लिजामा चितवनका पालिका : महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

लिजामा चितवनका पालिका : महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

लिजामा चितवनका पालिका : महानगरलाई उछिन्दै तेस्रो बन्यो कालिका

रत्ननगर । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको स्थानीय तह संस्थागत क्षमता मुल्याङकन(लिजा) मा रत्ननगर जिल्लामा पहिलाे हुँदा कालिका नगरपालिका तेस्रो हुन सफल भएको छ । खैरहनी नगरपालिका जिल्लामै दोस्रो हुँदा विकासको हिसावले अग्रणी स्थानमा रहेको जिल्लाको एकमात्र महानगरपालिका भरतपुर भने चौथो भएको छ । भरतपुर महानगरपालिकालाई उछिन्दै ग्रामिण क्षेत्रमा रहेको कालिका नगरपालिका तेस्रो भएको हो । कालिका नगरपालिकाका मेयर विनोद रेग्मीले सबै भन्दा पछि स्थापना भएको कालिकाले भरतपुर महानगरपालिका भन्दा एक स्तर माथी हुनुलाई सकरात्मक रुपमा लिएको बताए । रत्ननगर र खैरहनी क्रमश जिल्लामा प्रथम र दोस्रो हुँदा कालिकाले सुरक्षित गरेको स्थान निरासजन नरहेको उनले बताए । लिजालाई चाहिने…
Read More
खानेपानी महासंघको राष्ट्रिय गोष्ठीः २४ बुँदे घोषणपत्र जारी

खानेपानी महासंघको राष्ट्रिय गोष्ठीः २४ बुँदे घोषणपत्र जारी

रत्ननगर । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपालको स्थापना दिवस, पत्रकारिता पुरस्कार वितरण तथा खानेपानी क्षेत्रका सवाल र सामधान विषयक राष्ट्रिय गोष्ठी सौराहामा आयोजना गरिएको छ । गोष्ठीको उद्घाटन गर्दै नेपाल सरकारका संघीय खानेपानी मन्त्री प्रदिप यादवले चुरे दोहनका कारण खानेपानी मुहान सुक्दै गएको बताए । जलबायु परिर्वतनले पहाडमा र चुरे दोहनका कारण तराई र मधेशमा खानेपानीको मुहान सुक्दै गएको भन्दै उनले भावि पुस्तालाई पानीका लागि नीतिगत सुधार र योजना बनाएर काम गर्नुपर्ने बताए । पानीको स्रोत संरक्षणका लागि जलश्रोतको अनुसन्धान गरी ग्रामिण क्षेत्रमा रहेका पानीका स्रोत र मुहान जोगाउनु पर्ने बेला आएको बताए । जलबायु परिर्वतन र चुरे दोहनले…
Read More
आज खानेपानी महासंघको राष्ट्रिय भेला : साैराहा घाेषणापत्र जारी हुने  

आज खानेपानी महासंघको राष्ट्रिय भेला : साैराहा घाेषणापत्र जारी हुने  

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहमा आज सोमबार खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको राष्ट्रिय भेला तथा गाेष्ठी हुँदैछ । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादबले उद्घाटन गर्ने साे भेलाले खानेपानी क्षेत्रका सवाल र त्यसकाे सामधानकाे लागि सरकारकाे ध्यानकर्षण गराउने गरि साैराहा घाेषाणा पत्र जारी गरिदै छ । खानेपानी तथा सरसफाई उपभाेक्ता महासंघ चितवन र रत्ननगर खानेपानी तथा सरसफाई उपभाेक्ता संस्थाकाे स्थानीय व्यवस्थापनमा हुन लागेकाे भेलामा खानेपानीमा कर लगाउने सरकारको तयारी र मुहान संरक्षणका विषयमा नीतिगत बहस हुने आयोजकले जनाएको छ । महासंघको २२औं स्थापना दिवसको अबसरमा आयोजना गरिएको गोष्ठीमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । सो कार्यक्रममा केन्द्रीय समिति, प्रदेश…
Read More
सौराहामा भोली खानेपानी महासंघको राष्ट्रिय गोष्ठी हुँदै

