रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

रत्ननगर खानेपानीको साधारण सभा : भूमिहिनलाई किस्ताबन्दीमा धारा

रत्ननगर । रत्ननगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थको १४औं बार्षिक साधारण सभा सोमबार गरिएको छ । रत्ननगर नगरपालिकाका मेयर प्रलाद सापकोटाले उद्घाटन गरेको कार्यक्रममा संस्थाका अध्यक्ष माधव प्रसाद अर्यालले आर्थिक बर्ष २०८०/८१ को बार्षिक प्रतिवेदन तथा आर्थिक बर्ष २०८१/८२ को प्रस्तावित कार्यक्रम प्रस्तुत गरेका थिए । सो अबसरमा उनले आगामी आर्थिक बर्षमा रातो कार्ड भएका अपाङ्गलाई निशुल्क, भूमिहिनलाई ५० प्रतिशत छुट दिई किस्ताबन्दीमा धारा जडान गर्ने व्यवस्था मिलाइएको जनाकारी दिए । आगामी आर्थिक बर्षको लागि ९ करोड ८६ लाख ६५ हजार बजेट प्रस्ताब तथा ५५० उपभोक्ता थप गर्ने लक्ष्य रहेको अध्यक्ष अर्यालले जानकारी दिए । साधारण सभाको बन्दसत्रमा सचिव प्रताप…
Read More
आजको मौसम पूर्वानुमानः पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा

आजको मौसम पूर्वानुमानः पाँच प्रदेशमा मनसुनी वायुको प्रभाव, चार प्रदेशमा मध्यम वर्षा

काठमाडौं,२१ असोज । कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मनसुनी वायुको प्रभाव रहेको छ। साथै कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको प्रभाव रहेको छ । देशको पूर्वी र मध्य भागमा भारतको पश्चिम बंगालको उत्तर भू-भाग तथा आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू(भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम मुख्यतया…
Read More
आज २०८१ साल असोज २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल असोज २१ गते सोमबार,यस्तो छ तपाईको राशिफल

चितवन,२१ असोज । मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा) आज आँटेको र ताकेको कार्य पुरा होला । ठीक समयमा सही निर्णय लिन सकिनेछ । बोलीको प्रभाव पनि बढ्नेछ । शुभकार्यको चर्चा चल्नेछ । कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो) प्रेम र मित्रताको बन्धन कसिने बेला छ । नयाँ कार्यको योजना बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । दिनको उत्तरार्ध सुखद् रहनेछ । सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे) आज सामाजिक र राजनैतिक कार्यमा बाधा आउनेछ । स्वास्थ्यमा पनि समस्या आउन सक्छ, तर अभिभावकको आशीर्वादले काम गर्नसक्छ । कन्या (टो, पा, पि,…
Read More
आश्विन शुक्ल चौथी तिथि वृद्धिः आज पनि कुष्माण्डा देवीको पूजा,आराधना गरिँदै

आश्विन शुक्ल चौथी तिथि वृद्धिः आज पनि कुष्माण्डा देवीको पूजा,आराधना गरिँदै

काठमाडौँ, २१ असोज । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज पनि आश्विन शुक्ल चौथी तिथि वृद्धि भएकाले नवरात्रमा गरिने दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा आराधना गर्नुपर्ने जनाएको छ । आज बिहान ०६ः १६ बजेसम्म चौथी तिथि रहेको समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले राससलाई जानकारी दिनुभयो । यसैले आज पनि दुर्गा पूजाको विधि अनुसार कुष्माण्डा देवीकै पूजा, आराधना गर्नुपर्ने शास्त्रीय विधि रहेको उहाँले सुनाउनुभयो । आइतबार पनि सूर्योदयकालमा चौथी तिथि थियो । आइतबार दिनरात अर्थात् ६० घडी नै चौथी तिथि रहेको थियो । घटस्थापनादेखि आज पाँचौँ दिन भए पनि तिथि वृद्धि भएकाले चौथीकै कृत्य आज पनि गर्नुपर्छ । नवदुर्गामध्येकी…
Read More
अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सको जहाजले भैरहवामा उडान अनुमति माग्यो

