बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ

लमजुङ, २० भदौ। यहाँको बेँसीसहर–बागलुङपानी–घलेगाउँ–भुजुङ सडक स्तरोन्नतिमा ढिलाइ भएको छ । गण्डकी प्रदेश सरकारद्वारा विनियोजित बजेटबाट सुरु गरिएको क्व्होलासोथर गाउँपालिका–१ बागलुङपानीदेखि वडा नं ४ भुजुङसम्मको १७ किलोमिटर सडक स्तरोन्नतिमा ढिलाइ भएको हो । पूर्वाधार विकास कार्यालयका अनुसार पटक–पटक म्याद थप गरिएपनि स्तरोन्नति समयमा सम्पन्न हुन सकेको छैन । यस सडकको स्तरोन्नति गर्ने म्याद आगामी असोज २८ गतेसम्म रहेको छ । तर हालसम्म ७० प्रतिशत मात्रै भौतिक प्रगति भएको उक्त कार्यालयले जनाएको छ । बागलुङपानीबाट घलेगाउँसम्म १० किलोमिटर सडक कालोपत्र र घलेगाउँदेखि भुजुङसम्म सात किलोमिटर सडक ग्राभेल गर्न कान्छाराम–नाना जेभीले विसं २०७६ असोज २९ गते सम्झौता गरेको थियो । सम्झौता अनुसार…
Read More
पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय दिलाउन माग

पीडित केन्द्रित भएर संक्रमणकालीन न्याय दिलाउन माग

काठमाडौँ,२० भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग द्वन्द्वपीडित सङ्घले सङ्क्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्त गर्दा पीडित केन्द्रित भएर गर्नुपर्ने माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री ओलीलाई आज ध्यानाकर्षणपत्र बुुझाउँदै सङ्घले सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा राजनीतिक आधारमा नभई पीडितका भावनालाई निष्पक्ष रुपमा प्राथमिकता दिनसक्ने व्यक्तिलाई नियुक्त गर्न आग्रह गरेको हो । सोसम्बन्धी कानुन संसद्बाट पारित भई यही भदौ १५ गते राष्ट्रपतिबाट प्रमाणीकरण भइसकेको छ । सङ्घका अध्यक्ष हिमाकुमारी घर्ती नेतृत्वको प्रतिनिधिमण्डले दिएको ज्ञापनपत्रमा २०६३ सालमा अन्तरिम राहतका लागि सरकारबाट घोषणा गरिएकोप्रति पीडित रु सात लाख पचास हजारमध्ये रु एक लाख पचास हजारका…
Read More
छात्रवृत्ति अध्ययनका लागि रुस जाने विद्यार्थीलाई अभिभावकको अनुमतिमा पठाउनु: शिक्षा मन्त्री

छात्रवृत्ति अध्ययनका लागि रुस जाने विद्यार्थीलाई अभिभावकको अनुमतिमा पठाउनु: शिक्षा मन्त्री

काठमाडौँ,२० भदौ । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले छात्रवृत्ति अध्ययनका लागि रुस जान लागेका विद्यार्थीलाई अभिभावकको अनुमतिमा मात्र जान दिने बताउनुभएको छ । आज मन्त्रालयमा रुसमा छात्रवृत्तिका लागि जान लागेका विद्यार्थी तथा अभिभावकसँगको छलफलमा उहाँले अभिभावकले आफ्नो छोराछोरी जानका लागि मन्त्रालयमा लिखित अनुमति र प्रतिबद्धता जनाए मात्र पठाउन सकिने बताउनुभएको हो । “अहिले रुस र युक्रेनको युद्ध चलिरहेको छ । यस्तो अवस्थामा अभिभावकले मन्त्रालयसँग आफ्ना छोराछोरी जानका लागि अध्ययन अनुमतिपत्र माग्न आउनुहुन्छ भने हामी प्रतिबद्धता जनाएर पठाउन तयार छौँ” उहाँले भन्नुभयो, “दुई देशबीच युद्ध चलिरहेको बेला हामीले अध्ययन अनुमतिपत्र दिन सकेका थिएनौँ । परराष्ट्र मन्त्रालयले पनि जानका लागि स्वीकृत…
Read More
धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

