बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

बालेन शाह र सुदन गुरुङविरुद्ध नेविसंघले दियो जाहेरी

नेपाल विद्यार्थी संघले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाह र हामी नेपाल संस्थाका प्रमुख सुदन गुरुङविरुद्ध जिल्ला प्रहरी परिसर ललितपुर र काठमाडौंमा किटानी जाहेरी दिएको छ । गत २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनमा नाबालक विद्यार्थीहरूलाई विद्यालय पोसाकमै जान उक्साउने, विभिन्न गतिविधि गर्ने, राष्ट्रिय सम्पदा ध्वस्त बनाएको, सरकारी तथा निजी सम्पत्तिमा लुटपाट गराएको भन्दै संघले जाहेरी दिएको हो । नेविसंघका केन्द्रीयहरू सदस्य मनिषजंग थापा, अशोक सिंह विष्ट र विजय शाहले संयुक्त रूपमा हस्ताक्षर गरेर किटानी जाहेरी दिएको नेविसंघ केन्द्रीय सदस्य अशोकसिंह विष्टले जानकारी दिए । जाहेरी दर्ता भएको २४ घण्टाभित्र अभियुक्तहरूलाई पक्राउ गरेर कारबाही गर्न पनि नेविसंघले अल्टिमेटम दिएको छ…
Read More
सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सामाजिक सञ्जालमा आतङ्क मच्चिएको छः सञ्चारमन्त्री खरेल

सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सामाजिक सञ्चालमा आतङ्क मच्चिएको बताएका छन् । प्रेस काउन्सिल नेपालका पदाधिकारीसँग कुरा गर्दै उनले सामाजिक सञ्चालको माध्यमबाट आरोप लगाउने, गालीगलौज गर्ने र तल्लोस्तरमा गालीदेखि आक्रमणसम्मका कार्य हुन थालेकाले राज्यका संरचनाहरू गम्भीर हुनुपर्ने बताए । ‘सामाजिक सञ्जालको गतिविधिले नागरिकहरू अन्यौलमा परेको महसुस भइरहेको छ । सरकारी निकायमा दर्ता, नवीकरण र सुचीकृत भएका सञ्चारमाध्यमहरूको हामीले जिम्मेवारी लिनुपर्छ । व्यक्तिगत हकमा भने अनुसन्धान गर्ने राज्य अन्य निकाय छन्, तिनले हेर्छन्,’ उनले भने, ‘विभिन्न सञ्चारमाध्यमहरू करिब २० हजारको हाराहारीमा छन् कि भनेर छलफल गरिरहेका छन् । हामीले कसरी अनुगमन, नियमन गर्ने रु र कारबाहीको दायरासम्म ल्याउने भन्ने बारेमा…
Read More
मोटरसाइकल दुर्घटनामा मृत्यु

मोटरसाइकल दुर्घटनामा मृत्यु

काठमाडौँको कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकखण्डमा बा८१प ७३५ नम्बरको मोटरसाइकिल दुर्घटनामा परी गम्भीर घाइते भएका एक जना युवाको आज बिहान मृत्यु भएको छ । मृत्यु हुनेमा सोलुखुम्बु जिल्ला घर भई हाल काठमाडौँ कपन बस्ने २५ वर्षीय पासाङ मिङ्मा शेर्पा रहेका काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “गए राति कपन पैयुटार पानी फ्याक्ट्रीस्थित सडकमा पैयुटारबाट गोकर्णेश्वरतर्फ गइरहेको उक्त मोटरसाइकल बिजुलीको पोलमा ठोक्किँदा शेर्पा गम्भीर घाइते भएका थिए । उनको काठमाडौँ मेडिकल कलेजमा उपचारका क्रममा आज बिहान मृत्यु भएको हो ।” रासस
Read More
सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

