टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

टिकट बिक्रीबाटै ५८ लाख आम्दानी

यहाँको शिवसताक्षीस्थित दूधे रङ्गशालामा आयोजित एलभिडी झापा महिला गोल्डकपमा टिकट बिक्रीबाटै रु ५८ लाख तीन हजार आम्दानी भएको छ । आयोजक समितिका अध्यक्ष सन्तोष थोप्राका अनुसार फाइनल खेलमा मात्र रु ३० लाख दुई हजार ४०० को टिकट बिक्री भएको हो । पहिलो सेमिफाइनलमा नै रु पाँच लाख ५० हजार ७०० र अन्तिम सेमिफाइनल खेलमा रु ११ लाख पाँच हजार ५०० बराबरको आम्दानी भएको आयोजकले जनाएको छ । पछिल्लो समय महिला फुटबलप्रति आकर्षण बढेका कारण पनि दर्शकको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको अध्यक्ष थोप्राले बताउनुभयो । रासस  
Read More
सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

सुनको मूल्य तोलामा ४ हजार ९०० रुपैयाँले बढ्यो

आज पनि सुनचाँदीकै मूल्य बढेको छ। गएको बिहीबार, शुक्रबार र आइतबार लगातार बढेको सुनको मूल्य आज पनि उच्च दरमा बढेको हो। सुनको मूल्य आज तोलामा ४ हजार ९०० रुपैयाँले बढेर तोलाको २ लाख ४६ हजार ४ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य हिजो तोलामा २९०० रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ कायम भएको थियो। आज चाँदीको मूल्य पनि बढेको छ।  तोलामा १०५ रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार एकसय ७० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  
Read More
‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

‘हाइटेक टनेल’ बनाउन दुई करोडभन्दा बढी अनुदान

कृषि उत्पादनलाई आधुनिकीकरण र व्यवसायीकीकरण गर्दै तरकारी उत्पादनमा गाउँपालिकालाई आत्मनिर्भर बनाउने लक्ष्यसहित पर्वतको विहादी गाउँपालिका ‘हाइटेक टनेल’खेती विस्तार अभियानमा जुटेको छ । कृषकलाई व्यावसायिक बनाउनका लागि गाउँपालिकाले ८० प्रतिशत अनुदानमा हाइटेक टनेल (आधुनिक प्रविधिबाट बेमौसमी तरकारीखेती गर्न बनाइएको संरचना) निर्माणका लागि सहकारी संस्था, कृषक समूह तथा व्यावसायिक कृषक फार्मबाट प्रस्ताव आह्वान गरेको छ । स्थानीय किसानलाई प्रविधिमैत्री खेतीतर्फ आकर्षित गर्ने उद्देश्यसहित गाउँपालिकाले चालू आर्थिक वर्षमा हाइटेक टनेल निर्माण कार्यक्रम सञ्चालन गर्न रु दुई करोड २५ लाख विनियोजन गरेको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार यो कार्यक्रमले उत्पादनमा विविधता ल्याउने, बेमौसमी सब्जी खेतीलाई निरन्तरता दिने र युवालाई कृषिमा पुनःआकर्षित गर्ने अपेक्षा…
Read More
कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन नहुने धारणा राख्नुभएको छ । कोषको आज बसेको सञ्चालक परिषद् बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्की धार्मिक संस्थामा धार्मिक व्यक्ति नै आवश्यक पर्ने भएकाले राजनीतिक कार्यकर्ता भर्ती गर्न नहुने बताउनुभयो । कोषको सम्पूर्ण काम कारबाहीको सञ्चालन तथा रेखदेख गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रीको अध्यक्षतामा पशुपति क्षेत्र विकास कोष सञ्चालक परिषद् रहने कानुनी व्यवस्था छ । प्रधानमन्त्री कार्कीले भन्नुभयो, “धार्मिक संस्थाका आफ्नै नियम र मूल्यहरु हुन्छन् । परम्परागत मान्यता र रितिथितिहरु हुन्छन् । ती हाम्रा मौलिक संस्कृति हुन् । यी मूल्य मान्यताको जगेर्ना गर्नुपर्छ । पशुपतिनाथ संसारभरिका हिन्दूको आस्था…
Read More
भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

भैरहवा अन्तरराष्ट्रिय विमानस्थल नजिकै हुँदा पनि किन भारततिर मोडिन्छन् विमान ?