अन्तर्राष्ट्रिय उडान गर्ने नेपाल एयरलाइन्सको जहाजले भैरहवामा उडान अनुमति माग्यो

काठमाडौँ,२० असोज । नेपाल एयरलाइन्सले न्यारोबडी जहाजमार्फत भैरहवा उडान गर्न अनुमति मागेको छ । एयरलाइन्सले फूलपातीको दिन काठमाडौँबाट भैरहवाका लागि चार्टर्ड उडान भर्न नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको हो । प्राधिकरणका सूचना अधिकारी नेपाल एयरलाइन्सले अनुमतिका लागि पत्र पठाएको उल्लेख गर्दै यो स्वीकृतिको चरणमा रहेको बताए । ‘उहाँहरुले अक्टोबर १० (फूलपातीको दिन)का लागि चार्टर्ड उडानको अनुमति माग्नुभएको छ, त्यो स्वीकृतिको प्रक्रियामा छ,’ उनले भने । न्यारोबडी जहाजले एक पटकमा १६० जना बोक्न सक्छ । यो जहाज क्षेत्रीय अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ । अहिले नियमित रूपमा उडान हुँदै आएका जहाजको क्षमता भने ७२ सिटको हुन्छ । सडक अवरुद्ध हुँदा…
Read More
दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

दाउन्ने सडकमा ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक

नवलपरासी, २० असोज । पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने सडकखण्ड एकतर्फी सञ्चालनमा ल्याइए पनि ट्रकलगायत ठूला मालवाहक सवारीसाधन सञ्चालनमा रोक लगाइएको छ । शुक्रबार राति बर्दघाट नगरपालिका–४ स्थित दाउन्ने जंगलको खुर्सानीखोलानजिकै सडक भासिएपछि यातायात सञ्चालन हुन सकेको थिएन । सडक मर्मतपश्चात् शनिबार बिहानदेखि एकतर्फी सञ्चालनमा ल्याइएको छ । हाल यात्रुवाहक बस र साना सवारीसाधलाई मात्र आवतजावत गर्न दिइएको प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले जानकारी दिए । उनले मर्मत गरिए पनि सडक भासिने जोखिम कायमै रहेकाले ट्रक, टिपरजस्ता ठूला सवारीसाधन आवतजावत गर्न रोक लगाइएको बताए । जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ज्ञानप्रसाद फुयालले दाउन्ने सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा नरहेको र मर्मत कार्य भइरहेको…
Read More
दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

दशैंको चौथो दिनः आज कुष्माण्डाको पूजाआराधना गरिँदै

काठमाडौँ, २० असोज । नवरात्रको चौथो दिन दसैँघर वा पूजा कोठामा कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना गरिँदैछ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गापक्षको चौथो दिन कुष्माण्डाको विधिपूर्वक पूजाआराधना गर्ने शास्त्रीय विधि छ । आध्यात्मिक, आधिभौतिक र आधिदैविक यी तीन तापलाई कुष्मा भनिन्छ । नवदुर्गामध्येकी चौथो देवी कुष्माण्डाले शरणमा आएका भक्तको तीनै ताप हरिदिने भएकैले यो नामकरण भएको हो । कुष्माण्डाले सुराले भरिएका घडा तथा रगतयुक्त पात्र धारण गर्ने विभिन्न पुराणमा उल्लेख गरिएको छ । श्री दुर्गा सप्तशती (चण्डी)को देवी कवचमा भनिएको छ, ‘कुत्सितः ऊष्मा कुष्मा–त्रिविधतापयुतः संसारः, स अण्डे मांसपेश्यामुदररुपायां यस्याः सा कूष्माण्डा’ अर्थात् त्रिविध तापयुक्त संसार जसको पेटमा छ,…
Read More
एमाले रत्ननगर वडा नं १ वडा कमिटीले गरिदियाे पाण्डेकाे घरमा धारा जडान

