रगतको अभाव हुन नदिन चितवनमा रक्तदान महोत्सव जेठ ३० मा आयोजना हुने
नारायणगढ (चितवन), जेठ २८- विश्व रक्तदाता दिवसका अवसरमा यही जेठ ३० गते चितवनमा ‘दोस्रो ऐतिहासिक रक्तदान महोत्सव–२०८३’ आयोजना हुने भएको छ । भरतपुरस्थित चितवन उद्योग सङ्घको प्रदर्शनी केन्द्रमा महोत्सव आयोजना गर्न लागिएको हो । भरतपुरलाई अस्पतालहरूको सहरका रूपमा चिनिने भएकाले यहाँ रगतको माग उच्च रहने गर्दछ । विशेषगरी गर्मीयाममा रगतको अभाव बढ्ने भएकाले रक्तदाताहरूलाई महोत्सवमा सहभागी भई रक्तदान गर्न आयोजकले आग्रह गरेका छन् । हरेक वर्ष जुन १४ मा विश्वभर विश्व रक्तदाता दिवस मनाइन्छ । सुरक्षित रगत तथा रगतजन्य पदार्थको आवश्यकताबारे सचेतना फैलाउने, रक्तदानका लागि प्रेरित गर्ने र रक्तदाताप्रति सम्मान व्यक्त गर्ने उद्देश्यले यो दिवस मनाइने गरिएको छ । ब्लड…