साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

साफ महिला च्याम्पियनसिप : आज नेपाल र माल्दिभ्स भिड्दै

काठमाडौं,५ कात्तिक । साफ महिला च्याम्पियनसिप फुटबलमा नेपालले आज माल्दिभ्ससँग प्रतिस्पर्धा गर्दैछ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दुई टोलीबीचको खेल साँझ साढे ५ बजे हुनेछ। समूह बी मा रहेका दुबै टोलीले आ–आफ्ना एक–एक खेल खेलिसकेका छन्।नेपालले पहिलो खेलमा भुटानसँग गोलरहित बराबरीमा रोकिँदा माल्दिभ्स श्रीलंकासँग १–० ले पराजित भएको छ। समूहमा नेपालको १ अंक छ भने माल्दिभ्सअंकविहीन छ। नेपालका लागि सेमिफाइनल पुग्नका लागि आजको खेल जित्नै पर्ने दबाब छ । यही समूह अन्तरगत सोमबार दिउँसो साढे १ बजे भुटान र श्रीलंका पनि खेल्दैछन्।
Read More
आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

आज यी स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, ५ कात्तिक । नेपालको मौसम प्रणालीमा हाल देशभर पश्चिमी वायुको प्रभाव रहनुका साथै स्थानीय वायुको पनि आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ। अहिले बिहान लुम्बिनी र मधेस प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको महाशाखाले बताएको छ। त्यस्तै मधेस, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको भइरहेको छ। सोमबार दिउँसो लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदलीको अवस्था रहनेछ। बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। लुम्बिनी प्रदेशलगायत देशका पहाडी भू–भागका एक–दुई स्थानमा मेघ गर्जनरचट्याङसहित…
Read More
वडा अध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश

वडा अध्यक्षलाई कार्यवाहक दिने हर्क साम्पाङको निर्णय कार्यान्वयन नगर्न आदेश

विराटनगर, ४ कात्तिक ।​ उच्च अदालत विराटनगरले वडा अध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिने धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (साम्पाङ)को निर्णय कार्यान्वयन नगर्न आदेश दिएको छ ।​ न्यायाधीश ध्रुवराज नन्दको इजलासले आइतबार प्रमुख साम्पाङको निर्णय कार्यान्वयन नगर्न अल्पकालीन आदेश दिएको हो ।​ वैदेशिक भ्रमणमा जानुअघि प्रमुख साम्पाङले वडा नम्बर ११ का अध्यक्ष फागोलाई कार्यवाहकको जिम्मेवारी दिएका थिए । वडाअध्यक्षलाई कार्यहका दिएपछि उपप्रमुख आइन्द्रविक्रम बेघाले उच्च अदालत विराटनगरमा रिट दायर गरेका थिए । उक्त रिटमा सुनुवाइ गर्दै उच्च अदालत विराटनगर अल्पकालीन अन्तरिम आदेश दिएको हो ।
Read More
रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

रवि लामिछानेलाई ६ दिन हिरासतमा राख्न जिल्ला अदालतको अनुमति

पोखरा,४ कात्तिक । सहकारी ठगी आरोपमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई अनुसन्धानका लागि ६ दिन म्याद थप भएको छ । पोखराको सूर्यदर्शन सहकारी रकम अपचलन प्रकरणमा लामिछाने पक्राउ परेका लामिछानेलाई जिल्ला अदालत कास्कीमा आज पेश गरिएको थियो । शुक्रबार काठमाडौं वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालयबाट पक्राउ परेका लामिछानेलाई सोही दिन राति पोखरा पुर्‍याइएको थियो । शनिबार सार्वजनिक बिदा परेकाले उनलाई आजमात्रै अदालतमा पेश गरिएको थियो । उनलाई अदालतमा पेश गर्नअघि पोखराको सहिदचोकमा ठूलो संख्यामा कार्यकर्ता जम्मा भएका थिए भने राष्ट्रबैंक चोकमा सहकारी पीडित जम्मा भएका थिए । जिल्ला प्रशासन कार्यालयले सम्भावित स्थिति नियन्त्रण गर्न सहिदचोक आसपासका…
Read More
पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात

