मुकुल ढकाललाई रास्वपाले अन्तिम पटक स्पष्टीकरण सोध्ने

मुकुल ढकाललाई रास्वपाले अन्तिम पटक स्पष्टीकरण सोध्ने

मुकुल ढकाललाई रास्वपाले अन्तिम पटक स्पष्टीकरण सोध्ने

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निवर्तमान महामन्त्री डा. मुकुल ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने भएको छ । बुधबार पार्टी कार्यालयमा बसेको केन्द्रीय समिति बैठकले डा. ढकाललाई पार्टीबाट निष्कासन गर्नुअघि अन्तिम पटक स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । यसअघि रास्वपाले उनलाई पार्टी हितविपरीत गतिविधि गरेको भन्दै साधारण सदस्यता कायम राख्दै महामन्त्री, प्रवक्ता र केन्द्रीय सदस्यबाट हटाउने निर्णय गरेको थियो । डा. ढकालले भने कानुन अनुसार आफु अहिले पनि पार्टीको महामन्त्री र प्रवक्ता रहेको दाबी गर्दै आएका छन् भने निर्वाचन आयोगमा समेत रास्वपाको निर्णय कानुन विपरित भएको भन्दै निवेदन दिएका छन् ।
Read More
भरतपुर अस्पताललाई स्वास्थ्य बिमाको एक अर्ब ८९ करोड भुक्तानी

भरतपुर अस्पताललाई स्वास्थ्य बिमाको एक अर्ब ८९ करोड भुक्तानी

भरतपुर । स्वास्थ्य बिमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बिमा कार्यक्रम लागू भएयता रू एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । सेवा दिएबापत अस्पतालले बिमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बिमा कार्यक्रमका इन्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बिमा कार्यक्रम लागू भएको हो । पहिलो वर्ष ३२ हजार छ सय दुईपटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बिमा बोर्डबाट रू एक करोड २८ लाख ९२ हजार दुई सय…
Read More
इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

इरानमा पाकिस्तानी तीर्थयात्री चढेको बस दुर्घटना हुँदा २८ जनाको मृत्यु

तेहरान । इरानमा शिया मुस्लिम धर्मावलम्बीको धार्मिक अनुष्ठानका लागि जाँदै गरेको बस दुर्घटना हुँदा कम्तीमा २८ जना पाकिस्तानी तीर्थयात्रीको मृत्यु भएको इरानको राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । “मङ्गलबार राति ५१ जना पाकिस्तानी तीर्थयात्री चढेको एउटा बस मध्य प्रान्त याज्दको देहशिर–ताफ्ट चेकप्वाइन्ट अगाडि पल्टिएपछि आगलागी भएको सरकारी टेलिभिजनले जनाएको छ । “बुधबार विहानसम्म २८ जनाको मृत्यु भएको छ भने २३ जना घाइते भएका छन्,” विज्ञप्तिमा भनिएको छ । याज्द प्रान्तका सङ्कट व्यवस्थापन प्रमुख अलि मालेक–जादेहले घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताउँदै मृतक सङ्ख्यामा थप वृद्धि हुनसक्ने बताए । “घाइते २३ जनामध्ये छ जना अस्पतालबाट डिस्चार्ज भइसकेका छन् । अन्य ७ जनाको…
Read More
पहिरोले मुग्लिङ-काठमाडौँ सडक अवरुद्व

पहिरोले मुग्लिङ-काठमाडौँ सडक अवरुद्व

काठमाडौँ । नागढुङ्गा नजिकै पहिरो खसेपछि अहिले मुग्लिङ-काठमाडौँ सडक अवरुद्व भएको छ । झ्याप्ले खोलमा खसेको पहिरो अहिले पन्छाउने कार्य भइरहेको प्रहरीले जनाएको छ । पहिरोले सडक अवरुद्ध भएपछि दुई पाङ्ग्रे सवारी साधन खानीखोलाबाट नागढुङ्गा निस्कन सक्ने र चार पाङ्ग्रे सवारी साधन धार्केबाट सितापाईला निस्कन सकिने हुनाले धेरै सवारी साधनले बैकल्पिक मार्ग गरिरहेको प्रहरीले जनाएको छ । ठुलो पहिरो खसेकोले पहिरो पन्छाएर सडक सुचारु गर्न अझै केहि समय लाग्ने प्रहरीले बताएको छ ।
Read More
साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न सकिन्छ : प्रधानमन्त्री

साना पुँजीबाट धेरै उद्योग स्थापना गर्न सकिन्छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साना साना पुजीबाट उत्पादनवृद्धि हुने धेरै उद्योगहरु स्थापना र विस्तार गर्नुपर्ने बताएका छन् । स्टार्ट अप नेसन २०३० कार्यक्रमलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नवीन र सृजनशील सोचका साथ युवा र महिलाहरूले कामका लागि विदेश नगइ स्वदेशमै रोजगारी र आयका अवसर खोज्न सक्ने बताएका हुन् । उनले आन्तरिक उत्पादनबाट आयात विस्थापन गर्न, गरिबी घटाउन, राष्ट्रिय आत्मविश्वास वृद्धि गर्न र दिगो विकासका लक्ष्यहरु हासिल गर्न युवा उधमशीलतालाई व्यापक बनाउन जोड दिए । यस्ता उधमलाई सम्पत्ति राखेर नभई परियोजनाका आधारमा बैंकले ऋण दिनुपर्ने आग्रह गर्दै उनले केही ठग तत्वहरु सहकारीमा छिरेर समग्र सहकारीलाई बदनाम गर्न खोजे…
Read More
दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु

