भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्युभरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्युभरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

भरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्युभरतपुर-१४ मा भएको दुर्घटनामा परेर एकको मृत्यु

चितवनको भरतपुर महानगरपालिका १४ मा भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बिहिबार १२ः२० बजेको समयमा भरतपुर महानगरपालिका १४ बरौजी चोकमा भरतपुरबाट बरौजीतर्फ जाँदै गरेको ना २५ प ९७४९ नम्वरको स्कुटर र विपरित दिशाबाट आउँदै गरेको बा.प्र.०६ ००२ प ७४१९ नम्वरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मोटरसाइकल चालक भरतपुर २२ पटिहानीका २६ वर्षिय कबिन महतो गितानगरबाट पटिहानीतर्फ जाँदै गरेको बा.प्र.०६-००१ क ०२०६ नम्वरको सेन्ट्रल कलेजको बसको पछाडीको टायरमा ठोक्किएर गम्भिर घाइते भएका थिए । उनको उपचारका लागि भरतपुर अस्पताल ल्याइएकोमा चिकित्सकले १ बजे मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । स्कुटर चालक भरतपुर १४…
Read More
सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !

सार्वजनिक जग्गा अतिक्रमण गर्ने जलप नेपालको मनपरीतन्त्रले स्थानीय आजित : होला त कार्वाही !

चितवन : नियम सानालाई कि ठुलालाई ! आम सर्वसाधारणको प्रश्न हुने गर्दछ ? सबैलाई समान ! तर चितवनको भरतपुरमा भने जलप नेपालको मनपरीतन्त्रले सार्वसाधारण आजित मात्र भएका छैनन्् । वन वन्यजन्तु नै प्रभावित बनेका छन् । अवैध मापदण्ड विपरित र सार्वजनिक जग्गा अतिक्रमण गरि फलामको काम गर्ने जलप नेपाल प्रालि नामक उद्योगका कारण यहाँ स्थानीय जनता आजित बनेका हुन् । यति मात्र होईन्, विश्व रामसार सूचीमा सूचिकृत बिसहजारी तालको नजिक वातावरणीय प्रभाव मुल्याकंनकै खिल्ली उडाएको छ । उद्योगको फलामजन्य पदार्थ तताउदा निकस्ने विकिरण र प्रदृषित धुवाँका कारण सर्वसाधारण आजित बनेको गुनासो छ । तर पनि कार्वाही गर्ने निकाय आर्थिक प्रलोभनमा…
Read More
रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गाको मौवाफाँटमा पक्की सडक निर्माण

रघुगङ्गा गाउँपालिकाको कार्यालय रहेको मौवाफाँटमा रु ५३ लाख खर्चेर पक्की सडक निर्माण भएको छ । मौवाफाँट चोकदेखि गाउँपालिका कार्यालयसम्म पुग्ने २९१ मिटर सडकलाई छदेखि आठ मिटर चौडा बनाएर ढलान गरिएको छ । रघुगङ्गा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीका अनुसार पानीको निकासका निम्ति नालीका साथै सडकको सुरक्षाका लागि टेवा पर्खाल निर्माण भएको छ । पक्की सडक बनेपछि स्थानीय हर्षित छन् । ढल व्यवस्थापन गर्न नौ वटा ह्युमपाइप बिछ्याइएका छन् भने २२५ मिटर पक्की नाला र पर्खाल पनि निर्माण गरिएको छ । रासस
Read More
भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ जडान

भरतपुरको २१० किलोमिटर सडकमा ‘स्मार्ट बत्ती’ जडान

भरतपुर महानगरपालिका क्षेत्रको २१० किलोमिटर सडकमा स्मार्ट बत्ती जडान गरिएको छ । दुई चरणमा गरेर मुख्य चोकमा १६ वटा ‘हाइमास्ट’ र ७५ वटा ‘मिनमास्ट’ बत्ती जडान गरिएको महानगरले जनाएको छ । महानगरपालिकाले ‘उज्यालो सहर भरतपुर’ अभियानअन्तर्गत नेपाल विद्युत् प्राधिकरणसँगको सहकार्यमा राजमार्ग र भित्री सडकमा छ हजार बत्ती जडान गरिएको महानगर प्रमुख रेनु दाहालले जानकारी दिनुभयो । उहाँका अनुसार राजमार्ग, सहायक राजमार्ग, पहुँच लिङ्क सडक, वडा सिमाना सडक, रणनीतिक महत्त्व र चहलपहल बढी हुने सडकमा बत्ती जडान गरिएको हो । दुई चरणमा गरेर रु ३५ करोडको लागतमा बत्ती जडान गरिएका हुन् । आन्तरिक तथा बाह्य पर्यटकलाई रात्रिकालीन सुरक्षाको अनुभूति दिलाउन ‘उज्यालो…
Read More
बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

बालबालिकालाई विद्यालयमा दैनिक एक गिलास दूध वितरण

म्याग्दीको मङ्गला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ । बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मङ्गला गाउँपालिकाले नमुना घोषणा गरेको छ । ‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रम अन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिनुभयो । मङ्गला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन । दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु.१५ का दरले अनुदान उपलब्ध गराउँछ । उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा रु. ११ लाख ५० हजार बजेट बिनियोजन गरेको छ…
Read More
सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो

सिमरामा फेरि तनावः प्रहरी र जेनजी समूहबीच झडप भएपछि पुनः कर्फ्यू लगाइयो

बाराको सिमरामा आज पनि तनाब उत्पन्न भएको छ । बुधबारको घटनालाई लिएर आज (बिहीबार) फेरि तनाब बढेको हो । आज पनि जेनजी समूह र प्रहरीबीच झडपको स्थिति आएको बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले जानकारी दिए । उनका अनुसार जेनजीका समूहले राजमार्ग बन्द गरेपछि खुलाउन गएका प्रहरीसँग झडप भएको थियो । स्थिति तनाबग्रस्त भएपछि सिमरामा फेरि कर्फ्यू आदेश जारी गरिएको छ । स्थिति थप बिग्रिन नदिन सीमित क्षेत्रमा कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारी मिश्रले बताए । तर, बुधबारको तुलनामा कर्फ्यू सीमित क्षेत्रमा मात्रै कर्फ्यू आदेश जारी गरेको उनको भनाइ छ । बुधबार एमाले बाराले आयोजना गरेको मधेश प्रदेशस्तरीय जनजागरण सभालाई…
Read More
नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैंक लिमिटेडद्वारा दुनैमा ‘एटिएम’ सेवा आरम्भ

नेपाल बैंक लिमिटेडले डोल्पा सदरमुकाम दुनै बजारस्थित आफ्नो शाखा कार्यालयमा ‘एटिएम’ सेवा थालनी गरेको छ । बैकको ८९ औँ वार्षिकोत्सवका अवसरमा आज दुनैमा आयोजित कार्यक्रममा बैंकका कर्णाली प्रदेश प्रमुख दिनेशप्रसाद पौडेलले सो सेवाको शुभारम्भ गर्नुहुँदै स्थानीयसेवाग्राही र आन्तरिक पर्यटकलाई बंैकिङ सेवा सहज होस् भन्ने ध्येयले एटिएम सेवा सञ्चालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “सूचना प्रविधिका युगमा डोल्पाका नागरिक र काठमाडौँका नागरिकले समान सेवा पाउनुपर्छ भन्ने बैंकको उद्देश्य रहेको छ । ” डोल्पा शाखाले २०३२ सालदेखि सेवा प्रदान गर्दै आएको छ । सहायक प्रमुख जिल्ला अधिकारी रमेश पौडेले डोल्पाका बैंकमा एटिएम छैन भन्ने युगको अन्त्य भएको भनाइ राख्नुभयो । ठूलीभेरी…
Read More
दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

दमौली–केशवटार खण्ड चक्रपथका रूपमा विकास हुँदै

जिल्ला सदरमुकाम दमौलीबाट १४ किलोमिटर दूरीमा पर्ने व्यास नगरपालिका–१४ केशवटार जाने मार्गलाई स्तरोन्नति गरी चक्रपथ (रिङ्गरोड)का रूपमा विकास गर्न थालिएको छ । गण्डकी प्रदेश सरकारबाट चालु आर्थिक वर्षमा नाला निर्माण, सडक विस्तार र कालोपत्रेका लागि रु तीन करोड ५० लाख बजेट विनियोजन भएपछि उक्त खण्डमा अहिले तीव्रताका साथ काम भइरहेको छ । दमौली–केशवटार, धरमपानी, बन्दीपुर हुँदै पृथ्वीराजमार्गको डुम्रे बजारसँग जोडेर चक्रपथका रूपमा विकास गर्न लालिगएको व्यास–१४ का कार्यवाहक वडाध्यक्ष दुर्गा आलेले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “यस खण्डमा पर्ने १४ किमीमध्ये हालसम्म सात किमी सडक कालोपत्र भइसकेको छ ।” उक्त विनियोजित बजेटले यस वर्ष एक किमी कालोपत्र गरेपछि छ किमी…
Read More
आज देशभरको मौसम सफा रहने

आज देशभरको मौसम सफा रहने

हाल देशभर कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । कोशी प्रदेशका हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।त्यसैगरी, आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मुख्यतया मौसम सफा रहनेछ । आज काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम २१ देखि २३ डिग्री सेल्सियसका बीच रहने छ । आज बिहान ५ः४५ बजे यहाँको न्यूनतम तापक्रम १० डिग्री सेल्सियस मापन गरिएको थियो ।
Read More
नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

नारायणी पुलमा मंसिर ५ र ६ गते राति ५ घण्टा गाडी चलाउन रोक

मंसिर ५ र ६ गते नारायणगढस्थित नारायणी पुलमा राति ५ घण्टा यातायात संचालनमा रोक लगाइने भएको छ । सडक विभागले बुधबार साँझ सूचना जारी गरेर गैंडाकोट र नारायणगढ बिचमा रहेको नारायणी नदीको पुलमा पुग्ने (एप्रोच रोड) कालोपत्रे गर्ने कामका लागि दुई दिन राति ११ बजेदेखि बिहान ४ बजेसम्म सबै यातायातका साधन सञ्चालनमा रोक लगाउने जनाएको छ । विभागले ती दुई दिन पूर्वबाट नारायणगढ हुँदै बुटवलतर्फ जाने गाडी रामनगर क्षेत्रमा र बुटवल कावासोती हुँदै नारायणगढतर्फ जाने गाडी थुम्सी क्षेत्रमा रोकिने सूचनामा उल्लेख छ । महेन्द्र राजमार्ग फराकिलो बनाइरहेको चिनियाँ ठेकेदार कम्पनीले नारायणगढ र गैंडाकोटको बिचमा रहेको नारायणी नदी किनारको सडक (गैंडाकोट…
Read More