सौराहामा भोली खानेपानी महासंघको राष्ट्रिय गोष्ठी हुँदै

रत्ननगर । चितवनको पर्यटकीय नगरी सौराहमा भोली सोमबार हुने खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको राष्ट्रिय गोष्ठीमा खानेपानीमा कर लगाउने सरकारको तयारी र मुहान संरक्षणका विषयमा नीतिगत बहस हुने आयोजकले जनाएको छ । महासंघको २२औं स्थापना दिवसको अबसरमा आयोजना गरिएको गोष्ठीमा विज्ञहरुबाट कार्यपत्र प्रस्तुत हुनेछ । आयोजकले आइतबार पत्रकार सम्मेलनको आयोजना गरी खानेपानी तथा सरसफाइ क्षेत्रको सवाल र सामधान विषयक गोष्ठीको तयारी र उद्देश्यका बारेमा जानकारी गराएको हो । नेपाल सरकारका खानेपानी मन्त्री प्रदिप यादबले उद्घाटन गर्ने सो कार्यक्रममा केन्द्रीय समिति, प्रदेश समिति र जिल्ला समिति गरी २५० बढीको सहभागिता रहने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले जानकारी दिए । स्थापना दिवसको…
Read More
मुसहर बस्तीमा थप २० घरघुरीमा सुधारिएको चुलो

मुसहर बस्तीमा थप २० घरघुरीमा सुधारिएको चुलो

रत्ननगर । पूर्वी चितवनको रत्ननगर वडा नं ७ स्थित दुई वटा मुसहर बस्तीमा थप २० घरधुरीमा आइबार सुधारिएको चुलो वितरण गरिएको छ । सपना भिलेज सोसल इम्प्याक्टले मुसहर समुदायमा वनप्रतिको निर्भरता हटाउन र महिलाहरुको स्वास्थ्य सुरक्षाको लागि मालपुर र सिसुवार बस्तीमा सुधारिएको चुलो वितरण गरेको हो । केही समय अघि ३० घरधुरीलाई चुलो वितरण गरिएकोमा आइतबार थप २० घरधुरीलाई सुधारिएको चुलो प्रदान गरिएको हो । वडा नं ७ का वडाध्यक्ष सजना महतो, वडा सदस्य राजु आचार्य र इम्प्याक्टका अध्यक्ष ध्रुव गिरीले चुलो हस्तान्तरण गरेका थिए । सो अबसरमा वडाध्यक्ष महतोले सुधारिएको चुलोले महिलाहरुको स्वास्थ्यमा पर्ने प्रतिकुल असर कम हुने विश्वास…
Read More
काठमाडाैं जाँदै  गरेकाे बस घुमाउने दुर्घटना हुँदा १० जना घाइते

काठमाडाैं जाँदै गरेकाे बस घुमाउने दुर्घटना हुँदा १० जना घाइते

चितवन । चितवनको नारायणगढ–मुग्लिन सडकखण्डको घुमाउनेमा बस दुर्घटना हुँदा १० जना घाइते भएका छन् । महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउनेमा दुर्घटना भएको हो । बस आफैं अनियन्त्रित भई सडकको डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो । सडक किनारमा लगाइएको बारले छेकेकाले बस त्रिशूली नदीमा खस्नबाट जोगिएको छ । दुर्घटनामा १० जना घाइते भएका र उनीहरुलाई उपचारका लागि भरतपुर ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवनका डिएसपी भेषराज रिजालले जानकारी दिनुभयो । बसमा ३४ जना सवार रहेको बताइएको छ ।
Read More
तनहुँको ऐनापहरा बस दुर्घटनका मृतकको शव भारत लगियो

