भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

भरतपुरको नवजागृती सामुदायिक वनमा एक व्यक्तिको शव फेला

चितवन, २४ भदौ। भरतपुर महानगरपालिका–११ नवजागृती सामुदायिक वनमा आइतवार एक पुरुष व्यक्तिको शव फेला परेको छ । उक्त शव कालिका नगरपालिका–५ अजम्बरी टोल बस्ने वर्ष ५५ को बाबुराम परियारको भएको खुलेको छ । मृतकका छोराले शवको सनाखत गरेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता भेषराज रिजालले जानकारी दिए । जंगली जनावरको आक्रमणबाट बाबुरामको मृत्यु भएको हुनसक्ने प्रहरीको अनुमान छ । बाबुरामले जंगलमा गएर निउरो, च्याउ टिप्ने र विक्री गर्ने गर्थे । मादक पदार्थ सेवन गरिरहने उनी भदौ २२ गतेदेखि सम्पर्कविहिन भएका थिए ।
Read More
शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

शौचालयभित्र एक व्यक्ति मृत अवस्थामा फेला

चितवन,२४ भदौ । भरतपुर महानगरपालिका–६ देवनगरस्थित एउटा घरको शौचालयभित्र एक व्यक्ति मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार ६१ वर्षीय चन्द्रप्रसाद न्यौपाने आइतवार घरको शौचालयभित्र घोप्टो अवस्थामा मृत फेला परेका हुन् । घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Read More
भरतपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते

भरतपुरमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते

चितवन, २४ भदौ । भरतपुर महानगरपालिका–१९ विक्रमचोकमा स्कुटरले साइकललाई ठक्कर दिँदा चार जना घाइते भएका छन् । दुर्घटनामा परी स्कुटरमा सवार तीन जना र एक साइकलयात्री घाइते भएका हुन् । आइतवार साँझ ६ः४० बजेको समयमा ना ३७ प ७८४७ नम्बरको स्कुटरले साईकललाई ठक्कर दिएको थियो । साईकल यात्री भरतपुर–१९ बस्ने वर्ष ६८ को भिम बहादुर गुरुङ, स्कुटर चालक भरतपुर–२८ बस्ने वर्ष २३ की मेनुका भट्टराई, स्कुटरमा सवार नवलपरासी गैंडाकोट नगरपालिका–१ बस्ने वर्ष २३ की पुजा घिमिरे र उनको १८ महिनाको छोरा समिप घिमिरे घाइते भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । साइकल यात्री र स्कुटर चालकको अवस्था मध्यम…
Read More
विद्युतीय माध्यमबाट भुक्तानी गरे करको १० प्रतिशत रकम फिर्ता

विद्युतीय माध्यमबाट भुक्तानी गरे करको १० प्रतिशत रकम फिर्ता

काठमाडौं,२४ भदौ । आन्तरिक राजस्व विभागले सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी गरेमा उपभोक्तालाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत रकम फिर्ता दिने भएको छ। विभागले एक सूचना प्रकाशित गर्दै सेवा खरिदमा विद्युतीय माध्यमबाट भुक्तानी सम्बन्धी व्यवस्था उपभोक्ता, व्यवसायी तथा सरोकारवाला सबैलाई कार्यान्वयन गर्न सूचित समेत गरेको छ। विभागले भदौ २१ गते मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २५ को उपदफा (१) को खण्ड (ख) मा ‘कुनै उपभोक्ताले विभागले सूचना प्रकाशन गरी निर्धारण गरेको वस्तु तथा सेवा खरिद गर्दा त्यस्तो खरिदको मूल्य प्रचलित कानुन बमोजिम विद्युतीय माध्यमबाट भुक्तानी गरेमा निजलाई नगद प्रोत्साहन स्वरूप भुक्तानी गरेको करको १० प्रतिशत…
Read More
वीपी बिर्सेको काँग्रेस र अबको बाटो

