नारायणीको कटान नियन्त्रणमा सुस्तामै खटिए आयोजना प्रमुख
नवलपरासी, साउन ३१- पश्चिम नवलपरासीको सुस्ता क्षेत्रमा नारायणी नदीले तटबन्धको माथिल्लो भाग तीव्र रूपमा कटान गरेपछि तटीय बस्ती गम्भीर जोखिममा परेको छ। नदी नियन्त्रण तथा सम्भावित क्षति रोक्न नारायणी नदी व्यवस्थापन आयोजनाका प्रमुख डा नारायण प्रसाद सुवेदी आफैँ कार्यस्थलमा खटिएर बचाउ कार्यको नेतृत्व गरिरहेका छन्। विगत एक सातादेखि सुस्तामै डेरा जमाएर बसेका डा सुवेदीले प्राविधिक निर्देशन मात्र दिएका छैनन्, आफैँ बालुवाका बोरा भर्ने, पर्कुपाइन सेट गर्ने र पर्खाल निर्माणमा हातेमालो गरिरहेका छन्। लगातारको शारीरिक श्रमका कारण उनमा ढाडको समस्या देखिए पनि नदी कटानको गम्भीरतालाई ध्यानमा राख्दै उनले कार्यस्थल छाडेका छैनन्। आयोजना प्रमुख स्वयं फिल्डमा उत्रिएपछि स्थानीयवासी र कामदारहरूमा थप उत्साह…