प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

प्रतिनिधिसभा निर्वाचनः झापामा १५ महिलासहित ९० जना मैदानमा

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि झापामा १५ महिलासहित ९० जनाले उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका पाँच वटा निर्वाचन क्षेत्रमा ९० जनाले उम्मेदवारी दर्ता गराएकामा दुई स्वातन्त्रसहित १५ जना महिला रहेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार १५ जना महिलाको सङ्ख्या कूल उम्मेदवारीको करिब १७ प्रतिशत मात्र हो । जिल्लाका पाँचवटै निर्वाचन क्षेत्रमा नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले एक जना पनि महिलालाई प्रत्यक्षतर्फ उम्मेदवार बनाएको छैन । क्षेत्र नं २ मा सबैभन्दा बढी महिलाको उम्मेदवारी परेको छ । यहाँ नेपाली कांग्रेसकी सरिता प्रसाईं, नेपाली कम्युनिस्ट पार्टी ९नेकपा०बाट धर्मशीला चापागाईं, राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०बाट इन्दिरा रानामगर, श्रम संस्कृति…
Read More
दक्षिण कोरियामा पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

दक्षिण कोरियामा पूर्वप्रधानमन्त्री हानलाई २३ वर्ष कैद

दक्षिण कोरियाको एक अदालतले बुधबार पूर्वप्रधानमन्त्री हान डकसुलाई नागरिक शासनलाई केही समयका लागि निलम्बन गर्ने मार्सल लको घोषणामा सहयोग र उक्साहट गरेको अभियोगमा २३ वर्षको जेल सजाय सुनाएको छ । सियोल केन्द्रीय जिल्ला अदालतका न्यायाधीश ली जिन–ग्वानले फैसला सुनाउँदै प्रतिवादीले ‘अन्त्यसम्म प्रधानमन्त्रीका रूपमा आफ्नो कर्तव्य र जिम्मेवारीलाई बेवास्ता गर्नुभएको ठहर’ गरे । अदालतले अभियोजकले मागेको सजायभन्दा आठ वर्ष बढी कैद तोकेको हो । छयत्तर वर्षीय अनुभवी टेक्नोक्रेट हानलाई फैसला सुनाइएपछि तुरुन्तै जेलमा उपस्थित हुन आदेश दिइएको छ । न्यायाधीश लीका अनुसार तत्कालीन राष्ट्रपति युन सुक योलले डिसेम्बर २०२४ मा जारी गरेका मार्सल ल डिक्री ‘संवैधानिक व्यवस्थालाई बिगार्ने उद्देश्य’ का साथ…
Read More
भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

भोजपुरमा १२ दलका १२ जना उम्मेदवार

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि राजनीतिक दलले आ–आफ्ना उम्मेदवारी दर्ता गराएका छन् । दलको उम्मेदवारी हेर्दा महिला उम्मेदवारलाई भने उपेक्षा गरिएको देखिन्छ । यहाँबाट निर्वाचनमा उम्मेदवार हुन १२ राजनीतिक दलका १२ जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । तीयसमा महिलाको सङ्ख्या शून्य रहेको जिल्ला निर्वाचन कार्यालयका प्रमुख डिकेन्द्रप्रसाद सुवेदीले जानकारी दिनुभयो । उहाँका अनुसार ३३ प्रतिशत महिला सहभागिता हुनुपर्ने व्यवस्था भए पनि मुख्य दलहरूले नै महिला उम्मेदवार सहभागी नगराएका हुन् । आसन्न निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुराना र नयाँ दलले मनोनयन दर्ता गराएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय भोजपुरमा राजाराम बासीको नेपाल मजदुर…
Read More
म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