वीपी बिर्सेको काँग्रेस र अबको बाटो

–रमेश बस्ताकोटी नेपाली काँग्रेसका सभापती शेरबहादुर देउवा वीपी भोगेका, देखेका, नजिकबाट चिनेका र जानेका नेता हुन् । उनी वीपीकै आर्दशलाई आत्मसात् गरेर वीपीकै प्रत्यक्ष अप्रत्यक्ष प्रशिक्षणमा राजनीतिमा आएका नेता हुन् । अर्थात् नेपाली काँग्रेसको वर्तमान मुख्य नेतृत्व वीपी भोगेको पुस्ताले नै गरिरहेको छ । पार्टी सभापती शेरबहादुर देउवा मात्र हैनन्, काँग्रेसमा केन्द्रदेखि वडा तह सम्म हेर्ने हो भने आजका मिति सम्म पनि वीपी भोगेका नेताहरुको संख्या उल्लेख्य छ । यसको अर्थ नेपाली काँग्रेसका सस्थापक नेता वीपी कोइराला जसको नीति,आर्दश र सिद्धान्तलाई काँग्रेसले आज सम्म पनि आफ्नो मुल मन्त्र मान्दछ, सोही अनुरुप काँग्रेसको नेतृत्व चलेको छ भनेर आम सर्वसाधारणले ठान्नु गलत…
Read More
पर्यटकीय मौसमको पखाईमा सौराहाका व्यवसायी

पर्यटकीय मौसमको पखाईमा सौराहाका व्यवसायी

चितवन। यहाँको होटल भिष्टा सौराहाका सञ्चालक रमेश सिलवाल होटलको रङ्गरोगन र सरसफाइमा व्यस्त हुनुहुन्छ । अबको एकदुई दिनमा काम सकेर पर्यटकको पर्खाइमा लाग्ने उहाँको योजना छ । कोठाभित्रको रङ्गरोगनको काम आज सक्ने तयारीमा रहनुभएका सिलवालले भन्नुभयो, “आज साँझसम्ममा रङ्गरोगनको काम सकेर टायलमा पुटिन दल्ने काम सुरु गर्दैछौँ”, उहाँले थप्नुभयो, “एकदुई दिनपछि पर्यटक बोलाउनु प-यो नि ।” बर्सातको समयमा घुम्न आउने पर्यटकको सङ्ख्या निकै कम हुने गर्दछ । केही वर्षअघि सम्म सौराहाका होटल व्यवसायीले मजदुर कर्मचारीहरुलाई यो समयमा बिदा दिने गर्दथे । सिलवालको भनाइमा आजभोलि थोरै पर्यटक भए पनि मजदुर कर्मचारी होटलमा रहने गर्दछन् । जङ्गल सफारी लजका सञ्चालक सुमन घिमिरे…
Read More
पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

पलेशालाई तेक्वान्दो सङ्घको १० लाख रुपैयाँसहित सम्मान

काठमाडौं,२४ भदौ । नेपाल तेक्वान्दो सङ्घले पेरिस पारालिम्पिक–२०२४ मा ऐतिहासिक कांस्य पदक जित्न सफल पलेशा गोबर्धनसहितको पारा तेक्वान्दो टोलीलाई नगदसहित सम्मान गरेको छ । तेक्वान्दो सङ्घले पलेशा, उनका प्रशिक्षक कविराज नेगी लामा र खेलाडी भरत सिंह महतालाई नगदसहित सम्मान गरेको हो । पलेशालाई १० लाख, लामालाई ३ लाख र भरतलाई ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा नेपाल पौडी सङ्घका अध्यक्ष जगतमान श्रेष्ठले पलेशालाई २५ हजार र भरतलाई १० हजार रुपैयाँ प्रदान गरे । तेक्वान्दो सङ्घले पारा तेक्वान्दोको विकासका लागि महत्त्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कोषाध्यक्ष एवम् सङ्घको पारा कमिटीको संयोजक कसिम मिया धोबीलाई सम्मान गरेको छ । सङ्घले…
Read More
रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

