राप्ती मेयर लामा विरुद्धको रिट खारेज

राप्ती मेयर लामा विरुद्धको रिट खारेज

राप्ती मेयर लामा विरुद्धको रिट खारेज

भदौ २७ गते । राप्ती नगरपालिका प्रमुख शमशेर लामाले एकलौटी रूपमा मनोमानी गरेको भन्दै उच्च अदालत पाटन शाखा हेटौंडामा परेको रिट खारेज भएको छ । प्रमुख लामाले राप्ती नगरपालिकामा मनोमानी गरेको,कार्यपालिका बैठक र हिउदे नगर सभाको माग गर्दै उच्च अदालतमा वि.सं. २०८० चैत १३ गते मुद्दा मामिला परमादेश माग गरेका थिए । यद्यपि कार्यपालिका बैठक बसि सकेको छ भने यस् आर्थिक बर्षको बजेट अधिबेशन पनि भैसकेको छ । सोही नगरपालिकाका बहुमत नगर सभा सदस्यले प्रमुख लामा विरुद्ध उच्च अदालतमा मुद्दा हालेका हुन् । मुद्दा हाल्ने पक्षले परमादेशको माग दाबी गर्न नसके पछि उच्च अदालतले रिट खारेज गरेको हो । रिट…
Read More
गठ्ठाघर दुर्घटनाः पक्राउ परेका ट्रक चालक कारागार चलान

गठ्ठाघर दुर्घटनाः पक्राउ परेका ट्रक चालक कारागार चलान

काठमाडौँ,२६ भदौ । गठ्ठाघर दुर्घटनामा पक्राउ परेका ट्रक चालकलाई कारागार चलान गरिएको छ । भक्तपुरको गठ्ठाघरमा स्कुटरलाई ठक्कर दिने ट्रक चालकलाई कारागार चलान गरिएको हो । साउन ३१ मा भएको दुर्घटनामा परेर ओखलढुंगाको चिसंखुगढी गाउँपालिका–४ घर भएका उत्तम कोइरालाले मृत्यु भएको थिए । ना६ख २१७३ नम्बरको ट्रक चालक सर्लाही घर भएका ३२ वर्षीय सतेन्द्र श्रेष्ठलाई अदालतको आदेश अनुसार पुर्पक्षका लागि कारागार चलान गरिएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी मोहनमणि अधिकारीले बताए । बा४९प ८९४४ नम्बरको स्कुटरलाई श्रेष्ठले चलाएको ट्रकले ठक्कर दिँदा कोइरालाको मृत्यु भएको थियो ।
Read More
प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

प्रतिनिधिसभाको अर्को बैठक भदौ ३० गते बस्ने

काठमाडौँ,२६ भदौ । प्रतिनिधिसभाको अर्को बैठक यही भदौ ३० गते बस्ने भएको छ । उक्त बैठक सो दिन दिउँसो १ बजे बस्नेछ । सत्तापक्ष र प्रमुख प्रतिपक्षी दलका सांसदहरुबीच ‘हिंसा’ शब्दको पक्षविपक्षमा भएका बहसले आजको बैठक स्थगित भएको छ । प्रतिनिधिसभाको यही भदौ १२ गतेको बैठकमा नेकपा ९एमाले० का सांसद योगेश भट्टराईले नेकपा (माओवादी केन्द्र) को तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा हिंसा भएको उल्लेख गर्नुभएकोे थियो । सो बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसदहरुले त्यसप्रति आपत्तिप्रकट गर्दै संसद्को रेकर्डबाट उक्त शब्द हटाउन माग गरेका थिए । सभामुख देवराज घिमिरले हिंसा शब्दका बारेमा अध्ययन गर्न सङ्घीय संसद् सचिवालयलाई निर्देशन दिनुभएको थियो ।…
Read More
दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत

दोस्रो मेयर कप व्याडमिन्टन : जिल्ला स्तरीय दसैं पछि हुने, अन्य खेला यथाबत

रत्ननगर । रत्ननगर वडा नं ३ शान्तिचोक स्थित पूर्वी चितवन स्पोसर्ट क्लवले आयोजना गरेको दोस्रो मेयर कप तथा चौँथो व्याडमिन्टन प्रतियोगिता अन्तर्गत सी लेभलको जिल्ला स्तरीय खेल दसै र तिहारको बीचमा गर्ने गरी सारिएको छ । राष्ट्रिय स्तरको अन्य छ विधाका खेल भने तोकिएकै मिति असोज १ गतेबाट सुरु हुने खेल संयोजक केबल न्यौपानेले जानकारी दिए । सी लेभलको जिल्ला स्तरीय प्रतियोगिता यही भदौं २९ र ३० गते गर्ने तयारी गरिएको थियो । जिल्ला स्तरीय प्रतियोगिताको तयारीमा जुट्दा राष्ट्रिय स्तरको खेलको तयारीमा कमजोरी हुने सम्भावनाका बीच भदौं २९ र ३० गतेको लागि तय गरिएको जिल्ला स्तरीय प्रतियोगिता सारिएको संयोजक न्यौपानेको…
Read More
‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

‘संविधान कार्यान्वयनको पहिलो दशक’ मा छलफल

लुम्बिनी,२६ भदौ । लुम्बिनी प्रदेश सरकारले संविधान दिवसका अवसरमा संविधान कार्यान्वयनको पहिलो दशकः उपलब्धि र चुनौती विषयक छलफल कार्यक्रम गर्ने भएको छ । संविधान दिवस मनाउने कार्यक्रमअन्तर्गत संविधानका विषयमा विज्ञहरूको सहभागितामा छलफल कार्यक्रम आयोजना गरिएको हो । संविधानसभाबाट नेपालको संविधान २०७२ असोज ३ गते जारी भएको ऐतिहासिक दिनलाई स्मरणीय बनाउन तीन दिनसम्म विभिन्न कार्यक्रम गरेर यो दिवस मनाउन मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा प्रदेश मूल समारोह समिति गठन भएको छ । आगामी असोज २, ३ र ४ गते प्रदेशमा विविध कार्यक्रम आयोजना गरिने छ । असोज २ गते प्रदेशस्थित सबै सरकारी कार्यालयमा राष्ट्रिय झण्डा फहराउने, कार्यालय परिसरमा सरसफाइ गर्ने, स्वास्थ्य मन्त्रालयको…
Read More
बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति

पर्वत,२६ भदौ । जिल्लाको दक्षिणी भेगमा पर्ने बेउलीवास–पूर्णगाउँ, पैँयुकोट–लुङ्खु १३ किलोमिटर सडक स्तरोन्नति प्रारम्भ भएको छ । महाशिला गाउँपालिका र पैँयु गाउँपालिकालाई राष्ट्रिय सडक सञ्जालसँग जोड्ने यो सडक स्तरोन्नतिसँगै कालोपत्र पनि गरिनेछ । प्रस्तावित पोखरा–सेतीवेणी–रिडी पर्यटकीय राजमार्गसँग जोडिने बेउलीवास–पूर्णगाउँ–पैँयुकोट–लुङ्खु सडक स्तरोन्नति र कालोपत्रको मङ्गलबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटनमन्त्री मित्रलाल बस्यालले शिलान्यास गर्नुभएको छ । उक्त सडक रु पाँच करोडको लगानीमा स्तरोन्नति थालिएको हो । बहुवर्षीय योजनामा समावेश भएको सडकका लागि गण्डकी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय र सङ्घीय सरकारको भौतिक मन्त्रालयमार्फत चालु वर्षका लागि रु एक करोड २० लाख विनियोजन भएको छ । उक्त बजेटले विभन्न ठाउँमा नाली, कल्भर्ट,…
Read More
तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

तेस्रो एनटीए लिग तेक्वान्दोमा चितवनलाई हालसम्म ६ पदक

चितवन,२६ भदौ । काठमाडौंको सातदोबाटोस्थित तेक्वान्दो संघको हलमा जारी तेस्रो एनटीए नेशनल लिग तेक्वान्दो प्रतियोगितामा चितवनले हालसम्म ६ वटा पदक जितेको छ । खैरहनी डोजांगका अभिषेक तामाङ र ग्रिस्मा थापाले पियर पुम्से १७ वर्ष तलको क्याटेगोरीमा रजत पदक ल्याएका छन् भने महिला २९ केजी तौल मुनिको प्रतिस्पर्धामा मन्जिता नेपालीले फाईट तर्फ कांस्य पदक प्राप्त गरेकी छन् भने पुरुष १७ वर्ष तलको क्याटेगोरीमा एकल पुम्सेमा अभिषेक तामाङले कांस्य पदक ल्याएका छन् । यस्तै चितवन जिल्ला तेक्वान्दो संघकै टिमबाट प्रतिनिधित्व गरेका दुई खेलाडी फाईटतर्फ सौगात सुन्दास ५५ केजी र सुजता परियार ४९ केजीतर्फ रजत पदक ल्याउन सफल भएका छन् । प्रतियोगितामा चितवनका…
Read More
काठमाडौंको पानीमा भेटियो दिसाजन्य पदार्थ कोलिफर्म

