शिक्षक पाउनै मुश्किल, आठौं पटकको विज्ञापनमा बल्ल पर्यो आवेदन
काठमाडौं, ४ असोज । अछामको देवीमाडौं माध्यमिक विद्यालयले माध्यमिक तहमा गणित र विज्ञान विषयको शिक्षक पद रिक्त भएपछि नयाँ नियुक्तिका लागि सात पटकसम्म विज्ञापन गर्यो, तर आवेदन परेन। गत भदौ १९ गते आठौँपटक विज्ञापन गरेपछि बल्ल योग्यता पुगेका व्यक्तिको आवेदन पर्यो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष धनकरबहादुर साउदका अनुसार अझै छनोट कार्य सकिएको छैन। आजको गोरखापत्र दैनिकमा समाचार छ, दार्चुलाको मार्मा गाउँपालिकास्थित लटीनाथ माध्यमिक विद्यालय रस्कोटले पनि कक्षा ६ देखि ८ सम्म पढाउने अङ्ग्रेजी विषयको शिक्षक छनोट गर्न छ पटकसम्म सार्वजनिक विज्ञापन गर्नुपर्यो। पटक पटक विज्ञापन गर्दा पनि योग्य उम्मेदवारले आवेदन नदिएका कारण विद्यार्थीको पढाइ नियमित बन्न नसकेको विद्यालयको गुनासो छ। मुगुको छायानाथ रारा…