शनिबार त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलको धावनमार्गमा रहेको ‘एयर फिल्ड लाइटिङ’ प्रणालीमा समस्या आउँदा उडान र अवतरण करिब साढे ५ घण्टा प्रभावित भयो । सो अवधिमा कोरियन एयरको विमान दिल्ली र फ्लाई दुबईको विमान लखनऊ डाइभर्ट भएकोे थियो । शनिबार मात्र हैन गत वर्ष वैशाख ११ गते फ्लाई दुबईको विमान त्रिभुवन विमानस्थलबाट उडान भर्ने क्रममा इन्जिनमा आगो लागे पनि विमानका पाइलटले नेपालमा तीनवटा अन्तरराष्ट्रिय विमानस्थल भए पनि यहाँ अवतरणमा चासो देखाएनन् । विमान भैरहवाकै आकाश हँुदै आफ्नो गन्तव्यतर्फ लागेको थियो । गत वर्षकै फागुन १४ गते काठमाडौँको मौसम खराब भएर भारतको नयाँ दिल्लीबाट काठमाडौँ आएको भिस्तारा एयरको विमान र दुबईबाट काठमाडौँ उडेको…
Read More
मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन छलफल

मेलम्ची खानेपानी आयोजनाको मुहान खुलाउन खानेपानी मन्त्रालय र मेलम्ची खानेपानी बाढीपीडित सङ्घर्ष समितिबीच आज पुनः छलफल भएको छ । खानेपानी मन्त्रालय र सङ्घर्ष समितिबीच विगतमा भएका सहमति कार्यान्वयन गर्ने विषयमा आज पनि पुनः छलफल भएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासले राससलाई जानकारी दिनुभयो । विसं २०८१ असोज २१ गते सङ्घर्ष समिति र तत्कालिन खानेपानी मन्त्री प्रदिप यादवबीच स्थानीय स्तरमा ऋण लिई व्यवसाय गरिरहेकाहरुले बैंक तथा वित्तिय संस्थाबाट लिएको ऋण मिनाहा गर्न तथा विद्युत् महशुल जरिवानासहितको मिनाहा गर्न सम्बन्धित निकायमा पहल गर्ने, हेलम्बु गाँउपलिकामा प्राविधिक इन्जिनियरिङ कलेज स्थापना गर्न सङ्घिय शिक्षा मन्त्रालयमार्फत हुनेगरी विशेष पहल गर्ने, हेलम्बु गाउँपालिकाका…
Read More
कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

कांग्रेस चुनावमा सहभागी हुन्छः कांग्रेस नेता सिंह

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टी आगामी निर्वाचनमा सहभागी हुने र विशेष महाधिवेशनको अहिले औचित्य नरहेको बताउनुभएको छ । आज शोभा भगवतीमा नेपाली कांग्रेसका नेता स्व गणेशमान सिंहको १११औँ जन्मजयन्तीका अवसरमा आयोजित कार्यक्रममा उहाँले नेपाली कांग्रेस लोकतान्त्रिक मूल्य र प्रणालीमा विश्वास गर्ने पार्टी भएकाले निर्वाचनबाटै जनतासामु जानुपर्ने बताउनुभएको हो । उहाँले भन्नुभयो, “नेपाली कांग्रेस लोकतान्त्रिक पार्टी हो, हामी चुनावमा सहभागी हुन्छौँ, देशको यो सङ्कट कांग्रेसले पार लगाउनेछ ।” सिंहले पछिल्ला दिनमा उठेका विशेष महाधिवेशनका मागबारे टिप्पणी गर्दै भन्नुभयो, “नियमित महाधिवेशन नजिक आइरहेको अवस्थामा विशेष महाधिवेशनको कुनै औचित्य छैन, अहिलेको प्राथमिकता देशलाई सङ्कटबाट पार लगाउने र जनताको विश्वास जित्ने हो ।”…
Read More
स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्दै कर्णाली सरकार

