बन्दीपुरका किसान सुन्तलाखेतीप्रति आकर्षित, १० लाख कमाउन बाहिर जान नपर्ने
तनहुँको बन्दीपुर गाउँपालिका–४ स्थित रिपका किसान गणेश गुरुङले यस वर्ष रु २५ लाख मूल्यको सुन्तला बेच्दै हुनुहुन्छ । अघिल्लो वर्ष सुन्तला बेचेर उहाँले रु २२ लाख आम्दानी गर्नुभएको थियो । यसअघि ठेक्कामा दिएर सुन्तला बेच्दै आउनुभएका सुन्तला किसान गुरुङ यस वर्ष अरूलाई नदिई आफैँ सुन्तला बेच्दै हुनुहुन्छ । अहिलेसम्म रु १० लाखको सुन्तला बेचिसकेको र बगैँचामा अझै कम्तीमा रु १५ लाख सुन्तला रहेको उहाँ बताउनुहुन्छ । “यसपालि २० लाख ३६ हजारमा बगैँचाको सबै सुन्तला किन्नेगरी ठेक्कामा देऊ भन्न व्यापारी आएका थिए, मैले दिइनँ,” गुरुङले भन्नुभयो, “ठेक्कामा दिनुभन्दा आफैँले बेच्दा राम्रो होला भनी नदिने निधो गरँे ।” विसं २०५७ मा करिब…