सामुदायिक शिक्षाको गुणस्तर उकास्न शिक्षक क्षमता विकास र प्रोत्साहनमा काठमाडौं महानगरपालिकाको जोड
काठमाडौं, जेठ १ – काठमाडौं महानगरपालिकाले चालु आर्थिक वर्षमा १ हजार ४६६ जना शिक्षकहरुलाई विभिन्न विधामा तालिम प्रदान गरेको छ । शिक्षा अधिकारी नमराज ढकालका अनुसार सबै शिक्षकलाई क्षमता विकासको समान अवसर प्रदान गर्ने गरी तालिका, समय र विषय छनोट गरेर तालिम सञ्चालन गरिएको हो । यसरी सञ्चालन गरिएका तालिमहरुमध्ये बाल विकास सहजकर्ता(इसीडी) मा १२४ जना, मनोवैज्ञानिक र मनोसामाजिक परामर्श सम्बन्धी तालिममा १३४ जना, नेपाल भाषा प्रशिक्षणमा सामुदायिक विद्यालयतर्फ १६४ जना र संस्थागततर्फ ११६ जनालाई तालिम प्रदान गरिएको छ । यी विधामा क्रमशः १२८ जना, १४० जना, १७२ जना र १२० जनालाई तालिम दिने लक्ष्य राखिएको थियो । सूचना तथा…