चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

चितवनको माडी नगरपालिकामा जडीबुटी उद्यान बनाईदै

चितवन,जेठ २८ – चितवनको माडी नगरपालिकामा जडीबुटी पार्क (उद्यान) बनाउन थालिएको छ । डिभिजन वन कार्यालय चितवनको सहयोगमा माडी–७ मा पार्क निर्माण गर्न लागिएको हो । कार्यालयका सूचना अधिकारी देवीप्रसाद पौडेलका अनुसार पार्कमा ३०० जडीबुटीका बिरुवा रोपिने छ । पार्कमा मौवा, तेजपत्ता, अमला, बेलजस्ता जडीबुटी प्रकृतिका बिरुवा रोपिने छ । तीनदेखि पाँच मिटरको फरकमा बिरुवा रोप्ने गरी सम्झौता भई काम सुरु गरिएको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “जडीबुटी पार्कबाट उत्पादित जडीबुटीले आयुर्वेदिक औषधि निर्माणमा सहयोग पुग्ने छ ।” यसका लागि कार्यालयले रु दुई लाख बजेट विनियोजन गरेको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार माडी नगरपालिका–७ मा रहेको रेवा मध्यवर्ती…
Read More
रगतको अभाव हुन नदिन चितवनमा रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

रगतको अभाव हुन नदिन चितवनमा रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने

नारायणगढ (चितवन), जेठ २८- विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् । हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ । ब्लड…
Read More
विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु

विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयको पहिलो दिनमै ऐन निर्माणको प्रक्रिया सुरु

काठमाडौं, जेठ २८- विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले विज्ञान, प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक तयार गर्ने निर्णय गरेको बताएका छन् । बिहीबार सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी दिँदै उनले मन्त्रालय शून्य अवस्थाबाट सञ्चालन सुरु गर्नुपर्ने भएकाले आधारभूत संरचना र कानुनी व्यवस्था निर्माणलाई प्राथमिकता दिइएको बताएका हुन् । उनले लेखेका छन्, ‘पहिलो दिन चालेको कदमहरु—विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्रालयमा सबै कुरा शुन्य बाट सुरु हुँदैछ । यो मन्त्रालय चलाउन अरु मन्त्रालय जस्तो सबै कुरा तयारी अवस्थाका छैन । सर्व प्रथम विज्ञान प्रविधि तथा नवप्रवर्तन ऐन ल्याउन विधेयक बनाउने निर्णय गरियो ।’ उनले विभिन्न मन्त्रालयअन्तर्गत छरिएर सञ्चालन भइरहेका अनुसन्धान तथा…
Read More
बकुलहर रत्ननगर अस्पतालमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

बकुलहर रत्ननगर अस्पतालमा बृहत् रक्तदान कार्यक्रम सम्पन्न

चितवन,जेठ २७ – बकुलहर रत्ननगर अस्पतालमा मंगलबार बृहत् रक्तदान कार्यक्रम सम्पन्न भएको छ। सामाजिक उत्तरदायित्व तथा मानव सेवाको भावनालाई आत्मसात गर्दै आयोजित कार्यक्रममा रक्तदाताहरूको उल्लेखनीय सहभागिता रहेको थियो। अस्पतालका कार्यालय प्रमुखद्वारा उद्घाटन गरिएको कार्यक्रम बिहान ८ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन गरिएको थियो। कार्यक्रममा विभिन्न क्षेत्रका नागरिक, युवा तथा सामाजिक अभियन्ताहरूले उत्साहपूर्वक रक्तदान गरेका थिए। नेपाल रेडक्रस सोसाइटी प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुर–चितवन, ब्लड डोनर्स सोसाइटी रत्ननगर तथा अफिसियल फोटोग्राफी पार्टनर मनकामना फोटोग्राफी, टाँडी–चितवनको सहकार्यमा कार्यक्रम आयोजना गरिएको हो। ‘रक्तदान जीवनदान’ भन्ने सन्देशका साथ सम्पन्न कार्यक्रमले रगतको अभाव न्यूनीकरण गर्न सहयोग पुग्ने विश्वास लिइएको आयोजकले जनाएको छ। कार्यक्रम सफल बनाउन योगदान…
Read More
लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छः आङदेम्बे

लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भएको तथ्य दुनियाँलाई थाहा छः आङदेम्बे

काठमाडौं,जेठ २७ – नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले नेपाल–भारत सीमा विवादजस्ता संवेदनशील विषयको समाधान आवेग र उत्तेजनाबाट नभई संयमित तथा कूटनीतिक संवादमार्फत खोजिनुपर्ने बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद आङदेम्बेले वर्तमान राजनीतिक परिस्थिति असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमानको विषयमा सबै संवेदनशील हुनुपर्ने बताए । उनले भने, ‘विपक्षी ज्युहरुले आफ्नो असन्तुष्टि व्यक्त गरिरहनु भएको छ । आज वर्तमान राजनीतिक परिस्थिति असामान्य छ । दुनियाँलाई थाहा छ लिपुलेक हाम्रो हो, कालापानी हाम्रो हो, लिम्पियाधुरा हाम्रो हो । यही संसदले ती भूभागसहित नेपालको नक्सा पारित गरेको पनि दुनियाँलाई थाहा छ । यो विषयको हल उत्तेजना र आवेगले होइन, संयमित ढंगले…
Read More
प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ

प्रधानमन्त्रीको सिमा विवादसम्वन्धि धारणा लिखित रुपमा भएपनि आउनुपर्छः हर्क साम्पाङ

