जयमंगलामा भाेलीदेखि दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने
रत्ननगर । पूर्वी चितवनकाे रत्ननगर वडा नं १३ जयमंगलामा भाेली असाेज १७ गतेबाट दाेस्राे दसैं कप व्याडमिन्टन प्रतियाेगिता हुने भएकाे छ । जयमंगला युवा क्लवले आयाेजना गरेकाे उक्त प्रतियाेगितामा ६० टिमकाे सहभागिता रहने प्रतियाेगिताका संयाेजक अनित चाैरेलले जानकारी दिए । प्रतियाेगिता सी र डी लेभलमा हुनेछ । आयाेजकले बुधबार पत्रकार सम्मेलनकाे आयाेजना गरि प्रतियाेगिताकाे उद्देश्य र तयारीकाे बारेमा जानकारी गराएकाे हाे । प्रतियाेगिताकाे तयारी पूरा भएकाे र भाेली विहान ८ बजे उद्घाटन हुने छ । प्रतियाेगितामा प्रथम हुने टिमलाई ३० हजार, द्धितीय हुने टिमलाई २० हजार, तृतीय हुने टिमलाई १० हजार नगद पुरस्कार सहित मेडल, ट्रफि र प्रमाणपत्र प्रदान गरिने…