काठमाडौंको पानीमा भेटियो दिसाजन्य पदार्थ कोलिफर्म

काठमाडौं, २६ भदौ। काठमाडौँमा वितरण हुने पिउने पानीमा ‘कोलिफर्म’ भेटिएको छ । काठमाडौँ महानगरपालिकाका अनुगमन निरीक्षक डा अवधेश झाले अनुगमनका क्रममा तीन वटा कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको जानकारी दिए । मानव शरीरका लागि अत्यन्तै जोखिमयुक्त हुने ‘कोलिफर्म’ दिसाजन्य पदार्थ हो । निरीक्षक डा झाका अनुसार विभिन्न दस कम्पनीको जारका पानी परीक्षण गरिएकोमा एक्वा पिस, एक्वा टोखा र एक्वा त्रिदेव कम्पनीको जारका पानीमा कोलिफर्म भेटिएको हो । महानगरपालिकाले अनुगमनका क्रममा पानी सङ्कलन गरी परीक्षणका लागि काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) को प्रयोगशालामा पठाएको थियो । परीक्षणका क्रममा पानीमा ‘कोलिफर्म’ देखिएको हो । पानीमा ‘कोलिफर्म’ को मात्रा शून्य हुनुपर्नेमा परीक्षण गरिएका जारका पानीमा प्रतिसय मिलिलिटरमा ३०…
Read More
जग्गाको कित्ताकाट खुल्यो

जग्गाको कित्ताकाट खुल्यो

काठमाडौँ,२६ भदौ । स्थानीय तहहरूबाट जग्गाको वर्गीकरण नहुँदा रोकिएको कित्ताकाट खुलेको छ । सोमबार बसेको मन्त्रीपरिषद् बैठकले भूउपयोग (दोस्रो संशोधन) नियमावली २०८१ स्वीकृत गरेसँगै चार वर्षदेखि रोकिएको जग्गाको कित्ता कत्ताकाटको समस्या अब समाधान हुने भएको हो । स्थानीय तहले जग्गाको वर्गीकरण नगर्दा कतिपय सर्वसाधारण, मोही र तल्सिङको जग्गा छुट्याउन, जग्गा किनबेच गर्नबाट वञ्चित हुँदै आएका थिए । देशभरका ७५३ पालिकामध्ये १९३ ले मात्र जग्गा वर्गीकरण गरेका छन् । अन्य पालिकाले समयमै जग्गा वर्गीकरण गर्न नसक्दा कित्ताकाटको समस्या पटक पटक आउने गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको प्रस्तावमा मन्त्रीपरिषद्को बैठकले रोकिएको जग्गाको कित्ताकाट खुला गरेको हो ।…
Read More
पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु

पिठुवा खानेपानीमा सहलगानीमा थप पूर्वाधार निर्माण सुरु

रत्ननगर । पिठुवा खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सहलगानी आयोजना अन्तर्गत थप पूर्वाधार निर्माण सुरु गरेको छ । संस्थाको सेवा भित्रका सबै घरधुरीमा खानेपानी पुर्‍याउने लक्ष्यका साथ पिठुवा सहलगानी खानेपानी तथा सरसफाई आयोजना निर्माणको काम सुरु गरिएको संस्थाका अध्यक्ष हरिकुमार श्रेष्ठले जानकारी दिए । नेपाल सरकारको ७० प्रतिशत र संस्थाको ३० प्रतिशत गरि करिब ९ करोडको लगानीमा प्रेसर फिल्टर सहितको ४ लाख ५० हजार लिटरको खानेपानी ट्याङकी निर्माण, कम्पाउण्ड बाल, ३६ किलोमिटर पाईपलाईन विस्तार र बोरिङ निर्माण गरिने छ । खानेपानीको उक्त पूर्वाधार रत्ननगर वडा नं १६ खैरेटीमा निर्माण सुरु गरिएको संस्थाका अध्यक्ष श्रेष्ठले जानकारी दिए । सहलगनीमा सुरु भएको…
Read More