म्याग्दी प्रशासनद्वारा हतियार बुझाउन निर्देशन

जिल्ला प्रशासन कार्यालय म्याग्दीले आगामी फागुनमा हुने निर्वाचनलाई लक्षित गर्दै शान्तिसुरक्षाका लागि इजाजत प्राप्त हातहतियार बुझाउन सम्बन्धित सबैलाई निर्देशन दिएको छ । उहाँका अनुसार प्रशासनले इजाजत प्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगट्ठा जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरीचौकीमा बुझाउन निर्देशन दिएको छ । यसैबीच, एउटा निर्वाचन क्षेत्र रहेको म्याग्दीको सदरमुकाम बेनीमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएर मनोनयन दर्ता भइसकेको छ । निर्वाचन प्रहरी भर्ना, कर्मचारी खटाउने, सुरक्षाकर्मी खटाउने र आवश्यक सामग्रीको व्यवस्थापन गर्ने काम भइरहेको निर्वाचन कार्यालयले जनाएको छ । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि एउटा निर्वाचन क्षेत्र र छ वटा स्थानीय तह रहेको यहाँ ८६ हजार ३९७ जना…
Read More
सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

सुनको मूल्यमा भारी वृद्धि , तोलामा दश हजार चार सयले बढ्यो

स्थानीय बजारमा सुनको मूल्यमा भारी वृद्धि भएको छ । मङ्गलबारको तुलनामा आज एक तोला सुन रु १० हजार ४०० ले वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ९५ हजार १०० त्यति नै चाँदीको मोल रु पाँच हजार ९२० कायम भएको छ । मङ्गलबार एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार ७०० त्यति नै चाँदीको मोल रु पाँच हजार ८८० कायम भएको थियो । गत आइतबार एक तोला सुन रु दुई लाख ७८ हजार ८०० र त्यति नै परिमाणको चाँदी रु पाँच हजार ६२५ मा कारोबार भएको…
Read More
विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

विकासका विषय लिएर उम्मेदवार चुनावी मैदानमा

आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रमा उम्मेदवारी मनोनयन दर्ता सम्पन्न भएसँगै चुनावी गतिविधि पनि बढ्न थालेका छन् । नेपाली कांग्रेस, नेपाल कम्युनिष्ट पार्टी (एमाले) र नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवारले आ–आफ्ना राजनीतिक दृष्टिकोणसहित पूर्वाधार विकास, सुकुम्बासी समस्या समाधान, बेरोजगारी न्यूनीकरण र राष्ट्रिय हितका विषयलाई प्रमुख चुनावी विषय बनाएका छन् । कञ्चनपुर निर्वाचन क्षेत्र नं १ बाट नेपाली कम्युनिष्ट पार्टीकी नेत्री बिना मगर मनोनयन दर्ता गराउनुभएको छभने क्षेत्र नं २ मा नेपाली कांग्रेसका नेता एनपी साउद र स नेपाली कम्युनिष्ट पार्टीका माधवप्रसाद पन्तबीच प्रतिस्पर्धा हुँदैछ । रासस
Read More
सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली

सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाही हुनुपर्छः अध्यक्ष ओली

नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक सम्पती जलाउनेहरुलाई कारबाहीको दायरामा ल्याउने बताउनुभएको छ । बुधवार गृह जिल्ला झापामा जेन–जी आन्दोलनका क्रममा आगजनी, तोडफोड भएका संरचनाहरुको अवलोकन गर्नुहुँदै अध्यक्ष ओलीले यस्तो बताउनुभएको हो । उहाँले सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर जलाउनेहरु कानूनअनुसार दोषी रहेको बताउनु भयो । अपराधिक गतिविधि गर्नेहरुलाई कारबाही हुनुपर्ने र अपराधलाई प्रोत्साहन गर्न नसकिने बताउनु भयो । अपराध रोकेर शान्तिपूर्ण, बस्न लायकको देश बनाउनुपर्ने बताउनु भयो । उहाँले भन्नुभयो, ‘राष्ट्रिय सम्पती, सार्वजनिक सम्पती, नगरपालिका, राजनीतिक कार्यकर्ताको घर, कार्यालय जलाउने कुरा अपराधिक गतिविधि हुन् । अपराधलाई प्रोत्साहन गर्न सकिँदैन । अपराध रोक्नुपर्छ । अपराध रोकेर…
Read More
माओत्से गुरुङको निर्देशनमा ‘पेन्सन पट्टा’को छायांकन ३३ औं दिनमा चितवनमा सम्पन्न