काठमाडौं, जेठ २७ – श्रम संस्कृति पार्टीका सांसद हर्क साम्पाङले प्रधानमन्त्री बालेनको सिमा विवादसम्वन्धि धारणा लिखितरुपमा भएपनि आउनुपर्ने बताएका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउन निरन्तरण विरोध गरिरहेको उल्लेख गर्दै जसको गल्ति उसैले सच्चाउनुपर्ने बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्रीलाई जिम्मेवारी बनाउने कुरा हो, अरु केही हैन, उहाँ यहाँ आउनै नहुने उहाँले गर्नुभएको जुन गल्ति छ त्यसलाई सच्चाउन अरु मान्छे लागिदिनुपर्ने भन्ने खालको कुरा न्यायसम्वत छैन । संविधानसम्वत पनि छैन । हामीले विधिद्धारा संसदलाई सञ्चालन गर्नुपर्ने हो या के हो ? यहाँ प्रश्न गर्न चाहान्छु। हाम्रो माग सम्वन्धित व्यक्ति जसले गल्ति गर्नुभएको हो उहाँको तहबाट नै उहाँको…
Read More
बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट

बर्डफ्लुका कारण साढे पाँच लाख कुखुरा नष्ट

कीर्तिपुर, जेठ २७ – पछिल्ला केही हप्तायतादेखि बर्डफ्लु सङ्क्रमणका कारण कुखुरा र अण्डा नष्ट गर्ने क्रम बढेको छ । हालसम्म पाँच लाख ५३ हजार ७५० कुखुरा नष्ट गरिएका छन् । यस क्रममा पीडित किसानलाई राहत रकम उपलब्ध गराउने निर्णय गरिएको छ । रोग नियन्त्रणमा खटिएको पशुसेवा विभागको टोलीले दिएको जानकारीअनुसार प्रभावित १० जिल्लामा ७२ फार्मका लेयर्स कुखुरा र स्थानीय जातका कुखुरा नष्ट गरिएका छन् । सरकारको निर्देशनअनुसार खटिएको ‘द्रुत कार्य टोली’ले कुखुरासँगै १० लाख ९०० अण्डा र दुई लाख पाँच हजार किलो कुखुराको दाना पनि नष्ट गरेको पशुसेवा विभागका वरिष्ठ पशुचिकित्सक डा नवराज श्रेष्ठले जानकारी दिनुभयो । पीडित किसानलाई ४२…
Read More
नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

नेतृत्व पाएसँगै नवप्रवर्तन मन्त्रालयले थाल्यो काम

काठमाडौं, जेठ २७ – नेतृत्व पाएसँगै नवगठित विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालयले संस्थागत र नीतिगत काम सुरू गरेको छ । नेपाल सरकारको पछिल्लो कार्यविभाजनबाट साविक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट विज्ञान तथा प्रविधि हटाएर नवप्रवर्तन थपेर विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय स्थापना भएको हो । यस मन्त्रालयमा स्वतन्त्र सांसद महावीर पुनले मङ्गलबारदेखि मन्त्रीका रूपमा जिम्मेवारी सम्हालेका छन् । मन्त्रालयका सचिवका रूपमा इञ्जिनियरिङ सेवाका प्रमिला बज्राचार्यले पनि केही दिनअघि जिम्मेवारी पाएकी थिइन् । सचिव बज्राचार्यले मन्त्रालयले सिंहदरबारस्थित साविक युवा तथा खेलकुद मन्त्रालयको कार्यालयबाट काम सुरू गरेको जानकारी दिइन्। मन्त्री पुनले नयाँ मन्त्रालयले शून्यबाट काम थाल्नुपर्ने भएकाले पदबहालीपश्चात् मन्त्रालयको सङ्गठन तथा व्यवस्थापन…
Read More
सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

सहकारी क्षेत्रको प्रवद्र्धनमा सरकार सहयोगी, हस्तक्षेपकारी होइन : सचिव भुजेल

काठमाडौं, जेठ २७ – भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवद्र्धन आवश्यक रहेको बताएका छन् । बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र त्यसको समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै सचिव भुजेलले सहकारीलाई प्रवद्र्धन गर्नुको विकल्प नभएको उल्लेख गरेका हुन् । उनले सरकारले सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताए । उनले भने, ‘यो सहकारी अर्थतन्त्रको एउटा महत्वपूर्ण अंग हो । यसलाई प्रवद्र्धन गर्नुको कुनै विकल्प छैन । सरकारले सहकारीलाई प्रवद्र्धन गर्न एउटा सहयोगीको भूमीका निर्वाह गर्ने हो, सरकारले हस्तक्षेप गर्ने होइन । त्यसकारण…
Read More
समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

समर्थन मूल्य नपाउँदा चितवनका चैते धान किसान निराश

चितवन , जेठ २७ – चितवनका चैते धान उत्पादक किसानले सरकारले तोकेको समर्थन मूल्य नपाउँदा निराश बनेका छन्। विशेषगरी पूर्वी चितवनको खैरहनीस्थित साना किसान कृषि सहकारी संस्था लिमिटेडमा आबद्ध अधिकांश किसानले धान बिक्री गर्दा समर्थन मूल्य प्राप्त गर्न सकेका छैनन्। सहकारीका अध्यक्ष रामशरण पाठकका अनुसार करिब एक हजार हेक्टर क्षेत्रफलमा उत्पादन गरिएको चैते धानले समर्थन मूल्य नपाएको हो। भरतपुर महानगरपालिका–२८ स्थित राप्ती कृषि तथा पशुपालन समूहका सचिव रञ्जीत पौडेलले समर्थन मूल्य नपाउँदा किसान आर्थिक रूपमा मारमा परेको बताए। यस वर्ष चितवनमा चैते–५, हर्दिनाथ–१, पिआर र टाइचिन जातका धान गरी करिब नौ हजार हेक्टर क्षेत्रफलमा खेती गरिएको थियो। कृषि विकास कार्यालय…
Read More