एमाले रत्ननगर वडा नं १ वडा कमिटीले गरिदियाे पाण्डेकाे घरमा धारा जडान

रत्ननगर । नेकपा एमालेले आर्थिक अबस्था कमजाेर रहेका माेहन पाण्डेकाे घरका खानेपानीकाे धारा जडान गरिदिएकाे छ । नेकपा एमाले रत्ननगर वडा नं १ वडा कमिटीले साेही वडाकाे भक्तिनी बगैँचा निवासी पाण्डेकाे घरमा आर्थिक लगानी गरि धारा जडान गरेकाे वडा कमिटी सचिव तुलसी गिरीले जानकारी दिए । साे पार्टीले आजबाट पानी प्रयाेग गर्न मिल्ने गरि सम्पूर्ण व्यस्था मिलाएर पाण्डेकाे घरका धारा जडान गरिदिएकाे हाे । साे पर्टीकाे प्रदेश कमिटी सदस्य राजाराम रेग्मी प्रमुख अतिथि रहेकाे आपचारिक कार्यक्रममा जिल्ला कमिटी सदस्य पुष्पराज जाेशी, नगर कमिटी अध्यक्ष इश्वरी प्रसाद अर्याल लगायतकाे उपस्थिति रहेकाे थियाे । कार्यक्रम कार्यवहाक वडा कमिटी अध्यक्ष मीरा सापकाेटाकाे अध्यक्षतामा…
Read More
नारी जागरण केन्द्रको साधारण सभा : विद्यार्थीलाई छात्राबृत्ती, उद्यमीलाई सम्मान

नारी जागरण केन्द्रको साधारण सभा : विद्यार्थीलाई छात्राबृत्ती, उद्यमीलाई सम्मान

रत्ननगर । नारी जागरण केन्द्र रत्ननगरको २७औँ बार्षिक साधरण सभा शनिबार गरिएको छ। रत्ननगर नगरपालिका वडा नं ३ का वडाध्यक्ष सोहेन्द्र राज खरेल प्रमुख अतिथि रहेको सो कार्यक्रममा केन्द्रले तीन जना विद्यार्थीलाई छात्राबृत्ती वितरण तथा चार जना उद्यमी महिलाहरुलाई सम्मान गरिएको हो । केन्द्रले स्थापना गरेको छोरी शिक्षा अक्षयकोषबाट नेपाल माविमा कक्षा १२ मा अध्यायनरत सिम्रन मगर, सोही विद्यालयमा कक्षा १२ मा अध्यायनरत मुस्कान कुमारी बैठा र कक्षा ११ मा अध्यायनरत इश्वरी चौधरीलाई जनही १० हजारका दरले छात्राबृत्ती वितरण गरिएको महासचिव सरस्वती लामाले जानकारी दिइन । साधारण सभामा केन्द्रले सञ्चालन गरेको सीप मुलक तालिम लिएर उद्यमी बनेका रुपा कट्टेल, माया…
Read More
हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा

हंस बहुउद्देश्यीय सहकारीको २१ औं वार्षिक साधारण सभाको इकाई बैठक सम्पन्न, ३ करोड मुनाफा

हंस बहुउद्देश्यीय सहकारी संस्था लि.ले आफ्नो २१ औं वार्षिक साधारण सभाअन्तर्गत तीन ओटा सेवाकेन्द्रहरूको इकाई बैठक शनिबार सफलतापूर्वक सम्पन्न गरेको छ। टाँडी, विजयनगर, र जीतपुर सेवाकेन्द्रमा छुट्टाछुट्टै सम्पन्न भएका यी बैठकहरू टाँडी सेवाकेन्द्रको होटल गंगोत्री हाइवे रत्ननगरमा, विजयनगर सेवाकेन्द्रको तथास्तु पार्टी प्यालेसमा र जीतपुर सेवाकेन्द्रको संस्थाको आफ्नै भवन परिसरमा आयोजना गरिएका थिए। टाँडी सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक सन्देश पाठकको अध्यक्षतामा सम्पन्न भएको थियो। बैठकमा संस्थाका अध्यक्ष दिनेश कुमार चुकेले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए। विजयनगर सेवाकेन्द्रको बैठक संचालक सदस्य तथा सेवाकेन्द्र संयोजक ध्रुब कुमार ओझाको नेतृत्वमा सम्पन्न भयो। यस बैठकमा उपाध्यक्ष बाबुराम अधिकारी, कार्यवाहक सचिव होमनाथ सापकोटा…
Read More