महिला सशक्तिकरण सम्बन्धी प्रशिक्षणात्मक गोष्ठी सुरु
रत्ननगर । पूर्वी चितवनको रत्ननगरमा रेडक्रस सम्बन्धी महिला सशक्तिकरण सम्बन्धी दुई दिने प्रशिक्षणात्मक गोष्ठी सुरु भएको छ । नेपाल रेडक्रस सोसाइटी चितवन जिल्ला शाखाको आयोजना तथा नेपाल रेडक्रस सोसाइटी रत्ननगर उपशाखाको आतिथ्यमा सुरु भएको सो कार्यक्रम रत्ननगरका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । रेडक्रसमा आबद्ध महिलाहरुलाई सशक्तिकरण मार्फत सक्षम बनाउने उद्देश्यले जिल्ला स्तरीय कार्यक्रम आयोजना गरिएको रत्ननगर शाखाका कोषाध्यक्ष चन्द्रकान्त ओझाले जानकारी दिए । कार्यक्रममा जिल्ला भित्रका ४१ वटा उपशाखामा आबद्ध महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका केन्द्रीय प्रशिक्षक निता ढकाल र चिजकुमार आलेले सहजीकरण गरेका छन् । रत्ननगर उपशाखाकी कार्यबहाक सभापति अनु गौतमको अध्यक्षतामा भएको…