गोला–मक्सुरमा अब हरेक घरमा धारो, टर्यो खानेपानीको सङ्कट
कुनै समय आधा घण्टा हिँडेर खोला छेउको कुवा पुगेर पानी ल्याउनुपर्ने बाध्यता थियो गोलबजार नगरपालिका–१ र ३ गोला–मक्सुरका बासिन्दाको । तर, अहिले चुरेफेदका घर आँगनमै धारा छ त्यो चपुत्रासहित (धारामा ढलान गरी बनाइएको आकर्षक डिजाइन) । गोला मुक्सर खानेपानी आयोजना सम्पन्न भएसँगै यहाँका ६० घरधुरी प्रत्यक्ष लाभान्वित भएका छन् । “पहिले एउटै धारामा पालो कुर्दै नुहाउनुपथ्र्यो”, स्थानीय सुनमाया विक सम्झिनुहुन्छ, “अब आआफ्नो घरमै धारा छ, न त हतार छ, न अप्ठ्यारो ।” एक घैटो पानीका लागि घण्टौ पालो कुर्नुपरेको क्षण उहाँलाई अझै ताजै लाग्छन् । जनजाति र दलित समुदायको बाहुल्यता रहेको यो बस्तीमा खानेपानीको सङ्कट नयाँ थिएन । बस्तीका अर्का…