दाङ । दाङमा इनार सफा गर्ने क्रममा दुई जनाको मृत्यु भएको छ । तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँमा इनार सफा गर्नेक्रममा उनीहरुको मृत्यु भएको हो । मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–१३ दमारगाउँका १६ वर्षीय मुकेश विक र ३८ वर्षीय रामबहादुर नेपाली रहेका इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायव उपरीक्षक ठाकुरप्रसाद पोख्रेलले जानकारी दिए ।  बिहान करिव १० बजे दुवैजना इनारभित्र पसेका थिए । उनिहरु अचेत भएको देखेपछि स्थानीयले प्रहरीलाई खवर गरेका थिए । लगत्तै दमारगाउँ प्रहरी पोष्टबाट प्रहरी सहायक निरीक्षक आनन्द हिताङको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा पुगेको थियो । उनीहरुको उद्धारका लागि इलाका प्रहरी कार्यालय तुलसीपुरबाट प्रहरी निरीक्षक दामप्रशाद श्रेष्ठको नेतृत्वमा आठ सुरक्षाकर्मी…
Read More
सौराहामा भदौं १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने

सौराहामा भदौं १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहामा यही भदौ १० गते खानेपानी महासंघको राष्ट्रिय भेला हुने भएको छ । खानेपानी उपभोक्ता संस्थाले आर्जन गरेको मुनाफामा २५ प्रतिशत आयकर लगाउने सरकारी निर्णय र पानी वितरणमा देखिएको समस्याको बारेमा निर्णय गर्न भेलाको आयोजना गरिएको हो । सरकारका मन्त्री, सांसद, स्थानीय सरकारका प्रमुखहरुलाई भेला गरी खानेपानी संस्थाहरुले पानी वितरणमा भोग्दै आएको जटिलता दर्साउदै निर्णय फिर्ताको लागि सरकारलाई दवाव दिने उद्देश्यले भेला आयोजना गरिएको खानेपानी महासंघ चितवनका अध्यक्ष धनबहादुर गुरुङले जानकारी दिए । भेलाले सौराहा घोषणापत्र जारी गर्दै निणर्य फिर्ताको लागि दवाद दिने छ । मंगलबार रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थामा जिल्ला भित्रका खानेपानी…
Read More
रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

रत्ननगर उवासंघमा उद्योग तथा वाणिज्य कार्यालय प्रमुखलाई स्वागत

रत्ननगर । रत्ननगर उद्योग बाणिज्य संघमा उद्योग तथा वाणिज्य कार्यालय भरतपुरका कार्यालय प्रमुख बिनोद पौडेल स्वागत तथा उद्यमशिलता विकास सम्बन्धी अन्तक्र्रिया कार्यक्रम गरिएको छ । कार्यालयमा भर्खरै सरुवा भएर आएका पौडेललाई संघले एक औपचारिक कार्यक्रमको आयोजना स्वागत तथा सम्मान गरेको हो । कार्यक्रममा संघका अध्यक्ष शंकर गिरीले कार्यालय प्रमुख पौडेललाई खादा र माला लगाएर स्वागत गरेका हुन् । सो अबसरमा व्यवसायिक र उद्यमशिलता विकासको विषयमा छलफल गरिएको थियो । संघका अध्यक्ष गिरीको स्थानीय स्तरमा आर्थिक गतिविधिहरुलाई अगाडि बढाउन दुई संस्थाको समन्वयमा व्यवसायिक तालिमहरु आयोजना गर्न आग्रह गरे । रत्ननगर उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष एवम नेउवामहासंघका केन्द्रीय सदस्य अनिलकृष्ण श्रेष्ठ…
Read More
भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

भरतपुर अस्पतालमा पाठेघरको बायोप्सी निकाल्न खोज्दा महिलाको मृत्यु

भरतपुर । भरतपुर अस्पतालमा पाठेघरको मासुको टुक्रा (बायोप्सी) निकाल्न खोज्दा एक महिलाको मृत्यु भएको छ । चितवन प्रहरीका अनुसार मृत्यु हुनेमा भरतपुर १२ मुनालचोक बस्ने ३९ वर्षीया सम्झना काफ्ले ढकाल रहेकी छिन् । पाठेघरमा सिष्ट भएको भन्दै उनको अप्रेशन गरेर बायोप्सी निकाल्न लागिएको थियो । अस्पतालमा मंगलबार राति १० बजे बायोप्सी निकाल्ने क्रममा स्पाइनल एनेस्थेसिया (कम्मरभन्दा तलको भाग लठ्याउने) दिइएकी महिलाको मृत्यु भएको हो । काफ्लेका आफन्तहरुले भने पाठेघरको उपचार गर्न गएकी बिरामीको स्वास्थ्यकर्मीको लापरबाहीका कारण मृत्यु भएको आरोप लगाएका छन्।
Read More
आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानको केही उत्तर दिशातर्फ अवस्थित छ । हाल देशभर आंशिकदेखि साधारणतया बदली रहेकाले आज बाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ । विभागका अनुसार आज दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदुरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको…
Read More