तीस हजार पर्यटकद्वारा महोत्सवको अवलोकन

तीस हजार पर्यटकद्वारा महोत्सवको अवलोकन

तीस हजार पर्यटकद्वारा महोत्सवको अवलोकन

भक्तपुरमा परम्परागत रूपमा माटोको भाँडा बनाउने ऐतिहासिक पोटरी स्क्वायरमा आयोजना भएको दुईदिने पोटरी स्क्वायर स्ट्रिट फेस्टिभल (सडक महोत्सव) गए राति सम्पन्न भएको छ । एकीकृत हाकुज्या प्रजापति समाजले शुक्रबारबाट सुरु गरेको महोत्सवमा दुई दिनमा विदेशी तथा स्वदेशी गरी ३० हजारभन्दा बढी पर्यटकको आगमन भएको महोत्सवका संयोजक उकेश प्रजापतिले जानकारी दिनुभयो । भक्तपुरको तालाको क्षेत्र ऐतिहासिक, सांस्कृतिक र पर्यटकीय दृष्टिकोणले महत्त्वपूर्ण ठाउँ रहेको पोटरी स्क्वायरमा माटो तथा काष्टकला, हस्तकलालगायतका विभिन्न सामान निर्माण गरेको प्रत्यक्ष अवलोकन गर्न तथा स्थानीय परिकारको स्वाद चाख्न विदेशी तथा स्वदेशी पर्यटकको घुइँचो लागेको उहाँले जानकारी दिनुभयो । भक्तपुर नगरपालिकाले विदेशी पर्यटकको मात्र भर नपरी आन्तरिक पर्यटन प्रवर्द्धनमा…
Read More
गोठमै गाईभैँसीको निःशुल्क गर्भ परीक्षण

गोठमै गाईभैँसीको निःशुल्क गर्भ परीक्षण

पूर्वखोला गाउँपालिकामा गोठमै प्राविधिकहरू पुगेर गाईभैँसीको निःशुल्क गर्भ परीक्षण गर्न थालेका छन् । गाईभैँसीमा देखापर्ने बाँझोपन न्यूनीकरण गर्न किसानका गोठमै प्राविधिकले उपचार सेवा दिन थालेका हुन् । पूर्वखोला गाउँपालिकाले हेफर इन्टरनेसनल नेपालको प्राविधिक सहयोग र समाज उत्थान सहयोगको समन्वयमा पूर्वखोला कृषि तथा पशु विकास परियोजनामार्फत गाईभैँसीमा देखिएको प्रजनन विकृति र बाँझोपन निवारण शिविर सञ्चालन गरी पशुपालक किसानलाई निःशुल्क सेवा दिएको हो । अल्ट्रासाउन्डबाट गाईभैँसीको निःशुल्क गर्भ परीक्षण हुन थालेपछि यहाँका पशुपालक किसानको ठूलो आर्थिक क्षति हुनबाट पनि जोगिएको छ । समयमै पशुको गर्भ परीक्षण हुने र समस्या थाहा पाउने भएपछि आर्थिक क्षति हुनबाट जोगिएको हो । प्रविधिले ठूलो आर्थिक क्षति…
Read More
बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

बागलुङ महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता

पछिल्ला मेला तथा महोत्सव आधुनिकमात्रै भए भन्ने गुनासोका बीच बागलुङमा जारी आठौँ बागलुङ महोत्सवमा भने स्टलहरूका केही दृश्य अलि फरक देख्न पाइन्छ । बागलुङ उद्योग वाणिज्य सङ्घको आयोजनामा यही पुस ११ गतेदेखि बागलुङ नगरपालिका–१ रामरेखामास्थित बाङ्गेचौर खेलमैदानमा बागलुङ महोत्सव चलिरहेको छ । महोत्सवमा दुई सय बढी व्यापारिक कक्ष छन् । जसमध्ये केही कक्षमा बागलुङमा उत्पादित सामग्रीले ‘मेड इन बागलुङ’को नामबाट छुट्टै प्राथमिकताका साथ स्टलहरू पाएको छ । जुन स्टललाई आयोजले निःशुल्क प्रदान गरेको छ । बागलुङमा उत्पादन भएको डाला, नाङ्ला, ठेकादेखि अल्लोका कपडासम्म महोत्सवस्थलमा देख्न सकिन्छ । घरेलु उत्पादनको बजारीकरणसँगै प्रचारप्रसारका लागि आयोजकले निःशुल्क कक्षको व्यवस्था मिलाएको बागलुङ उद्योग वाणिज्य…
Read More
तराईमा दिनभर हुस्सु, अन्यत्र कस्तो रहला आजको मौसम?

