चितवन उद्योग वाणिज्य संघ र महासंघ बागमती प्रदेशबीच अन्तरक्रिया
चितवन, जेठ २६– चितवन उद्योग वाणिज्य संघले निजी क्षेत्रका समस्या, वर्तमान बजेटको प्रभाव तथा उद्योग वाणिज्य संघहरूको क्षमता अभिवृद्धिसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। नेपाल उद्योग वाणिज्य महासंघ बागमती प्रदेशका पदाधिकारीहरूको उपस्थितिमा आयोजित कार्यक्रममा निजी क्षेत्रका चुनौती, सम्भावना र आगामी रणनीतिबारे छलफल गरिएको थियो। कार्यक्रममा चितवन उद्योग वाणिज्य संघका अध्यक्ष चिरञ्जीवी सुवेदीले चितवनको आर्थिक तथा सामाजिक अवस्था र संघका भावी योजनाबारे जानकारी दिँदै निजी क्षेत्रका आवाज सम्बन्धित निकायसम्म प्रभावकारी रूपमा पुर्याउन महासंघको भूमिका महत्वपूर्ण हुने बताए। उनले बागमती प्रदेशका आर्थिक सम्भावनाहरू अझै पूर्ण रूपमा उपयोग हुन नसकेको उल्लेख गरे। संघका निवर्तमान अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका कार्यकारिणी समिति सदस्य…