स्वास्थ्यमन्त्री डा गौतमद्वारा तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले तीन महिनाको कार्यप्रगति विवरण सार्वजनिक गर्नुभएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा उहाँले मन्त्रीको जिम्मेवारी सम्हालेपछिको प्रमुख उपलब्धि सार्वजनिक गर्दै सेवा प्रवाह र प्रणालीगत सुधारलाई प्राथमिकता राखिएको बताउनुभयो । मन्त्रालयले नागरिक केन्द्रित स्वास्थ्य प्रणाली निर्माण गर्ने योजनासहित काम अघि बढाएको उहाँले उल्लेख गर्नुभयो । डा गौतमले गत कात्तिक ९ गते स्वास्थ्यमन्त्रीको पदभार ग्रहण गर्नुभएको थियो । उहाँले सो अवधिमा जेनजी प्रदर्शनमा घाइते भएकाहरूको उपचार तथा व्यवस्थापन, मातृ तथा नवजात शिशु स्वास्थ्य सुधार, मानसिक स्वास्थ्य, खरिद तथा आपूर्ति शृङ्खला व्यवस्थापन, औषधि÷प्रयोगशाला सुधार, वैदेशिक रोजगारमा संलग्न श्रमिक नेपालीको स्वास्थ्य बिमालाई सुधार गर्नेलगायत पक्षलाई प्राथमिकतामा…