पढ्ने रहरलाई उमेरले छेक्दैन भन्ने उदाहरण दिँदै ६० वर्षीया रमिनकुमारी राईले गरिन् एसईई उत्तिर्ण
भक्तपुर, जेठ २ – पढ्ने रहरलाई उमेरले छेक्दैन, उच्च शिक्षा पढ्ने चाहनालाई निरन्तर प्रयासले सफलता पाउँन सकिन्छ भन्ने उदाहरण यतिखेर ६० वर्षीया रमिनकुमारी राईले चरितार्थ गर्नु भएको छ । उमेरमा गाउँघर, विवाह, छोराछोरी हुर्काउनेलगायतका विभिन्न कारणले पढाइको चाहनालाई बिचमै छाड्नुभएकी राईले यसवर्ष ६० वर्षको उमेरमा मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरस्थित आस्था महिला विद्यालयले पुरा गरिदिएको छ । अधूरो शिक्षालाई जोड्दै उच्च शिक्षा पढ्ने चाहना बोक्नु भएकी राईले उक्त विद्यालयमा कक्षा आठमा आएर भर्ना भएर पढाइलाई निरन्तरता दिँदा यसवर्षको एसइई परीक्षामा सफलता हात परेको छ । अष्ट्रेलियामा बसेको छोराको परिवारमा १०० वर्षकी सासुलाई घुमाउन लिएर जानु भएकी राईले अष्ट्रेलियामा रहँदा नै आफू एसइई…