तराईमा दिनभर हुस्सु, अन्यत्र कस्तो रहला आजको मौसम?

देशभर पश्चिमी वायूको आंशिक प्रभाव रहेको छ। हाल तराईका केही स्थानहरूमा हुस्सु/कुहिरो लाग्नुका साथै गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु/कुहिरो रहनेछ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ। त्यस्तै आज राति तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु रहनेछ भने गण्डकी र कर्णाली प्रदेशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बदली रही बाँकी पहाडी तथा हिमाली भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।
Read More
भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

भियतनाममा यात्रुबाहक बस दुर्घटना, कम्तीमा ७ जनाको मृत्यु

हनोई,पुस १२ – भियतनामको उत्तरी पहाडी प्रान्त लाओ काइमा शनिबार बिहान यात्रुबाहक बस पल्टिँदा कम्तीमा सात जनाको मृत्यु भएको छ भने अन्य धेरै जना घाइते भएका छन्। भियतनाम समाचार एजेन्सीले जनाएअनुसार दुर्घटनाको समयमा बसमा १९ जना यात्रु सवार थिए। प्रारम्भिक रिपोर्ट अनुसार उद्धार टोलीले बसभित्रबाट १० जना यात्रुलाई सुरक्षित बाहिर निकाल्न सफल भएका छन्, तर केही जना अझै बसभित्र फँसेका छन्। उद्धार कार्य जारी छ र स्थानीय अधिकारीहरूले बचेका यात्रुहरूको सुरक्षामा ध्यान दिइरहेका छन्। दुर्घटना लामो ढलान सडक खण्डमा भएको बताइएको छ। प्रारम्भिक अनुमान अनुसार बसमा ब्रेक सम्बन्धी समस्या आएको हुन सक्छ, जसका कारण बस ढलानको तल्लो भागमा पल्टिएको हुन…
Read More
जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

जेनजी आन्दोलनपछि आज बालुवाटार जाँदै ओली

काठमाडौँ, पुस १२- जेनजी आन्दोलनपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पहिलोपटक आज ९पुस १२ गते० प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार जाँदै छन्। प्रधानमन्त्री सुशीला कार्कीले आज बालुवाटारमा आयोजना गर्ने तीन शीर्ष नेतासँगको छलफलका लागि ओली दिउँसो त्यहाँ पुग्ने भएका हुन्। गत भदौ २४ गते जेनजी आन्दोलन चर्किएपछि तत्कालीन प्रधानमन्त्री ओलीलाई नेपाली सेनाले आफ्नो हेलिकप्टमार्फत बालुवाटारबाट उद्धार गरेको थियो।
Read More
गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

