सिरहामा ४० लाखभन्दा बढी मूल्यको अवैध सामानसहित ट्रक नियन्त्रणमा, दुई जना पक्राउ
सिरहा, जेठ ३ सिरहाको सीमावर्ती क्षेत्रमा सशस्त्र प्रहरीले करिब ४० लाख रुपैयाँ बराबरको अवैध सामान बोकेको ट्रक नियन्त्रणमा लिएको छ । नवराजपुर गाउँपालिका–५ देवनगरस्थित सीमा क्षेत्रमा विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालय सिरहाबाट खटिएको टोलीले शनिबार राति करिब ८ः४५ बजे चेकजाँच गर्ने क्रममा ट्रकसहित दुई जनालाई पक्राउ गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक सुमन जंग थापाको नेतृत्वमा गएको ३५ सदस्यीय विशेष गस्ती टोलीले नेपालबाट भारततर्फ अवैध रूपमा लैजान लागिएको स.१ ख.५३५ नम्बरको ट्रक रोकेको जनाएको छ । प्रहरीका अनुसार ट्रकबाट विभिन्न किसिमका कस्मेटिक सामग्री, मन्जन (टुथपेष्ट), ओखर लगायतका सामान बरामद गरिएको छ । घटनामा संलग्न रहेको आरोपमा…