पार्टीविरुद्ध समाचार प्रसारण गर्यो भन्दै रास्वपाका कार्यकर्ताले पत्रकारमाथि गरे हातपात

काठमाडौँ,४ कात्तिक । पोखरामा रविको समर्थनमा उत्रिएका रास्वपाका कार्यकर्ताले पत्रकारमाथि हातपात गरेको भन्दै नेपाल पत्रकार महासंघले विरोध जनाएको छ । महासंघका महासचिव रोशन पुरीले विज्ञप्ति जारी गर्दै पोखरामा भइरहेको आन्दोलनको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा प्राइम टेलिभिजनका पत्रकार र क्यामेरा पर्सनमाथि आन्दोलनरत पार्टीका कार्यकर्ताले गरेको हातपात र तोडफोड गरेको उल्लेख छ । निषेधाज्ञा तोड्दै निकालिएको जुलुसको प्रत्यक्ष प्रसारण गरिरहेको अवस्थामा पार्टीका कार्यकर्ताले ‘हाम्रो पार्टीविरुद्ध समाचार प्रसारण गर्ने यही टेलिभिजन हो भन्दै प्रत्यक्ष प्रसारणमा संलग्न पत्रकारद्वय निरज तामाङ, अनिता घिमिरे र क्यामेरा पर्सन अर्जुन भण्डारीमाथि हातपात गर्नुका साथै क्यामेरा तोडफोडको प्रयास गरिएको जानकारी महासंघमा प्राप्त भएको’ विज्ञप्तिमा लेखिएको छ । ‘नागरिकलाई सुसूचित…
Read More
वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान

काठमाडौँ,४ कात्तिक । वैदेशिक रोजगार बोर्डको सफ्टवेयरमा देखिएको समस्या समाधान भइ सेवाप्रवाह सञ्चालन भएको छ । गत शुक्रबारदेखि सफ्टवेयरमा समस्या आएको र आज समस्या समाधान भइ सेवा प्रवाह सुरु भएको बोर्डका प्रवक्ता टीकाराम ढकालले जानकारी दिनुभयो । सफ्टवेयरमा समस्या आएपछि वैदेशिक रोजगारीमा गएर मृत्यु भएका तथा अङ्गभङ्ग भएका कामदार र उनीहरुका परिवारलाई प्रदान गरिने आर्थिक सहायता वितरणलगायतको काम रोकिएको थियो । प्रवक्ता ढकालले भन्नुभयो, “वैदेशिक रोजगारीमा रहेका श्रमिकका सन्तानलाई प्रदान गर्ने सफ्टवेयरमा केही दिनदेखि समस्या आएको थियो । आज समस्या समाधानपछि सेवा सुरु भइसकेको छ ।”सफ्टवेयरमा समस्या देखिएर सेवा प्रभावित भएपनि इमेल तथा भौतिक रुपमा उपस्थित भइ दिएको निवेदन भने…
Read More
आजदेखि ट्रायल पास गर्ने वित्तिकै मोबाइलमा लाइसेन्स

आजदेखि ट्रायल पास गर्ने वित्तिकै मोबाइलमा लाइसेन्स

काठमाडौं, ४ कात्तिक । आजदेखि सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को ट्रायल पास गरेपछि चालकको मोबाइलमै लाइसेन्स आउने भएको छ। नौ वर्षदेखि माग अनुसार कार्ड छपाइ हुन नसकेर वर्षौं कुर्नुपर्ने समस्या भएपछि सरकारले तत्कालका लागि आजदेखि नागरिक एपमार्फत मोबाइलमै डिजिटल लाइसेन्स पठाउने भएको हो। आइतबार औपचारिक कार्यक्रम गरी बागमती प्रदेशमा नागरिक एपबाट डिजिटल लाइसेन्स वितरण गर्न लागिएको बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले जनाएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार आफ्नो फेसबुकमार्फत अब लाइसेन्स कार्ड आवश्यक नपर्ने व्यवस्था गरिएको बताएका थिए। लाइसेन्स छपाइ नहुँदा परेको समस्याको अन्त्य भएको चर्चा गर्दै उनले लेखेका थिए। ‘भोलिदेखि बागमती प्रदेश यातायात व्यवस्था कार्यालयबाट परीक्षणका रूपमा…
Read More
सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