कर्णाली प्रदेश सरकारले प्रदेश तथा स्थानीय तहबीचको सम्बन्धलाई थप व्यवस्थित र एकरुपता ल्याउन यहाँका स्थानीय तहका जनप्रतिनिधिसँग छलफल गर्ने भएको छ । छलफल गर्न मङ्गलबार र बुधबार प्रदेश सरकारले भेला आयोजना गरेको छ । ख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको आयोजनामा वीरेन्द्रनगरमा उक्त भेला आयोजना हुन लागेको हो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव लक्ष्मीकुमार विकका अनुसार भेलामा प्रदेश र स्थानीय तहबीचको अन्तरसम्बन्ध, उनीहरुबीचको सम्बन्ध तथा सेवा प्रवाह, कर्णाली प्रदेशले योजना छनौटसम्बन्धी हाल प्रयोगमा ल्याएका अभ्यास र योजना छनोट कार्यविधिबारे छलफल तथा स्थानीय तहका कर्मचारी र राजस्व सङ्कलन तथा बाँडफाँटसम्बन्धी छलफल गरिनेछ । संविधानमा तीन तहका सरकारबीच सहकारिता, सहअस्तित्व र समन्वयका आधारमा…
Read More
धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

धनगढीस्थित इन्धन डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग

घनाबस्तीको बीचमा रहेको नेपाल आयल निगमको धनगढीस्थित सुदूरपश्चिम प्रादेशिक डिपो तत्काल स्थानान्तरणको प्रक्रिया अघि बढाउन स्थानीयले दबाब दिएका छन् । उक्त डिपो स्थानान्तरणको प्रक्रिया तत्काल अघि बढाउन स्थानीयले प्रादेशिक प्रमुख हरिदत्त जोशीलाई ज्ञापनपत्र बुझाएका हुन् । धनगढी उपमहानगरपालिका–३ चटकपुरस्थित डिपो स्थानान्तरणका लागि दुई वर्षदेखि काम भइरहेको भए पनि हालसम्म कुनै परिणाम नदेखिएपछि स्थानीय आन्दोलित भएका हुन् । शुभकामना टोल विकास संस्थाका अध्यक्ष दीर्घराज ओझाको नेतृत्वमा ज्ञापनपत्र बुझाउँदै स्थानीयले १५ दिनभित्र डिपो स्थानान्तरण प्रक्रिया अघि बढाउन माग गरेका छन् । घनाबस्तीबीचमा रहेको डिपोका कारण सुरक्षा संवेदनशीलता बढेकाले तत्काल डिपो सार्न निगम व्यवस्थापन गम्भीर हुनुपर्ने स्थानीयको भनाइ छ । “निगमको डिपोसँग जोडिएको…
Read More
आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

आज सुनचाँदीकै मूल्य बढ्यो ,कतिमा हुदैँछ कारोबार ?

नेपाली बजारमा आज सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा दुई हजार नौसय रुपैयाँ बढेर दुई लाख ४१ हजार पाँचसय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । हिजो सुनको मूल्य तोलामा चार सय रुपैयाँ बढेर दुई लाख ३८ हजार ६ सय रुपैयाँ कायम भएको थियो। गएको असोज ३१ गते सुनको मूल्य दुईलाख ५८ हजार आठसय रुपैयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा उच्च हो। आज चाँदीको मूल्य पनि बढेको छ। तोलामा ५० रुपैयाँ बढेर चाँदीको मूल्य आज तोलाको तीन हजार ६५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ।  
Read More