रत्ननगरमा कन्टेनरको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

चितवन,२४ भदौ । पूर्वी चितवनको रत्ननगर नगरपालिका–३ शान्ति चोकमा गएराति २ः१० बजे कन्टेनर र मोटरसाइकल आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । वीरगञ्जबाट कुखुराको दाना लोडगरी भरतपुरतर्फ आई रहेको ना ८ ख २८१८ नम्बरको कन्टेनर र विपरित दिशाबाट गई रहेको बागमती प्रदेश ०६–००३ प ४८५१ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खांदा मोटरसाइकल चालक रत्ननगर–१५ बस्ने वर्ष ३४ को जीवन मग्राती गम्भिर घाइते भएका थिए । नको बकुलहर टाँडी अस्पतालमा उपचारको क्रममा गएराति २ः४२ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । प्रहरीले कन्टेनर र कन्टेनर चालक बारा गडीमाई नगरपालिका–५ बस्ने वर्ष ३६ को श्याम सुन्दर सहनीलाई…
Read More
प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन मन्त्री भट्टराईको निर्देशन

भक्तपुर,२३ भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले साक्षरताको सूचक प्रविधिसँग जोडेर नयाँ पाठ्क्रम बनाउन निर्देशन दिनुभएको छ । आज ५८औँ अन्तर्राष्ट्रिय साक्षरता दिवसका अवसरमा भक्तपुरको सानोठिमीस्थित शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा आज आयोजित कार्यक्रममा उहाँले साक्षरताविना शिक्षा र शिक्षाविना विकास सम्भव नहुने भएकाले समयसापेक्ष यसको विकास गर्न सबै लाग्नुपर्नेमा जोड दिनुभयो । “सरकार एक्लैको प्रयासले निरक्षरता उन्मूलन हँुदैन, सबै सरोकारवालाको सहभागितामा र सहयोगमा सरकारले काम गर्छ । आफ्नै मातृभाषामा सिक्ने अवसर प्रदान गर्न सरकारले प्रतिबद्ध छ, त्यसका लागि आवश्यक नीति निर्माण र कार्यान्वयनमा लाग्नु आवश्यक छ”, मन्त्री भट्टराईले भन्नुभयो । त्यस अवसरमा उहाँले प्रौढ महिलालाई कक्षा १०…
Read More
दोस्रो चितवन गोल्डकप असोज ३ देखि, विजेताले छ लाख पाउने

दोस्रो चितवन गोल्डकप असोज ३ देखि, विजेताले छ लाख पाउने

भरतपुर । दोस्रो चितवन गोल्डकप असोज ३ गतेदेखि हुने भएको छ । भरतपुर फुटबल क्लबको आयोजनामा हुन लागेको गोल्डकपको विजेताले छ लाख र उपविजेताले तीन लाख रुपैयाँ प्राप्त गर्ने छन् । असोज ३ गतेदेखि १२ गतेसम्म हुने गोल्डकपमा ए डिभिजन र नेपाल सुपर लिग खेल्ने टिमसमेत गरी जम्मा १० वटा टिमले सहभागीता जनाउने आयोजकले जानकारी दिएको हो । आयोजक भरतपुर फुटबल क्लबले आइतवार पत्रकार सम्मेलनगरी गोल्डकपका विजेताले पाउने शिल्ड सार्वजनिक गरेको छ । गोल्डकपका खेलहरु नेपाल प्रहरी शिक्षालयको खेल मैदानमा हुने दोस्रो चितवन गोल्डकपका संयोजक धुर्व भुसालले जानकारी दिए । चितवन जिल्लाकै सर्वाधिक धनराशिको यस प्रतियोगितामा विभिन्न विधामा खेलाडीहरुलाई पुरस्कार…
Read More