धार्मिक पर्यटकीयस्थल ऋखार ओझेलमा

म्याग्दी (बेनी),२० भदौ । अग्ला पहाडले घेरिएको, हरियाली बुकी । थरिथरीका लेकाली फूलले सजिएको लेकाली बुकी पाटनमा सुन्दर मन्दिर अवस्थित छ । सानो तलाउमा रहेको डुङ्गा आकारको ढुङ्गामाथि अवस्थित ऋखार मन्दिर आकर्षक, अनौठो र मनमोहक देखिन्छ । म्याग्दीको रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा अवस्थित ऋखार ऐतिहासिक, धार्मिक र पर्यटकीय सम्भावनाले भरिपूर्ण छ । यस क्षेत्रको प्रसिद्ध धार्मिकस्थलका रुपमा परिचित ऋखार धौलागिरि हिमालको काखमा चार हजार १० मिटर उचाइमा अवस्थित छ । प्राकृतिक सुन्दरताको छटाले भरिएको ऋखारकोे लेकाली भू–भागमा यार्सागुम्बा, केतुकी, बहमबेद, पाँचऔँले, सिलाजित, सतुवा, निरमसी जटामसी, चिराइतोलगायत बहुमूल्य जडिबुटी पाइन्छ । तलाउमाथि रहेको डुङ्गा आकारको ढुङ्गामा निर्मित मन्दिर ऋखारको मुख्य आकर्षक रहेको…
Read More
‘विद्युत विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेछ

‘विद्युत विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्नेछ

काठमाडौँ,२० भदौ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले विद्युत् विद्येयकले निजी क्षेत्रका समस्यालाई सम्बोधन गर्ने बताउनुभएको छ । स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल (इप्पान) सँग आज मन्त्रालयमा भएको भेटमा उहाँले निजी क्षेत्रले राखेका मागलाई सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभयो । “निजी क्षेत्रको सहभागिताबिना मुलुकमा ऊर्जा क्षेत्रको विकास हुन सक्दैन, विद्युत् विद्येयकले निजी क्षेत्रका समस्या सम्बोधन गर्नेछ”, मन्त्री खड्काले भन्नुभयो । उहाँले निजी क्षेत्रसँग समन्वय गर्न उक्त विधेयकमाथि सरोकार भएका निकायबीच निरन्तर छलफल भइरहेको जानकारी दिनुभयो । निजी क्षेत्रका समस्या समाधानसँगै विचार समेटेर जाने उद्देश्यले हालसम्म उक्त विद्येयकलाई संसद्मा नलगिएको मन्त्री खड्काले बताउनुभयो । उहाँले आगामी १० वर्षभित्र भारतमा…
Read More
मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

मकवानपुरमा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी

हेटौंडा,२० भदौ । मकवानपुरको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकामा गुडिरहेको नेपाली सेनाको ट्रकमा आगलागी भएको छ । ७ नम्बर बाहिनी चनवनबाट तालिमको लागि रेकी गर्न सिम्भञ्ज्याङतर्फ जाँदै गरेको नेपाली सेनाको बा १ ग ३४३६ नम्बरको ट्रकमा आज मध्यान्ह आगलागी भएको हो। त्रिभुवन राजपथको दामन-शिखरकोट सडक खण्ड अन्तर्गत थाहा नगरपालिका-४ कुर्सी मोडमा भएको आगलागीबाट ट्रक पूर्ण रूपमा क्षति भएको इलाका प्रहरी कार्यालय पालुङले जानकारी दिएको छ । ट्रकमा १८ जना सवार थिए ।
Read More
हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

हेर्ने कथाका पात्र ‘प्रकाश तामाङ’ को घर निर्माण सुरु

टक्सार । युट्युब च्यानल ‘हेर्ने कथा’ को ‘हराएका वर्षहरु’ का पात्र प्रकाश तामाङका लागि घर निर्माण थालिएको छ । प्रकाशको घर बनाउन शिलान्यास गरिएसँगै निर्माण सुरु भएको हो । भोजपुरको षडानन्द नगरपालिका–१० साम्पाङमा प्रकाशका लागि निर्माण गर्न लागिएको घरको बुधबार शिलान्यास गरिएको थियो । पूर्वमन्त्री एवं सांसद सुदन किराती र भूतपूर्व गोर्खा सैनिक सङ्घ (गेसो)का अध्यक्ष कृष्णकुमार राईसँगै प्रकाशका बुबाआमाले संयुक्तरुपमा नयाँ बन्ने घरको शिलान्यास गरेका थिए। गेसोका अध्यक्ष राईले आफ्नो पूख्यौली सात रोपनी जग्गा प्रकाशलाई घर निर्माण गर्न दिए । करिब रु १५ लाख मूल्य बराबरको जग्गामा प्रकाशका लागि नेकपा (माओवादी केन्द्र) को अगुवाइमा घर बन्न लागेको हो ।…
Read More
स्थानीय सरकारको आगनीमा चेपाङ महिलाले तीज

