौँदेखि भदै थारूले देखेको सपनाको एउटा संस्करण हो यो। सपनामा विश्वास गर्नेहरूका लागि, यसको अर्थ के हुन सक्छ भनेर उहाँले सोचिरहनुभयो । जनवरी २००४ को त्यो बिहान, ३६ वर्षीय थारू बिउँझनुभयो र आफ्नो सपनालाई जीवन्त रूपमा सम्झनुभयो । पश्चिम नेपालको गौरी महिला सामुदायिक वनमा बाघले हरिणलाई छिटो-छिटो खाइरहेको थियो। यो सपनाबारे सोच्दा उहाँलाई बेचैन बनायो उहाँलाई छिट्टै केही नराम्रो हुनेछ भन्ने लागिरहेको थियो। तर, सोही दिन उक्त सामुदायिक वनका तत्कालीन अध्यक्ष रहेका भदै  र उहाँकी श्रीमती, त्यस क्षेत्रका अन्य मानिसहरूझैँ, घर छाउने खर काट्न जङ्गल पस्नुभयो । दिउँसो कुहिरो लागेको मौसम थियो। सामुदायिक वन बाक्लो र…
Read More
सुनको मूल्य तोलामा १ हजार ७ सयले बढ्यो

सुनको मूल्य तोलामा १ हजार ७ सयले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य तोलामा रु एक हजार सात सयले वृद्धि भएको छ । लगातार उकालो लागेको सुनको मूल्यमा आजको वृद्धि पछि नयाँ कीर्तिमान कायम गरेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला बिहिबार प्रतितोला रु एक लाख ४० हजार पाँच सयमा कारोबार भएकामा आजका लागि रु एक लाख ४२ हजार दुई सय निर्धारण भएको छ । तेजाबी सुन बिहिबार रु एक लाख ३९ हजार आठ सयमा कारोबार भएकामा आजका लागि भने रु एक लाख ४१ हजार पाँच सय निर्धारण भएको छ । चाँदीको मूल्य भने तोलामा रु २५ ले ओरालो लागेको छ । बिहिबार प्रतितोला…
Read More
प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिउँ : बालेन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाहले न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेको आरोप लगाएका छन् । सामाजिक सञ्जालमार्फत उनले प्रतिशोध लिने भए विकास रोक्नेहरूसँग लिन सुझाव पनि दिएका छन् । उनले भनेका छन्–'न्युरोडमा जसले सडकमा पार्किङ गर्न पाउनु पर्छ भनेर आन्दोलन गरेका थिए, तिनैले अहिले ३ फिट फुटपाथ बढाउँदा विरोध गरिरहेका छन् । सोच्नु त, सडकमा ३ फिट भन्दा बढी ढाकेर पार्किङ गर्दा सडक सानो भएर न्युरोडको सडकमा गाडी कुद्न साँघुरो नहुने तर त्यही पार्किङले ओगट्ने ठाउँ खाली गराएर फुटपाथ बनाउँदा सडकमा गाडी कुद्नै साँघुरो हुने…
Read More
सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

सुन तस्करी प्रकरणमा थर्कमान लामा पक्राउ

१८ जेठ, काठमाडौं । ६० किलोभन्दा बढी सुन तस्करी प्रकरणमा काभ्रेका थर्कमान लामा पक्राउ परेका छन् । तेमाल गाउँपालिका घर भएका ४५ वर्षीय लामालाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले लाजिम्पाटबाट पक्राउ गरेको हो । कान्छामान भनेर समेत चिनिने थर्कमान नेपाली कांग्रेसमा आबद्ध छन् । पूर्वन्यायाधीश डिल्लीराज आचार्य अध्यक्ष रहेको सुन तस्करी जाँचबुझ आयोगको प्रतिवेदनका आधारमा सीआईबीले अहिले दोस्रो चरणको अनुसन्धान अघि बढाएको छ । लामाको भूमिका शंकास्पद देखिएपछि पक्राउ गरेर प्रहरीले अनुसन्धान अघि बढाएको सीआईबीले जनाएको छ । राजश्व अनुसन्धान विभागले २ साउनमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएर बाहिरिंदै गरेको ६० किलोभन्दा बढी सुन बरामद गरेको थियो । पछि उक्त…
Read More