तनहुँको ऐनापहरा बस दुर्घटनका मृतकको शव भारत लगियो

चितवन । तनहुँको ऐनापहरामा बस दुर्घटनामा परेर मृत्यु भएकाहरुको शव भारत लगिएको छ । भरतपुर अस्पतालमा शव परीक्षण सकेपछि भारतीय एयरफोर्सको जहाजबाट आज अपरान्ह भरतपुर बिमानस्थलबाट भारत लगिएको हो । मृतक २७ मध्ये २५ जनाको शव जहाजबाट लगिएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेब यादवले जानकारी दिनुभयो । उहाँका अनुसार बसका चालक र सहचालकको शव भने स्थलमार्गबाट गोरखपुरतर्फ लगिएको छ । मृतकको शव लिन भारतकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खड्से पनि भरतपुर आउनुभएको थियो । उहाँपनि सोही जहाज चढेर जानुभएको छ । मृतक यात्रुका शव शुक्रबार रातीनै आबुखैरहनीबाट भरतपुर ल्याइएको थियो । पोखराबाट काठमाडौं जाँदै गरेको भारतीय पर्यटक बोकेको…
Read More
रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु

रत्ननगरका जनप्रतिनिधिको क्षमता विकासका लागि कार्यशाला सुरु

रत्ननगर । चितवनको रत्ननगर नगरपालिकाका जनप्रतिनिधिहरुको क्षमता विकासको लागि दुई दिने कार्यशाला सुरु भएको छ । जनप्रतिनिधिलाई जिम्मेवारी बोध बनाउदै स्थानीय सरकार सञ्चालन ऐन र मौजुदा कानूनको विषयमा जानकारी गराउने उद्देश्यले कार्यशाला आयोजना गरिएको हो । संस्थागत क्षमता विकास तथा सुशासन समितिले आयोजनामा जनप्रतिनिधिहरूका लागि मौजुदा कानून र जनप्रतिनिधिहरूको काम, कर्तव्य र अधिकार तथा स्थानीय तहको क्रस कटिङ्ग ईस्यु सम्बन्धी कार्यशाला आयोजना गरिएको प्रमुख प्रमुख प्रशासकीय अधिकृत सुकदेव अर्यालले जानकारी दिए । कार्यक्रमको मेयर प्रलाद सापकोटाले उद्घाटन गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका मेयर सापकोटाले नगरको चौतर्फी विकासको लागि बजेटको उपलब्धतासंगै कर्मचारी र जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने भन्दै…
Read More
भारतमा पहिरोमा पुरिएर माडीका तीन युवाको मृत्यु

भारतमा पहिरोमा पुरिएर माडीका तीन युवाको मृत्यु

भरतपुर । भारतको उत्तराखण्डस्थित रूद्रप्रयाग जिल्लामा पहिरोमा पुरिएर चितवनको माडीका तीन जनाको मृत्यु भएको छ। बिहीबार राति साढे १ बजेतिर झरेको पहिरोमा पुरिएर त्यहाँ मजदुरको रूपमा कार्यरत उनिहरुको मृत्यु भएको हो। चितवनका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले पहिरोमा परेर माडी २ सितलपुरका तुलबहादुर दमै, माडी १, भङ्गताका कृष्णबहादुर परियार र माडी ५, छरछरेका अन्दाजी २८ वर्षीय पूर्णबहादुर नेपालीको मृत्यु भएको जानकारी प्राप्त भएको बताउनुभयो । उनीहरू केही महिनादेखि सडक निर्माणका लागि मजदुरका रूपमा कार्यरत थिए। प्रमुख जिल्ला अधिकारी यादवले गृह मन्त्रालयमार्फत भारतीय दूतावाससँग समन्वय गरेर शव नेपाल ल्याइने जानकारी दिनुभयो ।
Read More
आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियो, १६ घाइते

आँबुखैरेनी बस दुर्घटना : १४ जनाको शव निकालियो, १६ घाइते

तनहुँ,७ भदौ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो। उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए। उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ। अहिले उद्धार कार्य जारी छ।
Read More