कचनकबलको सिमखेतमा पहिलोपटक ‘सेतो सुन’को व्यावसायिक खेती
झापा, वैशाख २८ मुलुकको सबैभन्दा होचो भू–भागका रूपमा परिचित झापाको कचनकबलका सिमखेतहरूको गरागरामा टिलपिल पानीमाथि यतिबेला चैते धानका बाला होइन, कमल फूलका जस्तै फराकिला र काँडेदार हरिया पातहरू तैरिइरहेका छन् । यो दृश्य हो–कोशी प्रदेशमै पहिलोपटक व्यावसायिक रूपमा सुरु गरिएको ‘मखना’अर्थात् ‘सेतो सुन’ खेतीको । कचनकबल गाउँपालिका–४ का ६३ वर्षीय जेलेल मियाको जीवनका धेरै वसन्तहरू यही सिमखेतमा धान रोप्दै र काट्दै बिते । तर, यसपालि उहाँले आफ्नो सात बिघा जग्गामा चैते धानखेती गर्नुभएन । वर्षको प्रतिबिघा ३० मन धान पाउने शर्तमा उहाँले आफ्नो जग्गा भाडामा दिनुभयो । “वर्षौंदेखि धान र मकैको खेती गर्दै आएको थिएँ”, उहाँ भन्नुहुन्छ, “यसपालि मखनाखेती गर्छु…