सुनको मूल्य तोलामा तीन हजारले वृद्धि

गत शुक्रबारको तुलनामा सुनको मूल्य रु तीन हजारले बढेको छ भने चाँदीको मूल्य पनि रु ४० ले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार शुक्रबार रु दुई लाख ३५ हजारमा कारोबार भएको एक तोला सुनको मोल आज रु रु तीन हजारले बढेर रु दुई लाख ३८ हजार कायम भएको छ । सोही दिन एक तोला चाँदी रु तीन हजार ८५ मा खरिदबिक्री भएकामा आज त्यति नै परिमाणको चाँदी रु तीन हजार १२५ मा किनबेच भइरहेको छ । अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुन चार हजार १६ अमेरिकी डलरमा कारोबार भइरहेको अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् ।रासस  
Read More
आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी-२० विश्वकप छनोटः नेपालले आज युएईसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया तथा ईस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सका खेल आजदेखि सुरु हुँदैछन्। नेपालले आज युनाइटेड अरब इमिरेट्स (युएई)विरुद्ध प्रतिस्पर्धा गर्दै छ। ओमानको अल अमिरेत क्रिकेट रंगशालामा यो खेल नेपाली समयानुसार अपराह्न ४ः१५ बजे सुरु हुनेछ। सुपर सिक्सको आफ्नो पहिलो खेलमै नेपालले चिरपरिचित प्रतिद्वन्द्वी युएईसँग प्रतिस्पर्धा गर्दा यस खेललाई नेपाल क्रिकेट संघ–क्यानले एल क्लासिकोको संज्ञा दिएको छ। दुबै टोलीले पछिल्लो सयम टेस्ट राष्ट्रहरूलाई हराइसकेका छन्। त्यसैले यो खेल २ अंकको लडाइँ मात्र नभई आत्मविश्वासको युद्ध हुनेछ। प्रतियोगितामा नेपाल समूह ‘बी’का दुवै खेल जित्दै सुपर–६ मा आएको हो। नेपालले समूह चरणको पहिलो खेलमा कुवेतलाई ५८ रनले हराएको थियो ।…
Read More
देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

देवघाटको विद्युतिय शवदाह गृह भरतपुर महानगरको स्वामित्वमा

चितवनको देवघाटमा निर्मित विद्युतिय शवदाह गृह भरतपुर महानगरपालिलाई हस्तान्तरण गरिएको छ । सघन शहरी तथा भवन निर्माण आयोजनाले आज (शुक्रबार) एक कार्यक्रमको आयोजना गरी भरतपुर महानगरपालिकी मेयर रेनु दाहाललाई हस्तान्तरण गरेको हो । हस्तान्तरण कार्यक्रममा बोल्दै मेयर दाहालले योजना बनाएर विद्युतिय शव दाह गृह व्यवस्थित रुपमा सञ्चालन गर्ने बताउनुभयो । भरतपुरमा सहरी विकास मन्त्रालयबाट विकास निर्माणका कामहरु धेरै भएको बताउँदै उहाँले देवघाटमा आवश्यक परेको शव दाह गृह निर्माण गरेकोमा समेत धन्यवाद  दिनुभयो । उहाँले सहरी विकास मन्त्रालयबाट भरतपुरमा ६५ किलोमिटर सडक, भरतपुरको प्रशासनिक भवन, भरतपुर अस्पतालको कुरुवा घर लगायतका विभिन्न भवन निर्माण भइरहेको समेत बताउनुभयो । भरतपुर महानगरपालिकाका उपप्रमुख चित्रसेन अधिकारीले…
Read More
प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

प्रधानमन्त्री र मैले गोली चलाउने आदेश दिएका थिएनौँ: रमेश लेखक

निवर्तमान गृहमन्त्री रमेश लेखकले गत भदौ २३ गते भएको जेनजी आन्दोलनका क्रममा आफूले सुरक्षा निकायले गोली चलाउन आदेश नदिएको बताएका छन् । कांग्रेस नेता लेखकले पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै आन्दोलनकारीमाथि गोली चलाउन तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र आफूले आदेश नदिएको बताएका हुन् । ‘दुःखद घटना भएपछि भदौ २३ गते गृहमन्त्री पदबाट मैले राजीनामा गरेको थिए । आन्दोलनका क्रममा बल प्रयोग गर्ने विषयमा प्रधानमन्त्री र गृहमन्त्रीले आदेश गरेको भन्ने विषय उठेका छन्,’ लेखकले भने, ‘यसमा प्रधानमन्त्रीज्यू र मबाट गोली प्रहारको कुनै आदेश भएको छैन ।’  
Read More
जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमण बढ्दै, देशभर ३१ जनाको मृत्यु