सभापति लामिछानेलाई आज अदालतमा उपस्थित गराइँदै

पोखरा,४ कात्तिक । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वउपप्रधान तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई आइतबार कास्की जिल्ला अदालतमा उपस्थित गराइने भएको छ । प्रहरीले म्याद थपका लागि उनलाई अदालतमा उपस्थित गराउन लागेको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी वसन्तकुमार शर्माले पूरक मुद्दाका लागि अनुसन्धान अगाडि बढाएको बताए । ‘हामीले पूरक मुद्दा लैजान अनुसन्धान अगाडि बढाएका हौं । यसअघि पक्राउ परेका छविलाल जोशीसँगै जोडेर लैजाने हो,’ उनले भने । जोशीको बयान सकिएको उनले जानकारी दिए । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले शुक्रबार काठमाडौंबाट लामिछानेलाई पक्राउ गरेको थियो । उनलाई स्थलमार्ग हुँदै शनिबार बिहान पौन ३ बजे पोखरा…
Read More
आज २०८१ साल कात्तिक ४ गते आइतबार,यस्तो छ तपाईको राशिफल

आज २०८१ साल कात्तिक ४ गते आइतबार,यस्तो छ तपाईको राशिफल

मेष : दिन राम्रो छ। आजको प्रयासबाट आम्दानी सहज बन्नेछ। राज्यका कुनै पनि अंगबाट तपाईंले सोचेको काम बन्नेछ। तपाईंले विरोधी ठान्नुभएकाले मित्रवत व्यवहार गर्नेछन्। परिवारले साथ दिनेछ। दिन रमाइलोसँग बित्ने योग देखिन्छ। वृष : आफ्नै राशिमा चन्द्रमा र बृहस्पति पुगेका छन्। मनमा हुने शंका निवारण गर्ने क्षमता प्राप्त हुनेछ। शिक्षामा गरेको लगानीबाट फाइदा हुनेछ। परिवारमा भने तपाईं शंकाको घेरामा हुनुहुन्छ। मिथुन : आफ्नै कारणले मन दुःखी हुनेछ। पुरानो रोगले सताउने भएकाले औषधी नियमित गर्नु राम्रो हुनेछ। गुरुसँगको संगतले मन शान्त हुनेछ। धन खर्च हुने दिन भएकाले खर्च गर्दा सचेत बन्नु राम्रो हुनेछ। कर्कट : साथीहरुप्रति उदार भाव आउने छ। शिक्षाका…
Read More
रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

रविलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला, अझै ठूलो हुन्छः तोसिमा

पोखरा,३ कात्तिक । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले पार्टीको सभापतिलाई जेल हालेर रास्वपा सिध्याउन सकिन्छ भन्ने भ्रम नपाल्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई चेतावनी दिएका छन्। शनिबार कास्कीमा आयोजित विरोध कार्यक्रममा बोल्दै कार्कीले रवि लामिछानेलाई जेल हालेर रास्वपा नसकिने बरू अझै बलियो र शक्तिशाली भएर आउने बताएकी हुन्। ‘प्रधानमन्त्री ज्यू ! रवि लामिछानेलाई जेल हालेर रास्वपा सकिन्छ भन्ने लाग्यो होला। सकिँदैन ! अझै ठूलो हुन्छ, अझै शक्तिशाली हुन्छ। अझै बलियो हुन्छ। जति हामीलाई जिस्काउनुहुन्छ त्यति नै बलियो भएर आउछौं। जति हामीलाई चिढ्याउनु हुन्छ त्यति अझै शक्तिशाली भएर आउँछौं,’ कार्कीले भनिन्।
Read More