गड्यौलाको मल बिक्रीबाट २५ लाखसम्म आम्दानी

दाङ, पुस ११- तुलसीपुर उपमहानगरपालिका–३ भट्टेका कर्णबहादुर वली गड्यौला र गड्यौलाले मल उत्पादनबाट वार्षिक रु २२ देखि २५ लाखसम्म आम्दानी गर्दै आउनुभएको छ । उहाँले गड्यौलाले मल बिक्री गरी मनग्य आम्दानी गर्न सफल हुनुभएको हो । राष्ट्रिय अनुसन्धान कार्यालयमा २८ वर्षसम्म विभिन्न पदमा सेवा गरी स्वेच्छिक अवकाश लिनुभएका वली अहिले गड्यौलापालक किसानका रूपमा स्थापित हुनुभएको छ । विसं २०७९ मा ४० किलो गड्यौला कपिलवस्तुबाट ल्याएर व्यावसायिक पालन सुरु गर्नुभएका उहाँले जिल्लास्थित कृषि ज्ञान केन्द्र घोराहीले आर्थिक वर्ष २०७९/८० सञ्चालन गरेको प्रधानमन्त्री कृषि आधुनिकीकरण कार्यक्रमअन्तर्गत भट्टे सहकारी संस्थालाई तरकारीखेती गर्नका लागि बजेट प्राप्त भएपछि अर्गानिक उत्पादनको मार्ग खोज्न थालेको बताउनुभयो ।…
Read More
तीन सय बढी जेन-जी युवा रास्वपामा प्रवेश

तीन सय बढी जेन-जी युवा रास्वपामा प्रवेश

काठमाडौं,पुस ११- विभिन्न क्षेत्रमा स्थापित तीन सय बढी मधेसी युवाहरु तथा मुस्लिम समुदायका अगुवाहरु राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपामा प्रवेश गरेका छन् । शुक्रवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रममा उहाँहरुलाई पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्याल एवं महामन्त्री कविन्द्र बुर्लाकोटीले स्वागत गर्नुभयो । केही समयअघि जेन–जी अगुवाहरु पनि पार्टी प्रवेश गर्नुभएको थियो । पछिल्लो समय नयाँ राजनीतिक दलहरुप्रति सबैको चासो बढ्दै गएको छ ।
Read More
चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

चिसोका कारण एक सातादेखि जनजीवन प्रभावित

जलेश्वर (महोत्तरी), पुस ११ – पछिल्लो एक सातायतादेखि चिसो अत्यधिक बढेसँगै जिल्ला सदरमुकाम जलेश्वरसहित मध्यवर्ती, पश्चिमवर्ती तथा दक्षिणवर्ती क्षेत्रका नागरिकको जनजीवन प्रभावित भएको छ ।भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।शीतलहर, चिसो कठ्याग्रिङ्दो हावा, हुस्सु र बाक्लो कुहिरोका कारण यही पुस ४ गतेदेखि मौसम प्रतिकूल हुँदा सर्वसाधारणका साथै पशुचौपाया, पशुपक्षी तथा बालीनाली सबै प्रभावित भएका छन् ।निरन्तरको बढ्दो जाडोका कारण यो वर्ष कुनै मानवीय क्षति नभए पनि जिल्लाको मध्यवर्ती, पश्चिमवर्ती तथा पूर्व दक्षिणवर्ती विभिन्न गाउँबस्तीका सर्वसाधारणको दैनिकी कष्टकर बनेको…
Read More
विद्यार्थी सवार जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

विद्यार्थी सवार जिप दुर्घटनामा एक जनाको मृत्यु, १६ घाइते

अर्घाखाँची, पुस ११ – भूमिकास्थान नगरपालिकामा स्थानीय जनजागृति माध्यमिक विद्यालयका विद्यार्थी सवार जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य १६ जना घाइते भएका छन् ।भूमिकास्थान नगरपालिका–१० धनचौरबाट नुवाकोट गइरहेको लु२च ५१७९ नम्बरको जिप सोही नगरपालिका–७ छिर्लिङ खोला नजिक दुर्घटना हुँदा जिप चालक भूमिकास्थान–१० धनचौरका ४५ वर्षीय रुद्रबहादुर बुढामगरको मृत्यु भएको हो ।घाइते सबैको अर्घाखाँची अस्पतालमा उपचार भइरहेको छ । भूमिकास्थान नगरपालिकाले आजदेखि आयोजना गरेको पालिकास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिन गएका विद्यार्थी सवार जिप दुर्घटना भएको हो । दुर्घटनापछि प्रतियोगिताअन्तर्गतका आजका सबै खेल स्थगन भएका गरिएका नगरपालिकाले जनाएको छ ।
Read More