जापनिज इन्सेफ्लाइटिस सङ्क्रमणबाट यस वर्ष देशभर ३१ जनाको मृत्यु भइसकेको छ । नेपालमा १० वर्षको तुलनामा जापानिज इन्सेफ्लाइटिसको सङ्क्रमणबाट मुत्यु हुनेको सङ्ख्या अहिलेसम्मको सबैभन्दा धेरै रहेको स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा बालस्वास्थ्य तथा खोप शाखा प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो । जापनिज इन्सेफ्लाइटिसबाट सन् २०२४ मा २५, सन् २०२३ मा सात र सन् २०१७ मा एक जनाको मात्र निधन भएको थियो । सन् २०१८ देखि २०२२ सम्म जापानिज इन्सेफ्लाइटिसबाट कसैको पनि मृत्यु भएको थिएन । “विगत १० वर्षको तुलनामा अहिले मृत्यु हुनेको सङ्ख्या धेरै हो”, उहाँले भन्नुभयो, “मृत्यु हुनेमा खोप नलगाएका ४० वर्षभन्दा माथिका रहेका छन् ।” उहाँका…
Read More
टी-२० विश्वकप छनोटः नेपाल र जापानको खेल आज

टी-२० विश्वकप छनोटः नेपाल र जापानको खेल आज

आईसीसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटमा नेपाल र जापानबीचको खेल आज हुँदैछ। नेपाल र जापान एक खेलअगावै सुपर सिक्समा प्रवेश गरेका छन्। बिहीबार सम्पन्न समूह बीको खेलमा जापानले कुवेतलाई ५ बिकेटले स्तब्ध पारेपछि जापान र नेपाल एक खेल अगावै अघिल्लो चरणमा प्रवेश गरेका हुन्। लगातार दोस्रो हारसँगै कुवेत प्रतियोगिताबाट बाहिरिएको छ। आफ्नो पहिलो खेलमा कुवेत नेपालसँग ५८ रनले पराजित भएको थियो। अब आज हुने नेपाल र जापानबीचको खेल पछि समूह बीको विजेता र उपविजेताको टुङ्गो लाग्ने छ। समूह बीमा दुवै टोलीको समान २–२ अंक रहे पनि नेपाल नेट रन रेटमा अघि भएकाले शीर्ष स्थानमा छ।  
Read More
जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको होः शंकर पोखरेल

जेनजी हाम्रो परिचय होइन, पश्चिमाले थोपरिदिएको होः शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले कुनै एउटा पुस्ताले मात्र समाज चल्न नसक्ने बताएका छन् । भक्तपुरको गुन्डुमा आयोजित कार्यक्रममा उनले चार पुस्ताको संयोजनमा समाज चल्ने बताए । ‘समाज चलाउने भनेको कुनै पुस्ताको लहडको विषय होइन । समाज चलाउने भनेको अनेक पुस्ताहरूको समायोजन हो । पूर्वीय सभ्यताले चार पुस्ता चाहिन्छ भन्छ,’ पोखरेलले भने । पोखरेलले नेपालको परम्परा खल्बल्याउन पश्चिमाले पुस्ता विभाजन गरिदिएको बताए । ‘जेनजी हाम्रो परिचय होइन, कसैले हामीलाई थोपरिदिएको परिचय हो भन्ने बुझ्नुपर्छ,’ उनले भने, ‘हाम्रो परम्परा खल्बल्याएर पुस्ता विभाजन गर्ने पश्चिमा रणनीति भन्ने बुझ्नुपर्छ ।’  
Read More