स्थानीय सरकारको आगनीमा चेपाङ महिलाले तीज

रत्ननगर । सीमान्तकृत चेपाङ समुदायका महिलाहरुले स्थानीय सरकारको आगनीमा तीज मनाएका छन् । रत्ननगर नगरपालिका वडा नं १० ले तीजको दर खाने दिनमा आयोजना गरेको तीज विशेष कार्यक्रममा सोही वडामा बसोबास गर्ने चेपाङ महिलाहरुले तीज मनाएका हुन् । आर्थिक अभावका कारण मुसहर र चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाउदैनन् । तीज सम्पूर्ण नेपाली महिलाहरुको पर्व हो वडाध्यक्ष कलाधर पौडेलले भने तर आर्थिक जोहो गर्न नसकेर चेपाङ समुदायका महिलाहरुले खुलेर तीज मनाएको देखेको छैन् । गाउँका अन्य समुदायको घरघरमा गीत बजाएर नाचगान गर्दा चेपाङ बस्ती सुनसान भएपछि आफुले चेपाङ महिलाहरुलाई लक्षित गरी कार्यक्रम आयोजना गरेको उनले बताए । चेपाङ समुदायका महिलालाई…
Read More
‘स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री लेखक

‘स्थिर सरकार गठन गर्न कांग्रेस–एमालेको समीकरण बनेको होः गृहमन्त्री लेखक

सुदूरपश्चिम, २० भदौ । गृहमन्त्री रमेश लेखकले लोकतन्त्रका आधारभूत मूल्य, मान्यता र समावेशी सिद्धान्तलाई थप मजबुत बनाउन संविधान संशोधन गर्न लागिएको बताउनुभएको छ । धनगढीस्थित नेपाली कांग्रेसको पार्टी कार्यालयमा आज आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा कांग्रेसका केन्द्रीय सदस्यसमेत रहनुभएका गृहमन्त्री लेखकले संविधान दश वर्षमा समीक्षा र मूल्याङ्कन गर्नुपर्ने व्यवस्था गरिएको दस्तावेज भएकाले यसको संशोधन गर्नुपर्ने आवश्यकता रहेको स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, “मुलुकमा रहेका सबै राजनीतिक दलबीचमा सहमति गरेर संविधान संशोधन गर्नेछौँ ।” विसं २०७९ को निर्वाचन पछिको डेढ वर्षमा पटकपटक समीकरण परिवर्तन भई देखिएको राजनीतिक अस्थिरतासँगै जनतामा छाएको निराशालाई समाधान गर्न कांग्रेस–एमालेको स्थिर समीकरण बनाएर स्थिर सरकार गठन गरिएको गृहमन्त्री…
Read More
आदर्श माविमा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना

आदर्श माविमा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना

भरतपुर । भरतपुर महानगरपालिका वडा नं २६ स्थित आदर्श मावि दिव्यनगरमा “मानब वेचविखन तथा लागु औषध दुर्व्यसनी सम्वन्धी कानुनी सचेतना कार्यक्रम गरिएको छ । मुस्कान लाइफ ग्रुपले “समाज सुधारका लागि युवाको सक्रियता“ भन्ने नाराका साथ उक्त सचेतनामुलक कार्यक्रम गरेको हो । सो विद्यालयका करिब १०० जना विद्यार्थीहरुलाई ईलाका प्रहरी कार्यालय चनौलीका प्रहरी नायव निरीक्षक तारा प्रकाश रिमालले लागु औषध नियन्त्रणमा भएको प्रयास, त्यसले समाजमा पार्ने प्रभाब र कानुनी प्राबधान लगायतका विषयमा सहजीकरण गरेको ले जानकारी दिए । भरतपूर वडा नं २६ का जनप्रतिनिधी प्रकाश सुवेदी प्रमुख अतिथि रहेको सो कार्यक्रममा विद्यालय प्रध्यानाध्यापक मित्रबन्धु चापागाइँ, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ऋषि भण्डारी…
Read More