पूर्वी चिवनको विकासमा निजी क्षेत्रको चासो
रत्ननगर । उद्योगी व्यवसायीहरुले पूर्वी चितवनको विकासको लागि स्थानीय सरकारका प्रमुुख संग सहकार्यको प्रस्ताब गरेका छन् । पर्यटनलाई केन्द्र विन्दु मानेर पूर्वी चितवनको विकास गर्ने उद्देश्यले गठन भएको पूर्वी चितवन उद्योग वाणिज्य तथा पर्यटन व्यवसायी समन्वय समितिले यहाँका चार वटा नगरपालिकाका मेयरसंग सहकार्यको प्रस्ताब गरेका हुन् । पूर्वी चितवनको विकासको लागि गुरुयोजना निर्माण गर्ने र तेस्रो पर्यटकीय गन्तव्य सौराहालाई सिरानी हालेर सडक सञ्जालको विकास गर्ने योजना रहेको रत्ननगर उद्योग बाणिज्य संघका अध्यक्ष तथा समितिका संयोजक शंकर गिरीले बताए । स्थानीय सरकारको सहयोग विना पूर्वी चितवनको विकास असम्भव रहेको हुँदा स्थानीय सरकारका प्रमुखहरुलाई सहकार्यको प्रस्ताब गरिएको उनको भनाई छ । रत्ननगर…