माओत्से गुरुङको निर्देशनमा ‘पेन्सन पट्टा’को छायांकन ३३ औं दिनमा चितवनमा सम्पन्न

कलाकार तथा निर्देशक माओत्से गुरुङको निर्देशनमा माओत्से गुरुङ फिल्मको ब्यानरमा निर्माण भइरहेको चलचित्र ३३ औं दिनमा सकिएको छ । कास्की जिल्लाको ताङतिङ गाउँबाट छायांकन सुरु गरी चितवनको विभिन्न स्थानमा छायाँकन गरी चितवनमा समापन गरिएको हो । चलचित्रमा दयाहाङ राई, सुनिल थापा, पशुपति राई, गौमाया गुरुङ, बुद्धि तामाङ, विल्सन विक्रम राई, सुनिल थापा, राज थापा काउछा, लुनिभा तुलाधर, विश्वास गुरुङ, माया गुरुङ, यासिली राई लगायतका कालाकारको अभिनय रहेको छ । शिर्षकबाट भूतपूर्व लाहुरेको कथा जस्तो लागेपनि लोभी केटा कसरी दानी बन्छ भन्ने देखाउने निर्देशक गुरुङ्गले बताउनु भयो ।
Read More
हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

हातहतियार बुझाउन स्थानीय प्रशासनको निर्देशन

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले विभिन्न जिल्ला कार्यालयले व्यक्तिका नाममा दर्ता भएका इजाजत प्राप्त हातहतियार प्रहरी–प्रशासनलाई बुझाउन आग्रह गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार व्यक्तिका नाममा इजाजतप्राप्त हातहतियार माघ २० गतेभित्र अनिर्वाय रुपमा बुझाउन निर्देशन दिइएको छ । इजाजतप्राप्त हातहतियार र सोमा प्रयोग हुने गोलीगठ्ठा जिल्ला प्रहरी कार्यालय वा आफ्नो पायक पर्ने प्रहरीचौकी वा स्थानीय प्रशासन कार्यालमा बुझाउन सकिने छ । त्यसैगरी, रुपन्देही जिल्ला प्रशासन कार्यालयले पनि यही माघ १५ गतेभित्र बुझाउन सूचना जारी गरेको छ । जिल्ला प्रहरी कार्यालय वा नजिकको प्रहरी एकाइमा हातहतियार बुझाउन उक्त कार्यालयले…
Read More
भोजपुरकोकुमाल बस्तीमा पिउने पानीको समस्या

भोजपुरकोकुमाल बस्तीमा पिउने पानीको समस्या

षडानन्द नगरपालिका–६ मोथेटारस्थित कुमाल बस्ती स्वच्छ पिउने पानीको अभावमा काकाकुल बनेको छ । लामो समयदेखि बस्तीका ५० परिवार पानीको समस्याले पीडित भएका हुन् । पानी अभावका कारण स्थानीयलाई बिहानबेलुका पानीको जोहो गर्न घण्टौँ खर्चिनुपर्ने बाध्यता छ भने पर्याप्त पानी नहुँदा सरसफाइ र स्वास्थ्यमासमेत असर परेको छ । बस्तीका कृष्णबहादुर कुमालका अनुसार पानीका लागि धेरै समय बिताउनु परेकाले कृषि, मजदुरीलगायत अन्य काम प्रभावित भएका छन् । हिउँदमा समस्या अझ बढी हुने गरेको छ । पानीको अभावमा महिला, बालबालिका र वृद्धवृद्धालाई बढी प्रभावित भएका छन् । कुमाल बस्तीको समस्या समाधानको प्रयासमा आफूहरु क्रियाशील रहेको षडानन्द नगरपालिका–६ का वडाध्यक्ष सुमन विसुन्केले बताउनुभयो ।त्यहाँ…
Read More